© २०२३
जिल्ला समन्वय समिति दाङले नदी र खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका ८ वटा टेक्ट्रर नियन्त्रणमा लिएको छ । समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेलको नेतृत्वमा गएको भिन्दा भिन्दै टोलीले तुलसीपुर उप महानगरपालिका सुकौरा क्षेत्र र दंगीशरण गाउँपालिकाको बबई दोभानबाट ती टेक्ट्रर नियन्त्रणमा लिएको हो ।
प्रमुख नेपालीको नेतृत्वमा गएको टोलीले दंगीशरण गाउँपालिकाको ववइनदीको दोभान क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहको ४ टेक्टर नियन्त्रणमा लिएको थियो । अनुगमन टोलीले नियन्त्रणमा लिएका टेक्ट्रर प्रहरीलाई जिम्मा लगाईको छ । त्यसैगरी समन्वय समितिका उपप्रमुख पौडेललको नेतृत्वमा गएको अर्को टोलीले तुलसीपुर उप महानगरपालिकाको सुकौरा क्षेत्रबाट अवैध उत्खनन् गरिरहेका ४ वटा टेक्ट्रर नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएका टेक्ट्ररलाई प्रहरीको जिम्मा लगाएको जिल्ला समन्वय समिति दाङका उपप्रमुख पौडेलले जानकारी दिए ।
यसैबीच दुवै टोलीले तुलसीपुर र दंगीशरणको खोला र बबई नदीमा गरेर १७ ठाउँमा प्रारम्भिक वातावरणीय परीक्षणको लागि स्थलगत अनुगमन समेत गरेको छ । स्थानीयतहले प्रारम्भिक वातावरणीय परीक्षणको लागि जिल्ला समन्वय समितिलाई अनुरोध गरेपछि समन्वय समितिले स्थलगत अनुगमन गरेको हो । प्रमुख नेपालीको नेतृत्वमा गएको टोलीमा दंगीशरण गाउँपालिका प्रमुख भागीराम चौधरी, जिल्ला समन्वय समिति सदस्य जुक्तबहादुर बस्नेत, लोका विश्वकर्मा, दंगीशरण गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मार्सल वली र प्राविधिकहरू रहेका थिए । जिल्ला समन्वय समितिले वर्षाद्को समयमा नदी तथा खोलाहरूवाट नदीजन्य पदार्थहरू उत्खनन् गर्न रोक लगाएको थियो । तर तस्करीगर्नेहरूले रोक लगाएपनि सरोकारवालाहरूको मिलेमतोमा उत्खनन् गर्दै आएका थिए । स्थानीयहरूको व्यापक गुनासो पछि जिल्ला समन्वय समितिले अनुगमन सुरु गरेको हो ।
यस अघि तुलसिपुरमा रहेको सशस्त्र प्रहरीले पनि अवै उत्खनन् गरीरहेका सवारी साधनहरू नियन्त्रणमा लिएको थियो । अवैध उत्खनन् गर्दागर्दै पक्राउ परेका सवारी साधनहरूलाई जरीमाना तिराएर छोड्ने गरेको जिल्ला समन्वय समितिले जनाएको छ । ट्याक्टरको जरीमाना २० हजार तथा टिप्परको ५० हजार तोकिएको छ । जिल्ला समन्वय समितिको गठन भएपछि नदिजन्य बस्तुहरूको तस्करी कमगर्ने भन्दै जरीमाना रकम बढाएको थियो । तर महंगो जरीमाना रकम तोक्दापनि अवैध उत्खनन् भने रोकिएको छैन । अबैद्य रूपमा तुलसीपुर क्षेत्रका नदी तथा खोलाहरूमा भईरहेको उत्खनन् रोक्न शसस्त्र प्रहरी सक्रिय भएको छ । दुई महिनामा अबैद्य उत्खनन् गर्ने २८ वटा सवारी साधनहरू नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको शसस्त्र प्रहरी बल सुरक्षा बेस तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक अशोक न्यौपानेले जानकारी दिए ।
असोज देखि मंसिरसम्म खोलाहरूबाट अबैद्य रूपमा उत्खनन गरिरेहेका २४ वटा ट्रयाक्टर तथा चारवटा टिप्पर नियन्त्रणमा लिएको उनको भनाई छ । ट्रेक्टरलाई २० हजार र टिप्परलाई ५० हजार जरिवाना तिराउने गरेको समेत उनले बताए । जसबाट जसबाट ६ लाख ८० हजार राजश्व संकलन भएको छ । तुलसीपुरको पातुखोला, ग्वारखोला, कालाखोला लगायतबाट अबैद्य रूपमा उत्खनन् हुने गरेको छ । अबैधरूपमा खोलाहरूबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् हुँदा खोलाहरू समेत गहिरिदै जान थालेका छन् ।