ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

पुलको काम सम्पन्न नभए कालो सूचिमा

१३ मंसिर २०७५, बिहीबार
१३ मंसिर २०७५, बिहीबार

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दाङका खोलाहरूमा निर्माणाधीन अवस्थामा रहेको पुलहरूको बुधवार अनुगमन गरेका छन् । अनुगमनका क्रममा मुख्यमन्त्री पोख्रेलले ठेकेदारहरू कम्पनीहरूलाई तोकिएको समयमा काम पूरा गर्न निर्देशन समेत दिएका छन् ।
यदि समयमै काम पूरा नगरे कालो सूचीमा राखिने समेत मुख्यमन्त्री पोख्रेलले बताएका छन् ।
दाङको लमही देखी तुलसीपुर सम्मरहेका १० वटा खोलाहरूमा पुल निर्माणको काममा ढिलासुस्ती भएको गुनासो आएपछि मुख्यमन्त्री पोख्रेलले अनुगमन गरेका हुन् । खोलाहरूमा समयमै पुल निर्माण नहुँदा बर्षादको समयमा यातायात आवागमन अवरुद्धहुने तथा हिउँदे समयमा धुलोका कारण यात्रुहरूलाई निकै सास्ती हुने भन्दै मूख्यमन्त्री पोख्रेलले समयमै काम पूरा गर्न निर्देशन दिएका हुन् । बुधवार भएको अनुगमनका क्रममा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, नेकपाका सचेतक शान्ता चौधरी लगायतको सहभागिता रहेको छ । लमही–तुलसीपुर सडक खण्डका १० वटा खोलाहरूमा अहिले पुल निर्माण कार्य भईरहेको छ । तीन किलोमिटरको फरकमा रहेका खोलाले यात्रा निकै जोखिमपूर्ण हुने गरेको छ  । लमही तुलसीपुर खण्डको चौपट्टादेखि तुलसीपुरसम्म बबई, सिस्ने, कटुवा, सेवार, गुर्जे, हापुर, पत्रे, संक्राम, ग्वार र काला खोलाहरू रहेका छन् । यीमध्ये ५ वटा खोलाहरूमा पुल निर्माणको काम सुरु भए पनि गती भने सुस्त छ  । बबई, कटुवा, गुज्रे, पत्रे र संक्राममा पुल बनाउन थालेको लामो समय बित्यो तर ठेकेदार र सडक डिभिजन कार्यालय दाङको लापरबाहीका कारण काम अघि बढ्न सकेको छैन । अहिले पनि समयमै काम नभए आउने वर्षाद्मा सवारी आवागमन निकै कष्टकर हुने छ ।
पुल निर्माणको काम अन्य खोलामा केही हदसम्म भए पनि कटुवा र पत्रे खोलामा कुनै प्रगति हुन सकेको छैन । यी खोलाका पुलमा सबैभन्दा बढी लापरबाही भएको छ  । यि दुई खोलाहरूमा सबैभन्दा पहिले निर्माण थालिएको हो । पछि काम सुरु गरेका संक्राम, गुर्जे र बबईमा काम धेरै अघि बढ्दा पनि यहाँ कुनै प्रगति हुन सकेको छैन । यी खोलामा पुल निर्माण गर्ने ठेक्का लिएको शंकर माली कन्स्ट्रक्सनले काममा लापरबाही गरिरहेको छ  । शंकर मालीका प्रतिनिधि पदम शर्मा काममा गैरजिम्मेवार भएको भन्दै सबैतिरबाट आक्रोश व्यक्त भइरहेको छ ।
बबई र गुज्रे खोलाको ठेक्का अनक वज्रगुरु निर्माण सेवा र संक्राम खोलाको रौताहा कन्स्ट्रक्सनले लिएको छ । शंकरमाली भन्दा यी कम्पनीले केही प्रगति गरेका छन् । एउटै व्यवसायीले धेरै योजना लिने र समयमा काम नगर्ने समस्या बढदै गएको छ । तर ठेक्का लिएको ५ वर्षसम्मपनि काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्नुको साटो पटक पटक म्याद थप्दै प्रोत्साहन गर्ने काम सडक डिभिजन कार्यालयवाट हुदै आएको छ ।
उता शंकरमालीका साईट म्यानेजर पदम शर्माका अनुसार कटुवा खोलाको पुलको काम ८५ प्रतिशत सम्पन्न भैसकेको छ भने पत्रे खोलाको काममा ढिलाई हुनुमा सडक डिभिजनको लापरवाही भएको छ । पहिले बनाएको पुलको डिजाईन फेल भएकोले निर्माणमा ढिलाई भएको शर्माको भनाई छ । पत्रेखोलाको पुलको नयाँ डिजाईन अहिलेसम्म सडक डिभिजन कार्यालयले उपलब्ध नगराएकोले ढिलाई भएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?