ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

नामाकरण र राजधानी टुंग्याउन कांग्रेसको माग

२ मंसिर २०७५, आईतवार
२ मंसिर २०७५, आईतवार

प्रदेश पाँचको नामाकरण र राजधानी अविलम्व टुंगो लगाउन नेपाली कांग्रेस ५ नम्बर प्रदेशका जिल्ला सभापतिहरूले माग गरेका छन् । नेपाली कांग्रेस प्रदेश पाँचका जिल्ला सभापतिहरूको शुक्रवार प्यूठानको स्वर्गद्धारीमा वसेको वैठकले उक्त माग गरेको हो ।
नेपाली कांग्रेस प्यूठानका सभापति अमरप्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठकले अन्य विभिन्न निर्णय समेत गरेको छ । वैठकले सरकारको कार्यशैली, पार्टी सुदृढीकरण तथा आगामी महासमिति बैठक वारे पनि विभिन्न निर्णय गरेको नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिं पुनले जानकारी दिए ।
वर्तमान सरकारप्रति जनताको ठूलो आशा अपेक्षा रहे पनि जनताको न्यूनतम र आधारभूत आवश्यकता समेत पुरा हुन नसक्दा जनताहरूमा नैराश्यता बढेको बैठकले ठहर गरेको छ । बैठकले वर्तमान सरकारको रवैया र गतिविधि प्रति तिव्र असन्तुष्टी जनाएको छ । सरकार गठनको ९ महिना पुरा हुँदा पनि शान्ति सुरक्षा र जनजिविकाका सवालमा सरकार गम्भीर नभएको आरोप लगाएको छ । खाद्यान्न लगायत अन्य अत्यावश्यक सामग्रीको चरम मूल्य वृद्धि, विभिन्न वहानामा स्थानीय सरकारले उठाउने करले निम्न स्तरका जनताको दैनिक जीवनयापनमा कष्टकर बन्दै गएको बैठकले ठहर गरेको छ ।

हत्या हिंसा वृद्धी हुँदा समेत सरकार रमिते वनेर हेरिरहेको, हत्या आरोपीलाई पक्रनुको साटो अपराधीहरुलाई संरक्षण दिने कार्यमा सरकार लागेको जस्ता आरोप लगाइएको छ । वैठकले यथासिघ्र जनविरोधि कार्य रोकी शान्ती सुव्यवस्था कायम गर्न तथा जीवन यापन सहज वनाउन सरकारसँग माग समेत गरेको छ ।
यसैगरि पार्टीबाट संघीय संसद र र प्रदेश सभामा निर्वाचित प्रतिनिधिहरुले जनसरोकारका विषयमा शसक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्नु पर्ने सुझाव पनि दिएको छ । ५ नम्वर प्रदेश अन्तरगतका सवै जिल्लामा संगठन सुदृढीकरण र गाउँ केन्द्रीत अभियान संचालन गर्दै पार्टी जिल्ला सभातिहरुको वैठक समेत घुम्ति रुपमा राख्ने निर्णय गरेको छ । पार्टीको आगामी महासमिति वैठकमा जिल्ला सभापतिहरुको हेटौडा भेलाले निर्दिष्ट गरे वमोजिम विधान मस्यौदामा प्रस्तुत हुने निर्णय समेत गरेको छ । वैठकले पार्टी रुपन्देहीका सभापति अव्दुल रजक गद्धीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वर्गद्धारी विकासका लागि जोडदार आवाज उठाउने निर्णय समेत गरेको वैठकमा नेपाल विद्यार्थी संघ रोल्पाका योगेन्द्र अनुपम जीसीले जानकारी दिए ।
वैठकमा नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिं पुन, कपिलवस्तुका सभापति सुरेन्द्र आचार्य, पाल्पाका सभापति वीरवहादुर राना, वाँकेका सभापती किरण कोइराला, अर्घाखाँचीका सभापति विष्णु भुसाल, दाङका सभापति किर्तिवहादुर खड्का, वर्दियाका सभापति संजय गौतम, नवलपुरका सभापति अर्जुनकुमार पोख्रेल र गुल्मीका सभापति भुवन श्रेष्ठको उपस्थिति रहेको वताइएको छ ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?