© २०२३
बुटवल,१४ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थीहरू एक ठाउँमा आएको अवस्थामा मात्र परिवर्तन हुन सक्ने बताएका छन् । अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने नेता खनालले बताएका छन् ।
आइतबार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले अहिले बनेको ८ दलको गठबन्धनबाट गुणात्मक परिवर्तन नहुने बताए । अहिले नेपालका वामपन्थीहरू एक ठाउँमा आउने हो भने परिवर्तनको सम्भावना रहेको खनालले बताए ।
उनले वामपन्थीहरुको बीचमा एकता हुन आवश्यक रहेको बताए ।
राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने उनले बताए ।
उनले देश समाजवादी क्रान्तिमा अघि बढिरहेको बताउँदै आफ्नो पार्टी पनि त्यही दिशामा अघि बढिरहेको जिकिर गरे । नेपाली समाजवादको विशेष रूप कस्तो हुन्छ भन्ने विषयमा आफूहरू लागिरहेको उनले बताए । एकीकृत समाजवादीलाई बलियो लडाकु पार्टीको रूपमा स्थापित गर्नुपर्ने उनको भनाई छ ।