ट्रेंडिंग:

>> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

शासकीय अस्थिरता रोक्न निर्वाचन प्रणाली सुधार्न एमाले निकट कर्मचारी संगठनको माग

आधारभुत तहका कर्मचारीहरुको न्यूनतम तलबमान ४० हजार बनाउने व्यवस्था आगामी वजेटबाट कार्यान्वयन गर्न पनि संगठनले माग गरेको छ ।
२० फाल्गुन २०७९, शनिबार
२० फाल्गुन २०७९, शनिबार

बुटवल, २० फागुन । नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले निर्वाचन प्रणाली सुधार गर्न माग गरेको छ ।
संगठनको लुम्बिनीमा भएको तेस्रो केन्द्रीय समितिको दुई दिने वैठकपछि जारी २२ बुंदे घोषणापत्रमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रणालीमा भएको त्रुटीका कारण देश अस्थिरतामा फसेकाले निर्वाचन प्रणाली सुधार गर्न गम्भीर बन्न संघीय तथा प्रदेश सभा,राजनीतिक दल र नागरिक समाजसंग माग गरेको हो ।
घोषणापत्र जानकारी गराउन शनिबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले संविधानको धारा ८४ र १७६ मा व्यवस्था गरिएको निर्वाचन प्रणालीको त्रुटीका कारण कुनै दलको स्पष्ट वहुमत नआउंदा सरकारहरु बारम्बार परिवर्तन हुंदा राष्ट्रको शासकीय प्रणाली अस्थिर हुने र सरकारले लिएका वजेट खर्च लगायत लक्ष्यहरु पूरा नहुने भएकाले निर्वाचन प्रणली परिवर्तन गर्न सबैको ध्यान जानुपर्ने बताए ।
संगठनले विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको कारण नेपालको व्यापार, रोजगारी, पर्यटन, विनिमय, वैदेशिक मुद्राको संचिती लगायतका क्षेत्रमा परेको प्रभावलाई न्यूनीकरण गर्न अर्थविज्ञ र सरोकारवालाको सहभागितामा विशेष सम्मेलनबाट तत्काल सुधारको नीति लिन माग गरेको छ ।
अर्थतन्त्रको खस्कदो अवस्थामा भरथेग गर्न, आयातलाई प्रतिस्थापन गर्न, कृषिमा आत्मनिर्भर बन्न बाँझो जग्गामा सामूहिक खेतीका लागि स्थानीयस्तरमा रहेको विभिन्न पार्टीका युवा संगठन, शिक्षक, कर्मचारी, प्रहरी, नेपाली सेना अन्य संघ संस्था लगायतलाई स्वेच्छिक सेवामा प्रयोग गरी उपयोगमा ल्याउने नीति बनाउन संगठनले माग गरेको छ ।
संगठनका अध्यक्ष कोइरालाले काममा ढिलासुस्ती र भ्रष्टाचारविरुद्ध निर्मम भएर उभिन संगठनमा आवद्ध ५० हजार सदस्यलाई प्रशिक्षण दिने अभियान जारी रहेको बताए ।
साथै साना, मझौला किसान र स्वेदशी संस्था, समूहबाट उत्पादित कृषि उपजको बजार व्यवस्थापनको सुश्निचितता गर्न नेपाल सरकारसँग माग गरेको छ ।
तलब सुविधा आयोगलाई संगठनले बुझाएका सुझाव अनुसार आधारभुत तहका कर्मचारीहरुको न्यूनतम तलबमान ४० हजार कायम हुने गरि छिट्टै प्रतिवेदन बुझाउन र उक्त प्रतिवेदन आर्थिक वर्ष २०८०।०८१ को बजेट वक्तव्यबाट कार्यान्वयनमा ल्याउन संगठनले माग गरेको छ ।
संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा संघीय सरकार र प्रदेश सरकार विच द्वन्द बढ्ने, समायोजन भएका कर्मचारीको सेवा सुविधामा समेत अन्यौलता बढेको हुँदा संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न र सोही अनुरुप प्रदेश र स्थानीय सेवा ऐनमा संशोधन गर्न संगठन सम्बन्धित सरकारसँग संगठनले माग गरेको छ । कर्मचारी तथा ट्रेड युनियनमैत्री तीनै तहका ऐन यथाशीघ्र जारी गर्न पनि संगठनले माग गरेको छ ।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गन शीघ्र सेवा तीव्र विकासको लागि सरकारले यसलाई अभियानको रुपमा अगाडी बढाउन संगठनले माग गरेको छ । सेवाग्राहीलाई अनिवार्य रुपमा मुस्कान सहितको सेवा प्रवाहको प्रत्याभूति गर्दै शिष्टाचारको रुपमा आफैबाट नमस्कार गर्ने अभियानलाई संगठनले प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ अध्यक्ष कोइरालाले जानकारी गराए ।
पेट्रोलियम पदार्थ लगायतका उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि, कृत्रिम अभाव, भ्रष्टाचार, अनियमितता, खाद्यान्न अभाव, प्राकृतिक श्रोत साधनको अति दोहन, शान्ति सुरक्षाको खंस्कदो स्थिति, वातावरणीय विनाश, खानेपानीको अभाव जस्ता जनसरोकारका विषय तथा स्थानीय समस्या समाधानमा संगठनले सरकारको ध्यानाकर्षण गराएको छ ।
सरकार परिवर्तनसँग हुने सरुवा आतंक तत्काल रोक्न र सरुवालाई सजाय मान्ने सोंचलाई परिवर्तन गरी अवसरको रुपमा विकास गर्न तीनै तहमा कार्यरत कर्मचारीको सरुवालाई वैज्ञानिक, चक्रीय, पारदर्शी र पूर्वानुमानयोग्य हुने गरी व्यवस्थापन गर्न संगठनले माग गरेको छ ।
आर्थिक रुपमा सकृय जनसंख्या देशबाट बाहिरिने क्रमलाई रोक्न स्वदेशमा रोजगारी श्रृजना गर्ने दीर्घकालीन रणनीति तयार गर्न, अस्थायी, करार सेवामा कार्यरत कर्मचारीहरुलाई सेवा सुरक्षाको कुनै सुनिश्चितता नगरी अपमानजनक तवरले सेवाबाट हटाउने र पुनः आफ्ना कार्यकर्तालाई करारमा कामकाजमा लगाउने कार्य रोकी कार्यसम्पादनका आधारमा साविककै करार कर्मचारीलाई निरन्तरता दिन संगठनले माग गरेको छ ।
करारमा कार्यरत कमचारीहरुलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागिता गराउन, एक पटकका लागी स्विकृत दरबन्दीमा सिमित प्रतियोगिताबाट करारका कर्मचारीहरुलाई स्थायी गर्न संगठनले माग गरेको छ ।
संगठन सुदृढिकरणका लागी मिसन पालिका अभियान जारी राख्ने र निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनको तत्काल मिति तोक्न संगठनले माग गरेको संगठनका महासचिव जिवन काफेलेले बताए ।
संगठनमा देशभर ५० हजार र रुपन्देहीमा मात्रै १४ सय बढी निजामति कर्मचारी संगठनमा आवद्ध भएका संगठनका रुपन्देही इन्चार्ज नारायणप्रसाद भण्डारीले बताए । संगठनको रुपन्देही जिल्ला शाखाले संयोजन गरेको केन्द्रीय समिति वैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य,प्रदेश इन्चार्ज,सल्लाहकार र पुर्व अध्यक्षहरु समेत गरी २ सय बढी सहभागी भएका रुपन्देह िजिल्ला अध्यक्ष प्रेमप्रसाद खनालले बताए ।
बैठकको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?