ट्रेंडिंग:

>> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

क्रिकेट खेलाडीलाई अक्सफोर्डमा सम्मान

१२ चैत्र २०७९, आईतवार
१२ चैत्र २०७९, आईतवार

बुटवल,१२ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल र देव खनाललाई अक्सफोर्ड माविले सम्मान गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलमा पुगेको र सो खेलमा सहभागि भुर्तेलका साथै अन्डर १९ का क्याप्टेन खनाललाई अक्सफोर्डले सम्मान गरेको हो ।
आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुसाल , प्राध्यापक सुमन भुसाल,विरू क्षेत्री ,धर्म पौडेफ,राजकुमार पाण्डे तथा सञ्चालक समिति सदस्य नवराज पङ्गेनी लगायतले भुर्तेल तथा खनाललाई जनही नगद १५००० हजार ,मेडल तथा प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले आफ्नो संस्थाका पुर्व विद्यार्थी भुर्तेलले हालै काठमाडौंमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पु¥याउन योगदान गरेको र खनालले अन्डर १९ खेलमा नेपालको गरिमालाई माथि उठाउन क्याप्टेनको भुमिकामा रहि नेपाललाई अन्डर १९ विश्वकपमा प्रवेश गर्न गरेको योगदानको कदर गर्दै सम्मान गरेको बताएका थिए ।
तिलोत्तमा नगरपालिकामा घर भई कक्षा ११ र १२ अक्सफोर्ड माविमा पढेका भुर्तेल र अर्घाखाँची घर भइ कक्षा ११ र १२ पढेका देव खनालले विद्यालय तहमा पनि उत्कृष्ट प्रर्दशन गर्ने गरेको स्मरण गर्दै नेपाललाई समेत अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएकोमा प्राध्यापक सुमन भुसालले बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दै ,अक्सफोर्ड मा।वि सधैं साथमा रहने प्रतिबद्धता जनाए।

सो अवसरमा बोल्दै कुशल भुर्तेल तथा देव खनालले राष्ट्रिय टोलीमा खेल्ने खेलाडीहरु उत्पादनमा अक्सफोर्डको ठूलो योगदान रहेको बताउँदै अक्सफोर्डका गुरु गुरूआमाले दिएको शिक्षा र प्रेरणा नै सफलताको विन्दु रहेको बताउँदै सम्मानले अझ जिम्मेवार बनाएको धारणा राखेका थिए ।
अक्सफोर्डबाट कुशल ,देव सहित धेरै खेलाडीहरू राष्ट्रिय खेलाडी रहेको हुदा निरन्तरको मेहनत,अनुशासनले कुशल र देवले क्रिकेटमा सफलता हासिल गरेको प्राध्यापक नारायण सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?