© २०२३
बुटवलको मुख्य पर्यटकीय गन्तव्यको रूपमा विकास भएको मणिमुकुन्द सेन उद्यान (फूलबारी) बुटवल–२ बगंैचादेखि केही मिटर माथि एउटा पुरानो मन्दिर आकारको जीर्ण संरचना रहेको छ । पार्कमा जाने आन्तरिक वा वाह्यक पर्यटकहरूको लगि यो अनौठो लाग्न सक्छ । जीर्ण संरचना रहेको उक्त भवनका प्रायःभागहरूमा युगल जोडीहरूको नाम कोरिएका छन् । जुन कसैले जानकारी नै नपाएर कोरेका हुन भने कतिपयले जोडी युगौं युगसम्म रहने बाचा सहित मनोकामना पुरा गर्न नाम गरेका बताउँछन् ।
जुन मुस्लिम धर्मगुरु मदरबाले तपस्या गरेको स्थानको रूपमा मदरथान स्थापना गरिएको जो कोहीलाई ज्ञान नहुन सक्छ । मुस्लिम र हिन्दु समुदायको आस्थाको केन्द्र बनेको नवलपरासी जिल्लाको दुम्किबासमा रहेको मदरबाबा मन्दिर जस्तै उक्त स्थान पनि ‘मिनी मदरबाबा’ को रूपमा विकास गर्ने योजना अगाडी बढाइएको छ । नवलपरासी जिल्लामा रहेको मदरबाबा मन्दिरमा बर्षेनी हजारौं हिन्दु तथा मुस्लिम समुदायका व्यक्तिहरूले मेला भर्ने गर्दछन् । सोही जस्तै मुस्लिम धर्म गुरु मदरबाबाले नै तपस्या गरी ज्ञान प्राप्त गरको बुटवलको उक्त स्थानलाई पनि सोही अनुसार विकास गर्ने योजना बढाइएको हो । अहिले पनि उक्त स्थानमा हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरू गएर भाकल गर्ने र भाकल पुरा भएपछि आफ्नो बाचा अनुसारका विभिन्न बस्त्र तथा भेटि चढाउने गरेको पाइएको छ ।
पर्यटकीय दृष्टिकोणबाट पनि महŒवपुर्ण मानिएको उक्त मदरथान जिर्ण बन्दै गएपछि त्यसको जगर्नाको लागि चासो देखाइएको हो ।
मदिना मदरसा प्रबन्ध परिषद् बुटवलका सचिव जमिल खान ले त्यसको रङ्ग रोगन देखि लिएर संरक्षणको लागि आफुहरले चासो देखाएको बताए । हाल मणिमुकुन्द सेन उद्यान परिषद्को भित्र रहेको उक्त स्थान परिषद्कै स्वामित्वमा रहने र त्यसमा मुस्लीम समुदायका व्यक्तिहरूले संरक्षण गर्ने गरी आफुहरूको योजना रहेको उनले जानकारी दिए । उनले भने–‘हामीलाई त्यसको कुनै पनि स्वामित्व चाहिएको होईन, जिर्ण अवस्थामा रहेको उक्त मदरथानलाई जिर्णेद्धार गरी मुस्लीम समुदायको लागि पनि प्रमुख गन्तव्यको रूपमा बनाउने योजना रहेको छ । ’ मुस्लीम धर्मका अगुवा मदरबाबाले बुटवलमा आएर तपस्या गरको र त्यहाँबाट उनले ज्ञान आर्जन गरेको ईतिहासमा पाइएपछि आज भन्दा कयौं बर्ष पहिला त्यहाँ मदरथान बनाइएको थियो ।
मदरथानकै नजिकै हिन्दु समुदायले पनि आस्थापुर्वक पुजा आजा गर्ने विवाह मण्डप समेत बनाइएको छ । नवलपरासीमा रहेको मदरबाबा मन्दिर जस्तै हिन्दु समुदाय र मुस्लिम समुदायको साझा स्थानको रूपमा विकास गर्ने योजना रहेको मुस्लीम अगुवा मनिउल्लाह मियाँ साझा मन्दिरको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले यसमा मणिमुकुन्दसेन उद्यान परिषद्ले आफ्नो गुरुयोजना भित्र राखेको कारण पनि यसको मुत्थान हुने बताए ।
यता, मणिमुकुन्द सेन उद्यान परिषद् बुटवल–२ फुलवारीका कार्यालय प्रमुख त्रिविक्रम बस्यालले विगत लामो समय देखि जिर्ण अवस्थामा रहेको मदरथान उत्थान, रङ्गरोगन र संरक्षण गर्नको लागि मुस्लिम समुदायबा चासो देखाउनु स्वागतयोग्य कुरा भएको बताए । उनले यसमा मणिमुकुन्द सेन परिषद् सकारत्मक रहेको भन्दै मुस्लिम समुदायका व्यक्तिहरू संग छलफल गरेर अगाडि बढ्ने बताए ।