ट्रेंडिंग:

>> अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मदरसाका विद्यार्थीहरुलाई स्वीटर वितरण >> दक्ष प्रशिक्षक उत्पादन गर्न घोराहीमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु >> सामाजिक सञ्जाल नियमनको कानुन अहिलेकै सदनबाट पास हुन्छः सञ्चारमन्त्री गुरुङ >> मुद्रण नीति परिमार्जन गर्न उद्योगीहरुको आग्रह >> फुडमाण्डुको सेवा अब बुटवलमा >> नेप्से परिसूचक दोहोरो अंकमा घट्दा कारोबारमा पनि भारी गिरावट >> मानव बेचबिखनमा संलग्न पौडेल ओमानमा इन्टरपोलको सहयोगमा पक्राउ >> समाजलाई अगाडि बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छः उपप्रधानमन्त्री सिंह >> स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गर्यो >> अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरी आगो फैलिँदै, १९ हजारलाई सुरक्षित स्थानमा सारियो >> भैरहवा विमानस्थलमा अब ८०० मिटरको भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सकिने >> प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा लक्ष्मीकुमारी  >> रवि लामिछानेको अदालतमा थुनछेक बहस जारी >> त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलको लागि दुई जनाको मात्र आवेदन >> चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको आखेटोपहारसहित दुई जना पक्राउ >>  मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल >> माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड >> सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीसँग अब थप ४ हजार डलर तिर्नुपर्ने >> अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु >> भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्कासित >> जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह >> सुन चाँदीको भाउ घट्यो >> २६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट >> रबि लामिछाने पुगे रूपन्देही अदालत, केही बेरमा थुनछेक बहस हुने >> लुम्बिनीका गाउँगाउँमा अब प्रहरी पुग्ने >> कपिलवस्तु जेसिजका लागि ३ जनाको प्रतिस्पर्धा >> रामग्राम स्तुपदेखि लुम्बिनीसम्मको निःशुल्क धम्मयात्रा >> सरकारलाई सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न निर्देशन >> आर्थिक सम्बृद्धिका निम्ति राजनीतिमा सुधार जरूरी >> पुँजीगत खर्च बढाउन पहल गर >> रूपन्देहीका ५८ हजार किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप >> तीन मुरी धान फल्ने खेतमा तीन लाखका सुन्तला >> सरकारले दिएन वन्यजन्तु क्षतिको राहत >> स्वास्थ्य मन्त्रीकै जिल्लाको अस्पतालमा अक्सिजन प्लान्ट बन्द >> सिद्धबाबा सुरुङको ब्रेक थ्रु र सडक शिलान्यास गर्न प्रधानमन्त्री ओली भोलि बुटवल आउँदै >> भारतमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु >> पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना >> पञ्चवर्षीय योजना बनाउँदै वीरेन्द्रनगर >> रवि लामिछानेको थुनछेक बहस बिहीबारदेखि >> रूपन्देही सुपरलिगमा जेआर क्रिकेट क्लब विजयी >> सल्यानमा फेला परेको ग्रीनेड बम सुरक्षित रूपमा निष्क्रिय >> नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित, महिला टी-२० विश्वकपबाट बाहिरियो >> दाङमा विद्युतको तार सर्ट हुँदा घरमा आगलागी >> नेप्से ५२.३६ अंकले वृद्धि >> ‘पुष्पा २’ निर्देशक सुकुमारको घरमा आयकर विभागको छापा >> अस्पताल भवनको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री प्रचण्ड दाङ आउने >> राष्ट्र बैंकको ९० अर्बको तरलता खिच्ने  >> विमानमा बम भएकाे सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द >> हुथी विद्रोहीको घोषणा, अब लालसागरका जहाजमा आक्रमण हुदैँन् >> खेलौना पेस्तोल देखाएर पैसा माग्ने भारतीय नागरिक कलाम पक्राउ
अन्तर्वार्ता

‘घोराहीको समृद्धिका लागि दीर्घकालीन योजना ल्याएका छौं’

घोराही उपमहानगरपलिकाका प्रमुख नरुलाल चौधरी दोस्रो पटक स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर नगरमा विभिन्न योजना अगाडि सारेका छ् । उनी २०७४ सालमा पनि घोराहीको मेयरमा निर्वाचित भएर पाँच वर्षे कार्यकाल बिताइसकेका छन् । पहिलो कार्यकालमा पुरा गर्न बाँकी रहेका कामहरु के के छन् ? आगामी कार्ययोजना के छन् भन्ने बिषयमा चौधरीसँग गरिएको कुराकानी ।
१३ फाल्गुन २०७९, शनिबार
१३ फाल्गुन २०७९, शनिबार

घोराहीको स्थानीय सरकार प्रमुखका रुपमा दुई कार्यकाल काम गर्ने अवसर पाउनुभएको छ, दोस्रो कार्यकालमा तपाईको प्राथमिकता के हो ?

हामीले पहिलो कार्यकालमा खासगरी भौतिक पूर्वाधारहरु बाटोघाटो, सिँचाई, खानेपानी, पुलपुलेसा, विद्युतलगयतका विषयलाई विशेष प्राथमिकता दिएर आएका थियौं । ती क्षेत्रहरुको निरन्तरता अहिले पनि छन् । अब बनेको पूर्वाधारलाई उपयोग गर्न सक्ने गरी रोजगार र उद्यममा आधारित कार्यमलाई प्राथमितामा राखेका छौँ । बनेका पूर्वाधारको उपयोग हुन सकेन भने त्यसको अर्थ रहँदैन नै, साथै आर्थिक, सामाजिक, सांस्कृतिक र मानवीय विकास पनि हुन सक्दैन । त्यसैले पढे लेखेका युवाहरुलाई कसरी यही रोजगारमा जोड्न सकिन्छ भनेर योजनावद्ध रुपमा काम अघि बढाएका छौँ ।

बनेका पूर्वाधारलाई अधिकतम उपयोग गर्न सक्ने गरी यहाँका सम्भावनाहरुको पहिचान गरेर युवाहरुलाई सीपसहित रोजगारमा जोड्दै आयआर्जनको बाटोमा अग्रसर गराउन बैंकहरुसँग समन्वय गरेर कम ब्याज दरमा लगानीको श्रोत जुटाउने काममा पनि लागेका छौँ । बनेका जलाशयबाट बहुउयोगका लागि अघि बढ्ने जमर्को गरेका छौँ । शहरलाई गाउँ र गाउँलाई शहरसम्म जोड्न वडा नम्बर १९ बाहेक सबै वडामा कालोपत्रेसहितको बाटो निर्माण गरेका छौँ । १९ नम्बर वडामा पनि कालोपत्रेको काम यसैवर्ष अघि बढाउँदै छौँ ।

मानव संशाधनको विकास गरेर रोजगारी र उद्यमशीलताका माध्यमबाट समृद्धिको यात्रामा अघि बढ्ने घोराहीको विशेष प्राथमिकता रहेको छ । यसका लागि समृद्धि र विकास सँगसँगै जोडिएर जानुपर्छ भन्ने मैले ठान्दछु । योसँगै स्वास्थ्य र शिक्षाको स्तर सुधार गर्दै नागरिकको सेवा पहुँचमा बिस्तार गर्ने काममा पनि हामी अघि बढेका छौँ । शिक्षाको सुधारका लागि एक वडा एक नमूना विद्यालय बनाउने कामको थालनी गरेका छौँ ।

स्वास्थ्यतर्फ नियमित पाउने स्वास्थ्य उपचारबाहेक मोतीविन्दूको निःशुल्क उपचार, निःशुल्क रगतको व्यवस्था, सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क उपचार, पाठेघरको मुखको क्यान्सर भए नभएको निःशुल्क परीक्षण, जेष्ठ नागरिकको उपचार गर्दै आएका छौँ । नागरिक स्वस्थ भएमात्रै विकास र समृद्धि सम्भव छ भन्ने कुरामा स्पष्ट छौँ ।

त्यसैले नागरिक स्वस्थ बनाउने कुरामा टोलटोलमा सरसफाईसहित स्वास्थ्य सचेतनाका कार्यक्रम गर्दै आएका छौँ । शुन्य फोहोर अभियान चलाएर फोहोरमुक्त शहर बनाउन तथा फोहोरबाट ग्यास उत्पादन गरेर नगरबासीलाई ग्यास वितरणको काम अघि बढाएका छौँ । यस प्रकारका थुपै्र काम हुँदै आएका छन् ।

कृषिलाई उद्यम र उद्योगतिर कसरी लैजान सकिन्छ भन्ने विषयमा पालिकाले सोँच बनाएको छ । आर्थिक समृद्धि र सफा सुन्दर र पूर्वाधारसहितको राम्रो शहर बनाउने सोँचका साथ काम अघि बढाएका छौँ । त्यसमा धेरै काम भईसकेका छन् । बाँकी रहेका कामलाई पूर्णता दिँदै यसको बहुउपयोगमा आधारित कार्यक्रम नै पालिकाको अबको प्राथमिकता रहेको छ ।

कुनै पनि काम गर्न आधार चाहिन्छ, समृद्ध घोराही बनाउन अहिलेसम्म कति ऐन कानून बनेँ ?

स्थानीय सरकार संचालन ऐन २०७४ को जगमा टेकेर अघि बढेको घोराही उपमहानगरपालिकामा अहिले ८३ वटा ऐन कानून बनिसकेका छन् । जसमा ऐनका रुपमा रेडियो संचालन ऐन, शिक्षा ऐन, सहकारी ऐनलगायत थुप्रै ऐन बनेका छन् । धेरैजसोको कार्यविधि बनेको छ । केही नियमावली बनेका छन्, यो घोराही उपमहानगरपालिकाको कार्यपालिका संचालनको महत्वपूर्ण आधार हो । स्थनीय सरकारको अधिकार क्षेत्र भित्र पर्ने संविधान र ऐनले दिएको एकल अधिकार रहेको अवस्थामा ती चिजलाई सही ढंगले व्यवस्थापन गर्न सकेका छौँ । अब आगामी दिनमा पनि आवश्यकताका आधारमा बनाउनुपर्ने ऐन कानून पनि बनाउने छौँ । यसले प्रणालीमा रही काम गर्न सहज हुनेछ ।

उपमहानगरमा बनेका ऐन कानूनमा टेकेर के–के काम भईरहेका छन् ?

घोराही उपमहानगरपालिकाले बनाएका ऐन कानून अन्तर्गत शिक्षा ऐन, सहकारी ऐन, रेडियो संचालन ऐन कार्यान्वयनमा रहेका छन् । न्यायीक समितिले स्थानीय सरकार संचालन ऐन नियम र कार्यविधिभित्र रहेका कार्यसम्पादन गर्दै आएको छ । अहिले हुने गरेका सबै प्रकारका कामहरु पालिकाको ऐन, नियम, कानून, कार्यविधिमा टेकेर हुने गरेको छ ।

ती कामहरु निर्णयका आधारमा मात्रै हुने गरेको छैन । ऐन नियमको जगमा रहेर अघि बढेका छौँ । सेवा प्रवाह छिटोछरितो बनाउन पालिकाका सबै वडामा अनलाईनमा आधारित राजस्व संकलन, सामाजिक सुरक्षा भत्ता वितरण, पन्जीकरणको काम पनि व्यवस्थित गरेका छौँ ।

बालमैत्री उपमहानगर भएपनि अहिलेसम्म धेरै ठाउँ दुर्गम छ, त्यहाँका नागरिकले आधारभूत सेवा सुविधा कहिले पाउने ?

बालमैत्री घोषणा भएपछि आधारभूत सेवा सुविधा सुनिश्चित हुनुपर्छ । बालबालिकाले पाउनुपर्ने अधिकारहरु पाउनुपर्छ भन्ने नै हो । हुबहु सबैका सबै कार्यान्वयनमा छन् भनेर म भन्दिन । किनभने बालमैत्री उपमहानगर घोषणा भईसकेपछि पनि धेरै चिजहरु सुधार गर्न र त्यसलाई निरन्तरता दिन बाँकी नै रहन्छन् । त्यसैले एक चरण पार गरेर अघि बढेका छौँ ।

अझै यसका बाँकी काम पूरा गर्न र निरन्तरतामा रहन अझै बाँकी नै छन् । जसले गर्दा दूरदराजका सबै बालबालिकाहरुको अधिकार क्षेत्रमा सहज पहुँच नभएको हुन सक्छ । यसका लागि बाटोघाटो, यातायात, खानेपानी, शौचालय, खोप, उपचारको व्यवस्था गर्नुपर्ने हुन सक्छ । बाँकी रहेका कामलाई पनि पूरा गर्ने गरी हामी अघि बढेका छौँ । खोप भने पूर्ण सुनिश्चित भईसकेको छ । बालमैत्री पालिका भएपनि सूचक पूरा गर्न निरन्तर रुपमा अघि बढ्नु हाम्रो जिम्मेवारी पनि हो ।

बनेका कतिपय पूर्वाधार संरचनाहरुको पनि पूर्ण उपयोग हुन सकिरहेको छैन, दीर्घकालीन उपयोगका लागि के कारणले समस्या भएको हो ?

बनेका पूर्वाधारहरुका उपयोग गर्ने सवालमा हामी गम्भीर छौँ । संरचना बनाएर उपयोग हुन नसकेका पूर्वाधारको संख्या धेरै त छैन । सकेसम्म उपयोग गर्ने गरी काम हुने गरेको छ । बरु बन्दै गरेका पूर्वाधार संरचनाहरुमा हामीलाई समस्या थपिएको छ ।

टेण्डर गरेर सम्झौता भई काम अघि बढाएर अलपत्र पार्ने निर्माण व्यवसायीका कारण समस्या थपिएको छ । सार्वजनिक खरीद ऐनमा रहेर टेण्डर गछौँ, तर निर्माण व्यवसायीहरुले सम्झौता गरेका आयोजनाहरुको समयमा काम नगरिदिँदा बरु हामी अप्ठ्यारोमा पर्ने काम भएको छ । काम नगर्ने त्यस्ता निर्माण व्यवसायीलाई कारवाहीको प्रकृया अघि बढाएका छौँ ।

योजनाहरु अल्पकालीन, मध्य र दीर्घकालीन हुन्छन, ती योजनालाई आधार मान्ने हो भने तपाईको दोस्रो कार्यकाल पूरा हुँदै गर्दा घोराही उपमहानगरपालिका कस्तो हुनेछ ?

अल्पकालीन योजनामा नियमित प्रकृया अन्तर्गत अहिले पनि थुप्रै काम भईरहेका छन् । जसमा नागरिकको आवश्यकता र समयले सम्बोधन गरेका कुरालाई सम्पादन गर्दै आउने कुरा भयो । जसमा मर्मत सम्भार, खानेपानी, स्वास्थ्य, नागरिक सचेतना, कृषि क्षेत्रको विकासका लागि जागरणका कुरामा निरन्तर छौँ । मध्यकालीन योजनामा पालिकाले अघि सारेका विकासे योजना, सामाजिक विकासमा आधारित कार्यक्रमलाई दीर्घकालसम्म संचालन गर्ने गरी कृषि, स्वास्थ्य, उद्यमशीलता विकासलगायतका कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ ।

दीर्घकालीन योजनाहरु ठूला संरचना, कार्यक्रम अन्तर्गत स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँगको सहकार्यमा अघि बढाईने कार्यक्रमलाई राखेर अघि बढेका छौँ । जसमा नगरभित्रका ठूला सडक पूर्वाधार, वैकल्पिक सडक, रिङरोड, कृत्रिम जलाशय, औद्योगिक क्षेत्रहरु हामीहरुको दीर्घकालीन योजनाहरु हुन् । घोराहीको वडा नम्बर ३ र ५ को भूभाग समेटेर औद्योगिक क्षेत्र घोषणा भईसकेको हुँदा केन्द्र सरकारसँग समन्वय गरी प्रकृया अघि बढाउने काम भईरहेको छ । व्यवस्थित, सुरक्षित औद्योगिक क्षेत्र बनाउने भएकाले यसले रोजगारी सिर्जना गर्ने मात्रै नभई पालिकालाई समृद्धिको यात्रामा अघि बढाउन मद्दत पुग्ने अपेक्षा छ ।

यसैगरी, घोराही खानेपानी संस्थासँगको सहकार्यमा वृहत खानेपानी आयोजनालाई अघि बढाएका छौँ । सहलगानीमा अघि बढेको यो योजनाले खानेपानीको दीर्घकालीन समस्या समाधान गर्नेछ । संघ सरकार र प्रदेश सरकारबाट दीर्घकालीन रुपमा अघि बढेका विभिन्न आयोजनाहरु समयमै सम्पन्न हुन सकेमा घोराही उपमहानगरपालिकालाई काम गर्न सहज हुने आशा हो । यसका लागि हामीले सम्बन्धित निकायमा जानकारी गराउने र दवाव दिने काम पनि गर्दै आएका छौँ ।

यसैगरी, वडा वडा जोड्ने कालोपत्रे सडक बनिसकेकाले नगर बस संचालनका लागि आन्तरिक प्रकृया अघि बढाएका छौँ । यसका लागि यातायात व्यवसायीहरुसँग छलफल गरेर निजी क्षेत्रसँगको सहकार्यमा काम गर्ने योजना बनेको छ । जसले नगरका नागरिकलाई बजारदेखि गाउँ जान तथा गाउँबाट बजार आउन सहजता हुनेछ । यी कामले आगामी दिनमा सार्थकता पाउनेछ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

घोराही उपमहानगरपालिकाले गरिरहेको प्रयास र थालेका कामका बारेमा समग्र नागरिक समक्ष पुर्याउन सहयोग गर्नुहुने तपाई र तपाईको संचारमाध्यमलाई धेरै धन्यवाद छ । नागरिकको सहयोग बिना, राजनीतिक दलको सहयोग बिना, यस क्षेत्रका जानकार, अग्रज, बुद्धिजीवी, समाजसेवी, पत्रकार, विज्ञहरुको सहयोग बिना हामीले चाहेको सबै चिज प्राप्त गर्न नसक्ने हुनाले पालिकाले यहाँको निरन्तर सहयोग र सुझावको अपेक्षा गर्दछ ।

यसका लागि पहिलो त घोराही उपमहानगरबासी आमाबुवा, दाजभाई, दिदीबहिनीहरु, समाजसेवीलगायत सम्पूर्णको सहयोगको आवश्यकता छ र हिजोका दिनबाट पाईरहेका छौँ र आगामी दिनमा पनि पाउने आशा अपेक्षा रहेको छ । सबै मिलेर सकारात्मक काममा अघि बढेमा मात्रै समृद्धि र विकास सम्भव छ ।
प्रस्तुतीः रञ्जिता अधिकारी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?