© २०२३
रूपन्देहीको देवदह नगर क्षेत्रलाई च्याउको विशेष क्षेत्र बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । सवल च्याउ तथा कृषि उद्यमी समुह देवदहको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरूले च्याउ स्वास्थ्यको लागि पनि लाभदार भएको कारण च्याउलाई विशेष महŒव दिनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नम्बर १० का अध्यक्ष एक बहादुर विश्वकर्माले च्याउको विशेष क्षेत्र बनाउनको लागि नगरपालिका र वडाको सक्दो पहल जारी रहने बताएका हुन् । यस्तै कार्यक्रममा च्याउ समुहमा वित्तीय सहयोग गरेको श्री सशक्त बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले कृषि क्षेत्रमा कुराहरू धेरै तर काम कम हुने गरेकोमा अहिले ७ जना युवाहरूको लगानीमा सुरु गरिएको च्याउ खेती साच्चीकै उत्कृष्ट भएको बताए । कार्यक्रममा सवल च्याउ तथा कृषि उद्यमी समुहका अध्यक्ष कृष्णराज पोखरेलले बढ्दो बेरोजगार र च्याउमा नेपाललाई आत्मनिर्भर बनाउनको लागि आफुहरूले अभियानको रूपमा सुरुवात गरेको जनाएका थिए । कार्यक्रममा समुहका सञ्चालक ऋषव पोखरेल, लक्ष्मी सामाजिक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खुविराम आचार्य लगायतले बोलेका थिए ।
करिब १२ लाख लगानी गरेको सबल कृषि समुहमा ७ लाख लगानी युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत श्री शशक्त बचत तथा ऋण सहकारी संस्थाले ५ प्रतिशत व्याज सहुलियतमा लगानी गरेको हो । दैनिक ४ सय किलो ५० दिन सम्म निरन्तर रूपमा उत्पादन गर्ने लक्ष्य सहित देवदह १० भलुहिमा ७ जनाले प्रति बर्ष १ लाख रूपैयाँ भडा तिर्ने गरी १२ कठ्ठा जग्गा लिएर च्याउ खेती गरेका हुन । जसमा ऋषव पोखरेल, कृष्ण राज पोखरेल, शोभा पोखरेल, राजकुमार कहार, जीवलाल न्यौपाने, विष्णु वल्लभ न्यौपाने, रेणुखर खनाल रहेका छन् । à