ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

भण्डारी दम्पती पशुपालनबाट सफल

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

रोजगारीको लागि करिब २ बर्ष कतारमा पसिना बगाएका रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बनकट्टीका भण्डारी दम्पत्तीले अहिले पशुपालन पेशामा लागेर राम्रो आम्दानी गरेका छन् ।
वि.सं. २०६३ साल माघ २५ गते दुर्गा पशुपालन फर्म दर्ता गरेका भुवन भण्डारी र दुर्गा भण्डारीले अहिले पशुपालनबाट नै छोराछोरीहरूलाई उचित शिक्षा दिक्षा दिनुको साथै राम्रो आम्दानी गरेका हुन् ।
३ वटा गाईबाट सुरु गरेका उनीहरूको फर्ममा अहिले गाई भैंसी गरेर १७ वटा छन् । ४ वटा भैंसी र अन्य सबै गाई हुन् । होलिस्टन, जर्सी गाई र भैंसीमा अर्ना जातको भैंसी उनीहरूले पालेका हुन् ।
दैनिक ५० लिटर दूध बिक्री गर्दै आएका भण्डारी दम्पत्तीले स्थानीय टिकुलीगढ दुग्ध उत्पादक सहकारी संस्था मार्फत दुध बिक्री गर्दै आएका छन् । फ्याटको आधारमा ४८ देखि ५० रूपैयाँ प्रतिलिटर पर्ने गरेको फर्म सञ्चालक दुर्गा कुमारी भण्डारी बताउँछिन् ।
उनी भन्छन्–‘विदेशमा पसिना बगाउनु भन्दा पनि स्वदेशमा नै केही गरेर जीविकोपार्जन गर्न सकिन्छ भन्ने हेतुले यहाँ लागेका हौं ।’ वि.सं. २०७२ सालमा कतारमा दुई बर्ष काम गरेको अनुभव श्रीमान भुवन भण्डारीको रहेको छ । उनी विदेश जाने मोह त्याग गरेर स्वदेशमा आएर पशुपालन पेशामा लागेका हुन् । उनले विदेशमा २ बर्षसम्म पसिना बगाएपनि यसको प्रतिफल खासै पाउन नसकेको कारण स्वदेशमा नै लागेको बताए । उनले भने–‘विदेशमा भन्दा पनि स्वदेशमा नै केही नयाँ कार्य गर्नको लागि सोँच राखेर यहाँ सुरु गरको हुँ, पशु गोठालो भएपनि सन्तुष्ट छु ।’ पशुपालनबाट नै दुई जना छोराहरूलाई निजी विद्यालयमा समेत शिक्षा दिक्षा दिन सफल भएको उनको भनाइ रहेको थियो ।
३ कठ्ठा क्षेत्रफलमा फैलिएको उनीहरूको फर्ममा सोही क्षेत्रफलको अनुपातमा घाँस खेती गरेका छन् । महिनामा २० हजार भन्दा बढि खर्च कटाएर बचत हुने गरेको उनीहरूको भनाइ रहेको छ ।
अभियान कृषि सहकारी संस्था बुटवल देवीनगरको सदस्य समेत रहेकी दुर्गा भण्डारीले लगानी अझै बढाउने योजना भएपनि सोही अनुपातको लागानी गर्ने रकम अभाव भएको बताउँछिन् ।
उनले अहिले करिब ३० लाख रूपैयाँ बराबरको लगानी फर्ममा भैसकेको जानकारी दिँदै नेपाल सरकारबाट प्रदान गरिने सहुलितयत दरका कृषि कर्जा समेत नपाएको गुनासो गरेका छन् । सरकारले कृषि तथा पशुपालन क्षेत्रमा अनुदान लगायतका विभिन्न कुराहरू ल्याएपनि यसबाट आफुहरू लाभांवित हुन नसकेको उनको भनाई रहेको छ ।
सहकारीबाट र केही बैंक बाट समेत ऋण लिएर पशुपालन गरिएको जानकारी दिदै उनले मासिक किस्ता तिर्नकोलागि त्यहीबाट नै सहज भएको बताउछन् । सबै भैसी र गाईको पशु विमा समेत गरिएको कारण कुनै पनि समस्या नभएको उनको भनाई रहेको छ । उनीहरूले पालेको सबै गाई र भैसी को एनएलजी कम्पनीले विमा गरेको छ ।
अहिले करिव ३० लाख रूपैयाँ बराबरको स्थीर सम्पत्ती जोडन् सफल भएको बताउने भण्डारी दम्पत्तीले निकट भविश्यमा विभिन्न निकायको सहयोग भएमा यसलाई अझ वृहत बनाउने समेत बताए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?