ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

शोकमग्न चौधरीको परिवार

९ मंसिर २०७५, आईतवार
९ मंसिर २०७५, आईतवार

बिहीबार साती साढे आठ बजे घर नजिकै हत्या गरिएका गत बर्ष सम्पन्न निर्वाचनमा कपिलवस्तु १ (ख) प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदबार रहेका दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को हत्यापछि परिवारजन शोक मग्न बनेको छ ।
हत्या पछि बुवा रामरक्षा कुर्मी, श्रीमती चादनी चौधरी सहित परिवार शोक मग्न बनेको हो । मृतक चौधरीलाई लबनी–शिवलवा सडकखण्ड स्थित शुद्धोधन गाँउपालिका ४ मोतीभारीमा लबनी तर्फ आउने क्रममा हत्या गरिएको थियो ।
लबनी आउने मुख्य सडकमै चार जनाको समुहमा रहेका व्यक्तिले उनी माथी गोली प्रहार गरेको स्थानियले बताए । शरिरमा ६ गोली लागेका उनलाई लबनी स्वास्थ्य चौकीमा उपचार हुन नसके पछि भैरहवा स्थित भिम अस्पतालमा पु¥याईएको थियो । भिम अस्पतालमा पु¥याईएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बिहिबार राती मृत्यु भएका उनलाई पोष्टमार्टम पश्चात लबनी ल्याईएको थियो ।
यस अघि मृतक चौधरीका भाई सँग स्थानिय अजित कुमार पाण्डेय (बन्टी) सहितका व्यक्तिसँग शुद्धोधन गाउँपालिका ३ लबनी स्थित अभिराव मदिरा पसलमा बिवाद भएको थियो । भाईसँग बिवाद भएको जानकारी पाएर लबनी आउँदै गरेका उनी माथी बाटैमा गोली प्रहार भएको हो । शव लबनी ल्याईए सगै मृतक चौधरीका आफन्त र परिवारजनले हत्याका मुख्य आरोपी अजित कुमार पाण्डेय (बन्टी) सहितका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको भन्दै आक्रोशित बनेका थिए ।
आक्रोशित स्थानियले तौलिहवा लुम्बिनी सडकखण्डको लबनीमा सडक अवरुद्ध गर्दै पाण्डेयको लबनीमा रहेको परमिला एण्ड सन्स पेट्रोल पम्पमा तोडफोड प्रयास गरेका थिए । सो क्रममा प्रहरी र स्थानिय बिच झडप समेत भएको थियो । हत्यामा संलग्नलाई अभिलम्ब कारवाही गर्दै आफुहरू आन्दोलित भएको मृतकका भिनाजु शत्रुधनबिलास कुर्मीले बताए । प्रहरीले पेट्रोल पम्पमा तोडफोड गर्न नदिए पछि आक्रोशित स्थानियले घटना समाधानको लागी पुगेका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेल सवार गाडीमा ढुङ्गा मुढा गरेका थिए । स्थानिय र प्रहरी बिचको झडमा केही व्यक्ति सामान्य घाईते भएको खुल्न आएको छ ।
आक्रोशित स्थानियले शुद्धोधन गाँउपालिका ४ मोतिभारी स्थित आरोपित पाण्डेयको घरमा आगजनी गरि कम्बाईन हारबेस्ट, टयाक्टर र सवारी साधन समेत जलाएका थिए । आगजनीले पाण्डेयको घर र सवारी साधन जल्दा १ करोड ५० लाख बढिको क्षति भएको अनुमान गरिएको छ । स्थानिय राजनितीक अगुवा, मृतकका परिवार र प्रशासन बिच लामो छलफल पछि मृतकका परिवारले शव बुझने सहमती गरेका थिए । जिल्लाको शुद्धोधन गाँउपालिका ४ मोतीभारीको लबनी शिवलवा सडकखण्डमा शुक्रबार राती गोली प्रहार गरि हत्या गरिएका चौधरीलाई सहिद घोषणा गर्नु पर्ने, तत्कालै क्षतिपुर्ति दिनु पर्ने र हत्यारालाई अभिलम्ब पक्राउ गर्नु पर्ने भन्दै परिवारजन र आफन्तले शवलाई दाह संस्कार गर्न मानेका थिएनन । मृतक चौधरीका परिवार र आफन्तजनको उपस्थितीमा प्रहरी चौकी लबनीमा प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलले सहित घोषणाको माग केन्द्रलाई जानकारी गराउने, उपयुक्त क्षतिपुर्तिका लागी पहल गर्ने र हत्यारालाई नियन्त्रण गर्न स्थानिय प्रशासनले कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाए पछि परिवारका सदस्यले शवको दाह संस्कार गर्न सहमती जनाएका हुन । “तपाईहरूले केहि दिनमै हत्यारा पक्राउ गर्नु पर्छ भन्ने मागमा हुनु हुन्छ । हामी जति सक्दो चाडो नियन्त्रणमा लिने योजनामा छौ । सुरक्षा सँग जोडिएका कतिपय बिषय बोल्न मिल्दैन । अपराधीलाई हामी चाडो भन्दा चाडो नियन्त्रणमा लिएरै छाड्छौ ” मृतकका परिवारजन सँग प्रजिअ पोख्रेलले भने । यता घटनाको अनुसन्धानका लागी दुई जनालाई नियन्त्रणमा लिईएको प्रहरी उपरिक्षक अच्युतम प्रसाद पुडासैनीले जानकारी दिए ।
…………………….
हत्याको बिरोधमा दिनभरि तनाव
लुम्बिनी ८ मंसिर– युवानेता चौधरी हत्याको बिरोधमा शनिवार दिनभरि कपिलबस्तु तनावग्रस्त बनेको छ । हत्या पीडित आफन्तजनले मृतक दीेपेन्द्र चौधरीको शव राखी हत्यारालाई कानूनी कार्यवाही तथा क्षतिपूर्तिको माँग गर्दै हत्याका आरोपित फरार बन्टी चौधरी लगायतलाई पक्राउ गर्न खानतलाशीको क्रममा पाँचथान एअरगन अबैध हतियार प्रहरीले फेला पारेपछि पीडित पक्षले उनको घरमा आगजनी गरेका हुन ।
आगजनिबाट एकथान टयाक्टर, एकथान धानकाटने कम्पायन मेशीन एकथान मोटरसाईकल खाद्यान सामग्री जलेर खरानी भएको कपिलबस्तु प्रहरी प्रबक्ता डी.एससपी.रबि रावलले जानकारी गराए । स्थिती नियन्त्रण गर्ने क्रममा ५० राउण्ड अश्रुग्यास १२ राउण्ड हवाई फायर लाठीचार्ज गर्दा १४ बर्षीय बालक शक्तिराम हरिजन,सशस्त्र प्रहरी निरीक्षक गोबिन्द श्रेष्ठ सहित पाच सर्बसाधारण,तीन प्रहरी घाईते भएको तराई मानव अधिकार सञ्जाल थर्ड एलायन्सका मानवअधिकारकर्मी शैलेन्द्र हरिजनले बताए ।
पछिल्लो समयमा पीडित पक्ष सँग स्थानीय प्रहरी प्रशाषनले हत्याराहरूलाई पक्राउ पश्चात कार्यवाही तथा क्षतिपूर्ति उपलब्ध गराउने लिखित सहमती जनाए पछि स्थित साम्य भएको कपिलबस्तु प्रहरी प्रमुख अच्युत पुडासैनीले बताए । स्मरणहोस स्थानीय नेता चौधरीलाई यु.पी.५५ क्यु २३५ अपाची मोटर साईकल मार्फत तीन ब्यक्तीले शुक्रवार राति साढे सात बजे गाँउ नजिकै ब्यस्त सडकमा लु ३५ प ११५२ नंं. मोटरसाईकल रोकी गालीहानी हत्या गरेका थिए । कपिलबस्तु प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जानकारी गराएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?