ट्रेंडिंग:

>> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

रेलवे सर्वेक्षणमा अवरोध

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

खेतीयोग्य जमिनमा रेलवे लाईनको स्टेशन निर्माणका लागि माटो परिक्षण र सर्वेक्षण शुरु गरिएको भन्दै कपिलवस्तुको शिवराज नगरपालिका–३ मधवाका स्थानीयले अवरोध गरेका छन् ।
मेचीकाली रेलमार्ग परियोजना अन्तर्गत लमही बुटवल रेलमार्गको मधवामा राख्न थालिएको रेलवे स्टेशनको बिरोधमा स्थानीय उत्रिएका हुन् । सेयुन ईन ऐसोसियसन वीथ ईएमआरसी कन्सल्टेन्सीका प्राबिधिकले सो स्थानमा माटो परीक्षण गर्न खोज्दा बिगतमा वन क्षेत्रबाट निर्माण गरिने भनिएको रेल्वे लाईन र सो को स्टेशन आवास क्षेत्र र खेतीयोग्य जमिनमा परेको भन्दै स्थानीय बिरोधमा उत्रिएका हुन ।
पूर्व–पश्चिम रेलमार्गको बुटवल पश्चिमको चार प्याकेज मध्ये बुटवल लमहीखण्ड अन्तर्गत रेल्वे लाईनको माटो परिक्षण पश्चात स्टेशन निर्माणका लागि माटो परिक्षण शुरु गरिएको थियो । स्थानीयले स्टेशनका लागि केन्द्रबिन्दुबाट १ सय ५० मिटर र रेल्वे लाईनका लागि केन्द्रबिन्दुबाट २५/२५ मिटर जग्गा आवश्यक पर्ने जानकारी पाएसँगै आफुहरूलाई पूर्व जानकारी बिना सो कार्य अगाडी बढाईएको भन्दै बिरोधमा उत्रिएका हुन् ।
बिगतमा गाउँभन्दा उत्तरतर्फ रहेको वन क्षेत्र जोडेर रेलवेलाईन निर्माण हुने जानकारी पाएको भए पनि हाल बस्तीबाटै रेल्वे लाईन निर्माण हुने जानकारी पाएपछि आन्दोलनमा उत्रिएको स्थानिय कृष्ण थारुले बताए । “पहिले बनको छेउछाउबाट रेलवे बनाउने हल्ला थियो । तर अहिले एक्कासी बस्ती क्षेत्रमा आएर माटो परिक्षण गर्न थालिएछ । बस्तीमा रेल्वे लाईन र स्टेशन निर्माण भए हाम्रो बिचल्ली हुन्छ,” थारुले भने ।
आफुहरूले रेल्वे लाईनको माटो परिक्षण सम्पन्न गरि रेल्वे स्टेशनको सर्वेक्षण पश्चात माटो परिक्षण गर्ने क्रममा स्थानीयले अवरोध गरे पछि माटो परिक्षण कार्य रोकेको कन्सल्टेन्सीका साईड ईन्चार्ज तथा ल्याव टेक्निसियन शिवराम रिजालले जानकारी दिए । स्थानीयले बिरोध जनाए पछि सम्बन्धित स्थानीय तह सँग समन्वयमा निकास खोजिने उनले प्रतिक्रिया दिए । “गत बर्ष सर्वेक्षण र माटो परिक्षणका क्रममा कुनै समस्या आएको थिएन । तर यस बर्ष स्थानीयले बिरोध जनाएका छन् । स्थानीयतह र स्थानिय प्रशासनसँग समन्वय गरेर उपयुक्त निकाश निकाल्छौ,” रिजालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?