ट्रेंडिंग:

>> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा

सरकारको लगानी बालुवामा पानी

२९ कार्तिक २०७५, बिहीबार
२९ कार्तिक २०७५, बिहीबार

निकै तामझामका साथ जिल्ला जिल्लामा सुरु गरिएको ‘किसान कल सेन्टर’ बन्द भएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत रहेको जलवायु प्रकोप समुत्थान निर्माण आयोजना, कृषि व्यवस्थापन सूचना प्रणाली काठमाडौंको समन्वयमा देशभरका तत्कालिन जिल्ला कृषि विकास कार्यालयहरूमा किसान कल सेन्टर स्थापना भएको थियो ।
किसानले फोन गर्दा पैसा नलाग्ने फोन मार्फत नै किसानले आफूले चाहेको जिज्ञासा प्राप्त गर्न सकिने गरी ल्याएको योजना करिब ३ बर्षमा भित्र मा नै तुुहिएको छ । हाल जिल्ला कृषि विकास कार्यालयहरू प्रदेश मातहतमा परिणात भई किसान ज्ञान केन्द्र भएका छन् । तर कतिपय जिल्लामा त किसान ज्ञान केन्द्र नै छैनन् । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएका छन् । यी सबैमा अहिले किसान कल सेन्टर कार्यान्वयमा छैन ।
किसान कल सेन्टर कार्यान्वयनमा आएको अवस्थामा पनि किसानहरूले कल आएको भनेर फेक रिपोर्ट बनाएर पेश गर्ने तत्कालिन जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरू अहिले भने प्रदेश मातहतमा गएपछि किसान कल सेन्टर नै नभएपछि फुरुङ्ग परेका छन् ।
किसानको आवाज रेकर्डिङ्ग सहित, किसानले चाहेको समयमा जिज्ञासाको समाधान गर्न एक जना कृषि अधिकृत, एक जना प्राविधिक सहायकको व्यवस्था गरिएको थियो । जसमा एक जना तत्कालिन जिल्ला कृषि विकास कार्यालयले करारमा लिएर राख्न सक्ने पनि व्यवस्था थियो ।
पछिल्लो समयमा संरचना परिर्वतनसँगै जिल्ला कृषि विकास कार्यालयहरू खारेज भएसँगै विश्व बैंकको सहयोगमा सञ्चालनमा आएका सबै जिल्लाका किसान कल सेन्टरहरू अहिले बन्द भएका छन् । घरमा नै बसीबसी फोन गर्दा पैसा नलाग्ने जिल्ला तत्कालिन जिल्ला कृषि विकास कार्यालय रूपन्देहीले व्यवस्थापन गरेको टोल फ्रि नम्बर’ १६६००७१५२००० मा अहिले बन्द छ । अहिले उक्त नम्बरमा फोन लगाउँदा ‘नम्बर मिलेन’ भनेर सन्देश प्राप्त हुन्छ ।
रूपन्देहीको यो एउटा उदाहरण मात्रै हो । जिल्ला जिल्लामा स्थापना भएका सबै किसान कल सेन्टर बन्द भएका छन् ।
रूपन्देहीमा पनि केही बर्ष पहिला नेपाल सरकार कृषि मन्त्रालयका कृषि सचिव उत्तम कुमार भट्टराईले किसान कल सेन्टरको उद्घाटन गरेका थिए । तर अहिले त्यो सञ्चालनमा छैन । किसान कल सेन्टर, हाम्रो कृषि मोबाइल एप, कृषि मौसम सल्लाह सेवा बुलेटिन तथा एस.एम.एस सेवा जिल्ला कृषि विकास कार्यालयले प्रदान गर्दै आएकोमा अहिले ती सेवा पनि अन्यौलमा रहेका छन् ।
काठमाडौंमा पनि कृषि मन्त्रालयले पैसा नलाग्ने फोन नं.१६६००१९५००० फोन किसान कल सेन्टरको रूपमा ल्याएको थियो । सोही अनुसार जिल्ला जिल्लामा बिस्तार भएका किसान कल सेन्टर अहिले बन्द भएका छन् । मन्त्रालयले हप्तामा आइतबार, मंगलबार, र बिहीबार ११ बजेदेखि १ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म किसानले विज्ञसँग कृषि, कृषि प्रविधि, कृषि बीउबीजन, मलखाद, र कृषि यान्त्रिकीकरणका सम्बन्धमा प्रत्यक्ष खोजीनीति र किसानसँग दोहोरो कुराकानी गर्न सक्ने गरी ल्याएको योजना अहिले अलपत्र परेको हो ।
किसान र कृषि व्यवसायीका बाली, पशुवस्तुका समस्याहरूलाई आधुनिक सञ्चारमाध्यमको प्रयोगमार्फत विज्ञबाट समाधान गर्ने, सूचना प्रवाहमा भौगोलिक विकटताले पारेको असरलाई न्यूनीकरण गरी न्यायपूर्ण सेवा प्रवाह प्रणाली स्थापना गर्ने उद्देश्यका साथ किसान कल सेन्टर सञ्चालनमा ल्याइएको थियो । व्यवसायिक कृषि, उत्पादन, बजारीकरण र रोगको विषयमा आउने समस्याको समाधान गर्ने उद्देश्य सहित यो ल्याइएको थियो । जसमा अवकाशप्राप्त कृषि प्राविधिक, विश्वविद्यालयका विज्ञ एवम् अनुसन्धानकर्ताको ज्ञान र सीपलाई किसान समक्ष पु¥याउन कृषि विकास मन्त्रालयले किसान ‘कल सेन्टर’ लाई प्रयोगमा ल्याएको भएपनि हाल बन्द भएको छ । यता, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ का सचिव यम नारायण देवकोटाले तत्कालीन जिल्ला कृषि विकास कार्यालय रहेको स्थानमा कतै कुनै विभाग त कतै जोन कार्यालय बसेको कारण अहिले नै तत्काल सञ्चालन गर्न नसकिने बताएका छन् । उनले यसलाई कार्यविधि बनाएर कृषि ज्ञान केन्द्र मार्फत सञ्चालन गर्न सकिने बताए । उनले भने–‘यसलाई सञ्चालन गर्नुपर्दछ, तर तत्काल अलि सम्भव मैले देखिन्, यसमा साेंच्न सकिन्छ ।’à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%