ट्रेंडिंग:

>> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण

मनाइयो विश्व खाद्य दिवस , खाद्य सुरक्षा गर्ने दायित्व सबैकोः पौडेल

३० कार्तिक २०७५, शुक्रबार
३० कार्तिक २०७५, शुक्रबार

हाम्रो पहलः भोकमुुक्त विश्व–२०३० भन्ने मुल नाराका साथ बुटवलमा ३८ औ विश्व खाद्य दिवस मनाइएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ अन्तर्गतको कृषि विकास निर्देशनालयको आयोजनामा विश्व खाद्य दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरी यो दिवस मनाइएको हो ।
प्रदेश नम्बर ५ मा रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका सबै जिल्ला कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख तथा प्रतिनिधि, किसान, सरोकारवाला निकाय र कृषि तथा पशु क्षेत्र सम्बन्धीत व्यक्तिहरूको सहभागीतामा तिलोत्तमामा रहेको कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्रमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्री आरती पौडेलले किसानबाट आएको सल्लाह सुझावलाई अक्षरांस पालन गर्दै अगाडी बढ्ने बताएकी छिन् ।
उनले सबैको साझा पहलबाट मात्रै प्रदेश समृद्धिको आधारहरू खडा हुने भन्दै यसको लागि किसानदेखि लिएर नीति निर्माण पक्षहरू सबै नै लाग्नुपर्ने बताईन् । कोही पनि भोकमरीको कारणबाट अकालमा नै ज्यान गुमाउनु पर्ने अवस्था आउन नहुने भनदै उनले प्रदेश सरकारले ल्याएको करार कृषि खेतीलाई पुर्णरूपमा कार्यान्वयन गरी किसानहरूको पक्षमा काम गर्न लागेको बताईन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ कृषि विकास निर्देशनालयकी प्रमुख डा. शान्ता कार्कीले खाद्य संप्रभुताको लागि विद्यमान नीति, कार्यक्रम र भावी योजनाको विषयका बारेमा प्रष्ट पारेकी छिन् । उनले पछिल्लो समयमा संरचना परिवर्तनसँगै धेरै अभावको बीचमा प्रदेश सरकार मातहतका कार्यालयहरूले काम गरेको भन्दै विश्वमा ११ प्रतिशत भन्दा बढि मानिसहरू भोकमरीमा परेको तथ्यांक रहेको बताइन् । उनले सबैले खाद्य सुरक्षाको लागि खाद्यन्न उत्पादनमा जोड दिनुपर्ने भन्दै तबमात्र नेपाल खाद्य सुरक्षामा नमुना बन्न सक्ने बताईन् ।
प्रदेश नम्बर ५ को खाद्य सुरक्षा स्थिति विश्लेषण, चुनौती र संभावनाको विषयमा विश्व खाद्य कार्यक्रममका पन्नलाल महर्जनले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा प्रदेश नम्बर ५ का खाद्य सुरक्षा प्रवद्र्धनमा कृषि अनुसन्धानको भूमिका विषयमा राष्ट्रिय गहँुवाली अनुसन्धान कार्यक्रम भैरहवाका शेष रमण उपाध्यायले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कृषि विकास बैंक क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक मिनराज पोखरेल, प्रदेश योजना आयोग, मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय बुटवलकी सदस्य पुष्पा भुषाल, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव यम नारायण देवकोटा, किसानका लागि उन्नत विउ विजन कार्यक्रम बुटवलका प्रोग्राम मेनेजर कौशलराज पौडेल, विउविजन प्रयोगशाला भैरहवाका तेज नारायण गैरै, रूपन्देहीका किसान अमृत नारायण श्रेष्ठ, कपिलवस्तुका किसान वृजहरी चौधरी लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?