ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

भैलोको गाग्रोले व्यूँझिए नेता

१२ मंसिर २०७५, बुधबार
१२ मंसिर २०७५, बुधबार

वर्षौंदेखि ‘निधाए’ झैँ गरी बसेका दलका नेताहरूलाई रित्ता ग्रागो प्रदर्शित भैलोले व्यूँझाएको छ । देउँसी भैलोको नेतृत्व गरेका मल्लरानी गाउँपालिका–३ चौरपानीका स्थानीय यूवराज पौडेलले भैलोपछि नेताहरूले खानेपानीमा चासो देखाएको सुनाए । ‘यसपालिको तिहारमा रित्तो गाग्रो ठटाएर भैलो खेल्यौँ’, पौडेलले भने,‘गाउँमा पानी ल्याउन धेरै पहिलेदेखि पहल गरेपनि सुनुवाई भएको थिएन् ।’
देउँसी भैलोपछि गाउँमा खानेपानी ल्याई चर्चामा आउनका लागि दलका नेताहरूको होडबाची चलेको पाइएको छ । गाउँका यूवाहरूले खानेपानीमा राजनीति नगर्न सुझाएका छन् । खानेपानी समस्या नसुल्झेसम्म कुनैपनि दलको कार्यक्रममा सहभागीता नजनाउने गाउँलेहरूले निर्णय गरेपछि दलहरूलाई अझ तताएको देखिन्छ । यूवाहरूको नेतृत्वमा तीन दिनसम्म गाउँमा खेलेको भैलोबाट ६५ हजार रूपैयाँ नगद संकलन भएको स्थानीय यूवाहरूको भनाई छ । यूवाहरूकै अगुवाइमा खेलेको भैलेको तस्वीर सामाजिक सञ्जालमा आएपछि घरबाहिर भएका गाउँबासीबाट २ लाख ७७ हजार रूपैयाँ समेत संकलन भएको चौरपानी खानेपानी फाउण्डेसनका कोषाध्यक्ष पार्वता पौडेलले बताइन् । गाउँको समस्याका बारेमा आफू जानकार भएको प्रतिक्रिया दिँदै प्यूठान क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले समस्या समाधानका लागि पहल थालेको बताए । ‘सरकारको नीतिले अलमल बनाएको छ’, उनले भने,‘लक्षित वर्गको लाभान्वित जनसंख्याले नीतिगत रूपमा अप्ठ्यारो पारेको छ ।’ उनका अनुसार दश हजारसम्म जनसंख्या भएको क्षेत्रमा संघीय सरकार, पाँच हजारसम्म प्रदेश र त्यसभन्दा तल जनसंख्या भएकोमा स्थानीय सरकारले आयोजना संचालन गर्नुपर्ने नीतिगत व्यवस्था छ । प्रदेश सरकार अन्तर्गत प्यूठान सहित रोल्पा र पूर्वीरुकुमलाई लक्षित गरी विजुवारमा खानेपानी डिभिजन कार्यालय शुरु भएकोे उनले बताए । तर, डिभिजन कार्यालयले पूर्णता नपाउँदा प्रदेशका कार्यक्रमहरू प्रभावकारी रूपमा संचालन नभएको उनको भनाइ छ । जिल्लाका धेरै गाउँमा खानेपानीको समस्या भएपनि रस्पुरकोटको समस्याले गम्भिर बनाएको उनको भनाइ छ ।
रस्पुरकोटका स्थानीय एवं नेपाली कांग्रेसका नेता प्रध्यापक डा.गोविन्दराज पोख्रेलले गाउँको खानेपानी समस्या समाधानमा पहल गरिरहेको बताए । ‘योजना आयोगको उपाध्यक्ष हुँदा डिपिआरको लागि बजेट परेको थियो’,उनले भने,‘करिव पाँचकरोड लागत अनुमान भएको छ ।’
गाउँको विकासमा राजनीति नगरी सवैको साझा प्रयासबाट खानेपानीको समाधान खोजिने समेत उनले प्रतिक्रिया दिए । मल्लरानी गाउँपालिकाले तत्कालका लागि समाधान सुल्झाउने गरी धरमपानी छेडा नजिकै रहेको रोजिमे खानेपानीलाई गाउँमा पु¥याउने योजना बनाएको अध्यक्ष अमंरध्वज रानाले जानकारी गराए । ‘चार किलोमिटर टाढाबाट रोजिमेको पानी लैजानुपर्ने छ’,उनले भने,‘यसले तत्कालनका लागि गाउँको समस्या सुल्झाउछ ।’ संसद् विकास कोषमार्फत विनियोजित बजेटबाट काम थाल्ने बताउँदै उनले अपुग रकम गाउँपालिकाले लगानी गर्नेसमेत जानकारी गराए । प्रदेश र संघीय सरकारसँग समेत विस्तृत योजना बनाएर माग गर्ने रानाले बताए ।
संसद् विकास कोष मार्फत विनियोजित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत दशलाख रूपैयाँ बजेट विनियोजन भएको छ । जिल्लामा भित्रिएको चार करोड रूपैयाँ मध्येबाट प्रतिनिधीसभा सदस्य दुर्गा पौडेलको संयोजकत्वमा गठित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिले खानेपानीका लागि बजेट छुट्टाएको छ । पटक पटकका निर्वाचनमा विभिन्न दलका उम्मेदवारहरूले आफूलाई जिताएमा गाउँमा खानेपानी ल्याइदिने बचन दिएको स्थानीय बताउँछन् । २०४२ सालमा निर्माण गरिएको रैजनपानी मुहानबाट गाउँलेले खानेपानीको व्यवस्था गर्दै आएका थिए । मुहान सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव बढ्दै गएको हो । त्यससँगै गाउँ नजिक रहेका उपल्ला पँधेरा, भकुण्डे पँधेरा र तलधारा मुहान समेत सुक्दै गएको गृहणी गोमा पोख्रेलले बताइन ।
दोमैपानी, रैजनपानीदेखि तलको मुहान र सिद्दाराको मुहानमा रहेको पानी गाउँमा ल्याउन सकिने संभावना छ । खानेपानीको अभावमा गाउँका करिव चारसय घरधुरीका करिब दुई हजार जनसंख्या प्रत्यक्ष प्रभावित भएका छन् । खानेपानीकै कारण स्थानीयको सरसफाइमा समेत समस्या भएको छ । केही व्यक्तिहरू पानीकै समस्याले गाउँबाट बसाइँसरेको समेत स्थानीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?