ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

केही दिन हावाहुरी र चट्याङको जोखिम

५ चैत्र २०७९, आईतवार
५ चैत्र २०७९, आईतवार

काठमाडौँ, ५  चैत ।

हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले अबका केही दिन सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण्डलका बादल, जलवाष्पका कण र सुक्खा वायुबीच सङ्घर्ष चल्ने गर्छ। जसका कारण बादल गर्जने, हावाहुरी चल्ने र चट्याङ पर्ने मौसमविद् गोविन्दकुमार झाले बताए। उनका अनुसार अहिले मनसुनजन्य वातावरण निर्माणका लागि आकाशमण्डलमा त्यस्तै मौसमजन्य तत्वहरू सक्रिय छन्।

मनसुनपूर्वको अत्यधिक दृश्य सूचकका रूपमा मेघ गर्जने, हावा चल्ने र चट्याङ पर्दा त्यसप्रति सजग भइएन भने मानिसको ज्यान जाने सम्भावना हुन्छ। बर्खे खेतबालीको तयारीको समय भएकाले प्रायः किसान परिवार खेतबारीमा रहने भएकाले सचेत हुनु आवश्यक छ।

ज्यानभन्दा ठूलो खेती हैन भन्ने सम्झेर बादल लागेर हावा चल्न सुरु भएपछि घरभित्र पस्नु नै जोखिम न्यूनीकरणको पहिलो उपाय भएको उनी औंल्याउँछन्। यस वर्षको पूर्वमनसुन सुरु भएसँगै दुई दिनयता धनकुटा, सङ्खुवासभा, पाँचथर, बागलुङ र प्युठानमा चट्याङ लागेर दस जना घाइते भएको थियो। आगामी जेठसम्म नै चट्याङको जोखिम उच्च हुने भएकाले पनि सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। अझै केही दिन बादलजन्य गतिविधिले मौसम अवरोधपूर्ण नै रहेको मौसमविद् झाले जानकारी दिनुभयो। उनका अनुसार बिहान आकाश खुला भए पनि अपराह्नदेखि हावाहुरी चल्ने, मेघ गर्जन र चट्याङसहितको वर्षा हुने क्रम निरन्तर रहनेछ।

काठमाडौँ उपत्यकासहित पूर्व तथा पश्चिम नेपालका पहाडी भेग मेघ गर्जन र चट्याङका हिसाबले जोखिमयुक्त क्षेत्र हुन्। तराईमा भने चट्याङसहित चर्को हावाहुरीको जोखिम यो सिजनमा रहने गरेकाले पुराना, छाप्राघर र रुख वरपरका घरका मानिसले ध्यान पु-याउनुपर्ने हुन्छ। मौसम पूर्वानुमान महाशाखाले केही दिन अचाक्ली हावाहुरीको सम्भावना नरहे पनि मेघ गर्जनको समयमा चट्याङ पर्नुअघि हावाहुरीको जोखिम रहने जनाएको छ। बिहान करिब ४ देखि ५ नट (हावाको मापनसूचक) रहे पनि दिन घर्कंदै जाँदा १० देखि १२ नटसम्मको हावा बहने सम्भावना रहेको छ। दस नटभन्दा माथि हावाको वेग गएपछि त्यो हुरीमा परिणत हुन्छ। त्यस्तै ४० नटभन्दा माथि गयो भने आँधी, हुरी हुँदै एक सय नटको आसपासबाट त्यसले चक्रवातका स्वरूप लिन सक्छ। पहाडमा सामान्य हावाको वेगले असर तुलनात्मक रूपमा कम गरे पनि तराईमा त्यसको प्रतिशत दोब्बर हुने भएकाले हावाको वेग बढ्छ र क्षति पु-याउन सक्ने सम्भावना मौसमविद् झा बताउँछन्।

यति बेला पश्चिमी वायुसँगै स्थानीय र भारतको राजस्थानमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा एकैचोटि परिरहेको छ। लामो समय वर्षा नहुँदाको अवस्थामा देखिएको वर्षा गराउने प्रणाली सुखद भए पनि हावाहुरी र चट्याङको क्रम दोहोरिँदा जनधनको क्षति बढाउने सम्भावना रहने विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। गत वैशाखयता चट्याङ लागेर ८० जनाले ज्यान गुमाएका छन् भने २०२ जना घाइते भएका छन्। त्यस्तै हावाहुरीबाट नौ जनाको ज्यान गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?