© २०२३
लमही, ६ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफू नेतृत्वको वर्तमान सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न कठोर भएर निर्णयहरु गरेर अघि बढेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले लुम्बिनी प्रदेश भित्रका केन्द्रीय सदस्यहरुको दाङको तुलसीपुरमा आयोजित छलफल तथा अन्तत्र्रिmया कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नयाँ सरकार बनेको ६० दिनमा सुशासन, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयास र निर्णय बारे जानकारी गराए ।
सुशासनका लागि सरकारले महत्वपूर्ण निर्णयहरु गरेर निर्मम कदमहरु चालेको बताए । पूर्व बिशिष्ट व्यक्तिको सेवासुविधा खारेज गर्याैं । “यो निर्णयले जनतामा आशा जगाएको छ”–उनले भने– “मुख्यमन्त्री, मन्त्रीहरुलाइ आचारसंहिता लगायौं । मुख्यमन्त्री र मन्त्रीहरुलाइ जवाफदेही बनाउने काम गरिएको छ ।”
योजना कार्यान्वयनमा देखिएको बेथिती रोक्न प्रतिष्पर्धाबाट योजना कार्यान्वयन गर्ने नीति अवलम्बन गरेकाले यसले सुशासन कायम गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । “योजना किनवेच हुनेमा केही सत्यता छ । आर्थिक मामिला मन्त्री हुँदा योजनामा हुने बदमासी थाहा भयो, अहिले मुख्यमन्त्रीको जिम्मेवारीमा हुँदा पाँच लाख भन्दा माथिका सबै योजना प्रतिष्पर्धाबाट कार्यान्वयन गर्ने निर्णय गरिएको हो”–मुख्यमन्त्री आचार्यले भने–“पालिकामा पठाएको सशर्त, बिशेष र समपुरक योजना पनि कार्यान्वयन गर्दा प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने भनेर परिपत्र गरिसकेका छौं ।”
यस्तै मुख्यमन्त्री आचार्यले चालू आर्थिक बर्षमा विनियोजन भएको बजेट इमानदारी पूर्वक कार्यान्वयन गरिने जानकारी दिए । “म आर्थिक मामिला मन्त्री हुदा ल्याएको बजेट हो । चालु खर्च घटाउने र पुजीगत खर्च बढाउने गरी बजेट ल्यायौं । त्यहीँ बजेट कार्यान्वयन हुन्छ”–उनले भने ।
चालू खर्चमा २ अर्व २९ करोड घटाउने र पुँजीगततर्फ १ अर्व ३२ करोड बढाउने गरी बजेट आएको थियो ।