ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 
फ्रन्टपेज

गौ संरक्षणमा ‘खेल’: संकट अहिले, काम कहिले ?

उपमहानगरपालिकाले गौशाला सञ्चालन, संरक्षणका लागि अभिभावकत्व निर्वाह गर्नेगरी पुर्व सम्झौता भएपनि गौशाला सञ्चालनको लागि चासो नदिएको आरोप छ ।
८ चैत्र २०७९, बुधबार
८ चैत्र २०७९, बुधबार

बुटवल, चैत – वि.स. २०७८ साल कात्तिक १८ गते बुटवल उपमहानगरपालिका वडा नम्बर -७  शिवनगरमा ‘नन्दनी गौ संरक्षण केन्द्र’ स्थापना भयो । लक्ष्मी पुजाको अवसर पारेर तत्कालिन बुटवल उप–महानगरपालिका प्रमुख शिवराज सुवेदी, उप प्रमुख गुमादेवी आचार्य सहितले गौशाला उद्घाटन गरेका थिए ।
बुटवल र यस आसपासमा रहेका छाडा चौपाय गाई, साँढेलाई संकलन गरी गौशालामा लगेर राख्ने त्यहाँ संरक्षण गर्ने उद्देश्यले शुरु गरिएको यो गौशाला अहिले संकटमा छ । तर बुटवल उपमहानगर भने दिगो व्यवस्थापन गर्ने भन्दै काम गर्नमा ढिलाइ गरिरहेको छ ।

उपमहानगरपालिकाले गौशाला सञ्चालन, संरक्षणका लागि अभिभावकत्व निर्वाह गर्ने गरी पुर्व सम्झौता भएपनि त्यो गौशाला सञ्चालनको लागि थप नगरपालिकाले चाँसो नदिएको कारण कर्मचारीहरु समेत तवल विहिन भएका थिए । एक जना कर्मचारी र एक जना सुरक्षा गार्ड लामो समयदेखि तलव विहिन भएको बखतमा नन्दनी गौ संरक्षण केन्द्रका अध्यक्ष नारायण घिमिरे सहितको टोलीले नगरपालिकामा डेलिगेसन गएपछि अहिले २ लाख केन्द्रको खातामा प्राप्त भएको हो । अध्यक्ष घिमिरेका अनुसार केही दिन पहिला नगरपालिकामा गौ संरक्षण समितिका नै डेलिगेसन गएको थियो । सोही डेलीगेशनको पश्चात नगरपालिकाले कुल विनियोजित बजेटको ३५ लाख मध्ये मात्रै २ लाख गौ संरक्षण केन्द्रको खातामा उपलब्ध गराएको उनले जानकारी दिए ।

उनले भने–‘ अव बैशाख महिना देखि अन्य संस्थालाई सञ्चालन गर्न दिने गरी नगरमा कुरा भएको छ, अव हामीहरुले भन्दा पनि त्यो संस्थाले हेर्ने छ, अहिलेलाई कर्मचारीको तलव, अन्व सहित २ लाख मात्रै नगरपालिकाले खातामा उपलब्ध गराएको छ । ’बैशाख महिना देखि अव आफुहरुले गौशाला नहेर्ने समेत उनको भनाई छ ।

शिवनगर सामुदायिक वनको ३ हेक्टर क्षेत्रफलमा दाताहरुको सहयोगमा निर्माण गरिएको गाई राख्ने संरचना, गोदमा घर, सुरक्षा गाडी कोठा सहित विरामी गाई राख्न मिल्ने समेत सेड निर्माण गरिएको छ । गाई लाई दाना खुवाउने सेड, गाई राख्ने सेड सहितका सबै संरचना दाताहरुको सहयोगमा निर्माण गरिएका हुन । कुनै समय २ सय भन्दा बढि चौपायहरु राख्ने गरिएको यो गौशालामा सञ्चालन खर्च नसकेको कारण विस्तारै घटाउदै गएर अहिले ६० वटा गाई रहेका छन् । केही समय पहिला भित्र रहेका साँढेहरुले गाई, बाच्चा बाच्छीहरुलाई सताएपछि छाडीएको थियो ।

सडकमा रहेका चौपाय राख्ने, बुटवलमा छाडा चौपाय मुक्त शहर बनाउने योजना सहित सुरुवात गरिएको यो गौशालामा कुनै बेला बुटवलका नगर प्रहरी, नेपाल प्रहरील, ट्राफिक प्रहरीले समेत छाडा चौपाया नियन्त्रण गरेर उक्त गौशालामा राख्ने गरेका थिए । तर अहिले यो अभियान सुस्ताएको छ भने चौपायहरु सडकभरी देखिन थालेका छन् ।

गौशाला सञ्चालनका लागि दाताहरुबाट संकलन भएको दाना, चापट लगायतको सहयोगबाट चल्दै आएको थियो । छाडा चौपाय सडक मा आउँदा दुर्घटना जोखिम बढ्नुको साथै कुरुपता हुदै आएको छ । कतिपय समयमा छाडा चौपायको कारण नै हुने गरेको पाईन्छ ।

शिवनगर सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष मनोज गौचनले गौशाला सञ्चालनको लागि विभिन्न दाताहरुले लामो समय देखि सहयोग गर्दै आएको बताउँदै शिवनर सामुदायिक वनले उपलब्ध गराएको जग्गामा यो संरचना निर्माण भएको बताए । उनले गौशाला सञ्चालन समितिको मुख्य संरक्षकत्व बुटवल उपमहानगरपालिका नै रहेको भन्दै स्थानीय तह यसको व्यवस्थापन गर्न पन्छिन नहुने उनको भनाई रहेको छ । उनि भन्छन्–‘ गौशाला सञ्चालन भएपछि धेरै छाडा चौपाय नियन्त्रणमा रहेका थिए, अहिले संकटको कारण पुनः सडकमा चौपाया देखिन थालेका छन्, पुनः पुरानै स्थितिमा जस्तै यो गौशाला सञ्चालन गर्नुको विकल्प छैन ।’
बुटवल उपमहानगरपालिले पनि तिलोत्तमा गौशाला सञ्चालन तथा व्यवस्थापन गर्दै आएको संस्थालाई नै बैशाख देखि दिने तयारी गरिएको बुझीएको छ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन)सँग सहकार्य मा बैशाख देखि दिने तयारी गरिएकोे हो ।
यता
बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले हाल गौशाला सञ्चालन गरिरहेको भन्दा अझ बढि चौपाया व्यवस्थापन गर्न आवश्यक रहेको कारण थप चौपाया व्यस्थापनका लागि अर्को संस्थालाई दिने तयारी गरिएको बताए ।
बुटवल टुडे संगको कुराकानीमा उनले अहिले ५०/६० वटा मात्रै गाई व्यवस्थान गरेर सिंगो बुटवलका चौपाया व्यवस्थापन नहुने भन्दै कम्तीमा पनि ४ सय देखि ५ सय चौपाया व्यवस्थापन गर्ने संस्थाको खोजी गरिएको बताए । उनले भने–‘ थोरै संख्यामा व्यवस्थापन गरेर भएन, अव यसलाई अझ बढि व्यापक रुपमा व्यवस्थापनगर्न जरुरी छ, हामी त्यसको तयारीमा लागेका छौं । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?