ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख

होलीमा माटोको टिका लगाएर संकल्प : उद्यमशील टोल पूर्ण प्रांगारिक खेतीको नमूना बनाउंछौ

२३ फाल्गुन २०७९, मंगलवार
२३ फाल्गुन २०७९, मंगलवार

तिलोत्तमा, २३ फागुन । रुपन्देहीको तिलोत्तमा–१० स्थित उद्यमशील टोल विकास संस्थाले फरक ढंगले होली मनाएको छ । होली पूर्णिमाको दिन टोलवासीहरुले शुरुमा माटोको टिका लगाएर एक आपसमा शुभकामना आदान प्रदान गरे । उनीहरुले उद्यमशील टोललाई पूर्ण प्रांगारिक र जैविक खेतीको नमूना टोल बनाउने प्रण सहित होली पर्व मनाएका हुन् । कार्यक्रममा टोलवासी एवं प्रदेश योजना आयोगका पुर्व सदस्य तथा नेपाली कांग्रेसका नेता अर्थ विज्ञ डा. दामोदर भुसालटोलका जेष्ठ नागरिक रामअसारे कठरिया थारु, रबहादुर घिमिरे,टोल विकास संस्थाका उपाध्यक्ष सरगम विक,कोषाध्यक्ष हमबहादुर विकले टोललाई अर्गानिक खेतीमा देशमै नमूना टोल बनाउने संकल्पसहित माटोको टिका लगाएर त्यसपछि मात्र अरु रंग लगाएका थिए ।
सो अवसरमा बोल्दै प्रदेश योजना आयोगका पुर्व सदस्य डा. भुसालले उद्यमशील टोलले सिंगो टोललाई प्रांगारिक जोन बनाउने अभियान शुरु गरेको भन्दै प्रांगारिक खेती प्रवद्र्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान जानुपर्ने बताए । उनले प्रांगारिक कृषि उत्पादनलाई पर्यटनसँग जोड्न सकिने बताए । मानव स्वास्थ्य र खेतीयोग्य जग्गाको माटो सुरक्षाका लागि पनि प्रांगारिक कृषिलाई प्रवद्र्धन गर्न तीनै तहका सरकारले किसानलाई मल, बिउ, सिंचाईको उचित प्रबन्ध, उत्पादनमा आधारित अनुदान र बजारीकरण गरिदिनुपर्ने डा. भुसालले सुझाए ।
डा. भुसालले देशको कूल जनसंख्याको दुई तिहाई कृषिमा संलग्न रहे पनि सरकारले बजेटमा कृषिलाई प्राथमिकतामा राख्न नसकेको हुंदा कृषि क्षेत्रमा कूल बजेटको कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग गरे । डा. भुसालले हरेक सांसद र जनप्रतिनिधिले कृषिलाई प्राथमिकता दिएर आफै आत्मनिर्भर भए मात्र देश कृषिमा आत्मनिर्भर हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?