Butwal Today

क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

६ आश्विन २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

नेपालले आईसीसी विश्वकप लिग-२ मा क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । ओमानसँग १ विकेटले पराजित भएको नेपाल क्यानडा भ्रमणमा पहिलो जितको खोजीमा छ ।