© २०२३
बुटवल, १४ फागुन । तमू (गुरुङ) सञ्चारकर्मी संघ रुपन्देही जिल्ला समितिको प्रथम अधिवेशनले चित्र बहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ ।
उपाध्यक्षमा निरु गुरुङ,(मनु), सचिवमा बिष्णु माया गुरुङ, कोषाध्यक्षमा सन्जय गुरुङलाई चयन गरेको छ। यस्तै सदस्यहरुमा राम बहादुर गुरुङ, खिनु गुरुङ, नरेश गुरुङ, लभसन गुरुङ र पोबिन्द्र गुरुङ चयन भएका छन् । कार्य समितिको पहिलो बैठकले वरिष्ठ सल्लाहकारमा भिम प्रसाद गुरुङ, देबराज गुरुङ र कोम बहादुर गुरुङ कुमारलाई चयन गरेको छ। त्यसै गरि तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद रुपन्देही जिल्ला समिति संरक्षक रहने तय गरेको छ।
भेलामा तमु ह्युल छोज धिका सचिव ओम प्रकाश गुरुङ्, कोषाध्यक्ष मन प्रसाद गुरुङले तमु पत्रकारहरु संगठित हुनु राम्रो भएको बताए ।