© २०२३
लामो समयदेखि राजनीति क्षेत्रमा क्रियाशिल तिलक जिसी झिमरुक गाउँपालिका मच्छि, प्यूठानको अध्यक्ष हुन् । उनको स्थायी घर झिमरुक गाउँपालिका–४ बांगेमरोठ गोलखाडा हो ।
५२ वर्षिय जिसी २०३६ सालदेखि कम्यूनिष्ट आन्दोलनमा क्रियाशील थिए । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको बांगेमरोठ गाविसको अध्यक्ष पदमा रहेर उनले स्थानीय निकायको अनुभव बटुलेका छन् । निर्वाचनमा मतदातासामु भोट माग्दा उनले स्थानीय तहमा मौलाएको भ्रष्टाचारलाई शून्यमा पु¥याउने प्रतिवद्धता जनाएका थिए । निर्वाचनको बेला गरेको प्रतिवद्धता, आगामी कार्ययोजना, हालसम्मको अनुभव लगायत विषयमा बुटवल टुडे परिवारसँग भएको छलफलको सार संक्षेप ः
गाउँपालिकाको अध्यक्षको भूमिकामा जिम्मेवारी निर्वाह गरेपछि धेरै कुराको अनुभव भइरहेको छ । हाम्रो गाउँपालिकामा धेरै क्षेत्रको संभावना छ । विशेषतः गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम अघि सारेको छ । कृषिको व्यवसायिकरण र आधुनिकीकरण नहुँदासम्म गाउँबासीको जनस्तर माथी उठाउन सकिन्छ भन्ने मलाई लाग्दैन् । किसानहरूले उत्पादन गरेका सामग्रीको उचित बजार नपाउँदा मर्कामा पर्ने गरेका छन् । त्यसको बजारीकरणमा स्थानीय सरकार प्रमुखको नाताले पैरवी गरिरहेको छु ।
प्यूठानकै सवैभन्दा धेरै आलु उत्पादन हुने क्षेत्र यसै गाउँपालिकाको वडा नम्वर ३ स्थित बाँदीकोटको आहालखोलामा पर्छ । यहाँको आलुले अझैसम्म सोँचे अनुसार बजार पाउन सकेको छैन् । लामोसमयसम्म आलुलाई राख्न मिल्नेगरी शितभण्डारको व्यवस्था गर्नुपर्ने देखिएको छ । यसतर्फ पनि सोँच बनाएका छौँ । गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने गरी कृषितर्फ नीति तथा कार्यक्रम बनाउँदा विशेष जोड दिएर लाग्ने सोँच छ । तुषारा, हुराना, बाँदीकोट, चिचिण्डे, तिलहाल्ना, सौतामारे लगायतका केही गाउँहरूमा सुन्तला राम्रो फल्छ । छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीसँग पनि यस गाउँपालिका नजिक भएकाले छिमेकी स्थानीय तहहरूसँग समन्वय गरेर उत्पादित कृषिजन्य सामग्रीहरूको बजारीकरणमा किसानलाई साथ दिनेछौँ । गतवर्ष धेरै किसानले लसुन उत्पादन गरे । तर, त्यसले राम्रो मूल्य पाउन सकेन् । तराईबाट भित्रने उत्पादनसँग गाउँका किसानले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । स्थानीय उत्पादनलाई नै जोड दिनेगरी नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने सोँच बनाएका छौँ ।
हाम्रो गाउँपालिका पर्यटकिय हिसाबले पनि अनेकन संभावना बोकेको क्षेत्र हो । नेपाल सरकारले एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई भर्खरै मात्र सूचिकृत गरेको छ । जसअन्तर्गत वडा नम्बर ५ स्थित ओखरकोट ढाँडमा पर्ने ‘रक गार्डेन’ सूचिकृतमा परेको छ । प्यूठानकै एकमात्र नयाँ गन्तव्यमा यसलाई सरकारले प्राथमिकतामा राखेको छ । जसले गर्दा हामीलाई थप उत्साहित बनायो । विभिन्न ऐतिहासिक एवं पुरातात्विक महŒव बोकेका ओखरकोट, बांगेकोट, गढीकोट, इख्नाथान, तुषाराकोट लगायतका मठ मन्दिरहरूको प्रवद्र्धन गर्नसके धेरै भक्तजनलाई भित्र्याउन सकिन्छ । ओखरकोट, मच्छि, चौके लगायतका गाउँहरूमा विगतका वर्षदेखि होमस्टेको थालनी गरेका छौँ । हिमाल, तालतलैया हेर्ने मात्र पर्यटनको क्षेत्र हुन् भन्ने मलाई लाग्दैन । स्थानीयको कला, संस्कृति, रितिरिवाजको अध्ययन अवलोकनबाट पनि पर्यटकहरूलाई भित्र्याउन सकिन्छ । विभिन्न अध्ययन, अवलोकनको हिसावले पनि यस गाउँपालिकालाई प्रमुख गन्तव्यको रूपमा विकास गर्दैछौँ । प्राकृतिक चिकित्सालयको अवधारणा अघि सारिएको छ ।
यस गाउँपालिका राजनीतिक सचेतनाका हिसावले पनि माथी उठेको गाउँपालिका हो । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिँहको जन्मथलो यसै गाउँपालिकामा पर्छ । कम्यूनष्टि राजनीतिलाई जोडेर राजनीतिक अध्ययन केन्द्रको रूपमा समेत यस पालिकालाई विकास गर्ने योजना छ । कम्यूनिष्ट आन्दोलनको इतिहास झल्कने गरी अध्ययन केन्द्रको रूपमा विकास गर्नेगरी योजना ल्याउदैछौँ । मोहनविक्रम सिँहको ५५ झ्याले घरको तालामा घोडा चढेको इतिहास छ । कलात्मक रूपमा निर्माण गरिएको यस घर बांगमरोठको काउछेमा पर्छ । यससँग सम्वन्धित रहेर पुराना र मौलिक चिजहरूलाई पनि संरक्षण गर्नेछौँ ।
गाउँपालिकाभित्र थुप्रै साना किसान कृषि सहकारीहरू स्थापना भएका छन् । सहकारीको लगानीलाई उत्पादनमुलक क्षेत्रमा उपयोग गर्नेगरी ठोस नीति तथा कार्यक्रम बनाएका छौँ । किसान र सहकारीलाई एक आपसमा जोडेर लगानीका क्षेत्रलाई विस्तार गर्नुपर्ने देखिन्छ । केही गाउँमा नमुना किसानहरू पनि छन् । उनीहरूलाई उत्साहित गर्नका लागि अनुदानका कार्यक्रम संचालनमा छन् । सिंचाई क्षेत्रलाई प्रोत्साहित गर्नेगरी गतवर्ष सातलाख रूपैयाँ बजेट अनुदानको रूपमा वितरण गरिएको छ ।
गाउँमा यूवाहरू नहुँदा कृषि क्षेत्रको विकासलाई सोँचे अनुसार विकास गर्न कठिनाई भएको छ । सामान्य घरखर्चकै लागि मुग्लान पलायन हुने यूवाहरूलाई गाउँमै रोजगारी सृजना गर्नेखालका कार्यक्रम ल्याउँदै छौँ । व्यवसायिक कृषि पढाई संचालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रभात मावी आहालखोलामा कृषि पढाई थालनी भएको छ । आउँदो शैक्षिक शत्रमा एकवटा अर्को विद्यालय थप गर्ने योजना छ । यसले पनि विद्यालय तहबाटै विद्यार्थीहरूमा उत्पादनमुलक क्षेत्रमा जोडिनुपर्छ भन्ने शिक्षाको धारणामा विकास हुनेछ ।
गाउँपालिकाभरीमा तीनवटा वडामा अझैपनि संस्थासंस्था संचालन हुन सकेका छैनन् । संघीय सरकारबाटै स्वास्थ्यकेन्द्र स्थापना गर्ने भन्ने कुराले यसतर्फ गाउँपालिकाले बजेट विनियोजन गरेको छैन् । स्वास्थ्य क्षेत्रलाई आम नागरीकको पहुँचमा पु¥याउने गरी सेवा विस्तारलाई जोड दिएका छाँै । शिक्षा क्षेत्रको बजेटलाई पनि प्राथमिकता दिएर कार्यक्रम अघि बढेका छन् । सामुदायिक ४७ र २ वटा संस्थागत गरी गाउँपालिकाभरी ४८ वटा शिक्षणसंस्था संचालनमा छन् । कतिपय विद्यालयमा शिक्षक अपुग हुँदा दैनिक पठनपाठनमा समस्या पर्ने गरेको देखिएको छ । यसैलाई मध्यनजर गरी अघिल्लो वर्षको नीति, बजेट तथा कार्यक्रममै नयाँ दरबन्दी सृजना गरी शिक्षकहरू राख्ने योजना अघि बढेको छ । कतिपय विद्यालयहरू शुन्य दरवन्दीमा पनि संचालन भएको अवस्था छ । कुल ५८ वटा शिक्षक दरबन्दी सृजना गरेर शिक्षकहरू भर्ना गर्दैछौँ । यसका लागि गतवर्ष १ करोड २० लाख र यसवर्ष १ करोड रूपैयाँ बजेट विनियोजन भएको छ ।
गाउँपालिकाको आफ्नै प्रशासकिन भवन नहुँदा दैनिक कामकाज गर्न समस्या भइरहेको । पाँचवर्षे कार्यकालभित्र भवन निर्माणको कामलाई अन्तिमरूप दिने योजना छ । जग्गादाताको खोजी र छनौट गर्ने कामलाई केही दिनभित्रै टुंग्याएर भवन निर्माणको प्रक्रिया अघि बढाइने छ । सवै क्षेत्रमा उत्तिकै संभावना भएपनि विशेषतः कृषि र पर्यटन क्षेत्रलाई नै उच्च प्राथमिकता दिएर कार्यक्रम संचालन भइरहेका छन् । आयातमुखी भन्दा निर्यातमुखी कृषि प्रणालीलाई बढीभन्दा बढी जोड दिएर कार्यक्रम संचालन भएका छन् । कृषि र पर्यटनबाट झिमरुक गाउँपालिकालाई समृद्ध बनाउन खोजिएको छ । यस अभियानमा गाउँपालिकाबासी सवै नागरिक, राजनीतिक दल, बुद्धिजिवी, समाजसेवी, संघसंस्था लगायत सबैको रचनात्मक सुझावको अपेक्षा गरेको छु ।