ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

एमबीबीएस पढ्न पाउँदा झुपडीमा खुसीयाली

२७ कार्तिक २०७५, मंगलवार
२७ कार्तिक २०७५, मंगलवार

बाँके खजुरा गाउँपालिका—४ की प्रतिमा शर्माले पूर्ण छात्रबृत्तिमा एमबीबीएस अध्ययन गर्न नाम निकालेपछि गाउँमा खुसियाली छाएको छ । आर्थिकरूपमा कमजोर परिवारकी प्रतिमाले त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत पूर्ण छात्रबृत्तिमा एमबीबीएस अध्ययनका लागि लिएको परीक्षामा सर्बोत्कृष्ट नतिजा सहित नाम निकाल्न सफल भएकी थिइन् ।
सानैबाट जेहेन्दार प्रतिमाको एमबीबीएस पढेर डाक्टर बन्ने धोका पुरा हुने भएपछि यतिबेला उनको परिवार मात्र नभई गाउँले नै खुसी साटासाट गरिरहेको छ । उनको सानो झुप्रो घरमा दैनिक बधाई दिनेको ओइरो लागेको छ । बधाई मात्र होइन जनप्रतिनिधि र स्थानीयले प्रतिमालाई मनग्ये आर्थिक सहयोग समेत जुटाएका छन् ।
‘हुनेखाने मात्र डाक्टर बन्छन् भन्ने कुरा भ्रम रहेछ । पढ्नमा राम्रो भए झुपडीमा बसेका बालबालिका पनि डाक्टरी पढ्न पाउने रहेछन् ।’—सोही वडाका अध्यक्ष तिलकबिर सुनारले भने,—‘प्रतिमाले सबैलाई त्यही उदाहरण देखाइन् । हामी धेरै खुसी छौं ।’
छात्रबृत्तिमा नाम निकाले पनि सुरुमा भर्नाका लागि न्यूनतम रकम पनि परिवारसँग भएन ।

त्यो कुरा थाहा पाएपछि वडा अध्यक्ष सुनार कस्सिए । उनले भने,—‘हामी सबै मिलेर सहयोग रकम जुटाईरहेका छौं ।’ अध्यक्ष सुनारको अगुवाई सोमबारसम्म एकलाख ९१ हजार ६३ रुपियाँ संकलन भएको छ । वडा अध्यक्ष सुनारले सबैभन्दा बढि ५० हजार रुपियाँ सहयोग गरेका छन् ।
शर्माको भर्ना नछुटोस भनेर स्थानीय सन्तोष श्रेष्ठले आफ्नो नाममा ऋण लिएर शर्माका अभिभावकलाई रकम दिएपछि शर्माको तत्काल भर्ना भएपनि थप रकम संकलनमा स्थानीयहरू जुटेका छन् । वडा अध्यक्ष सुनार सहित सन्तोष श्रेष्ठ, टोपेन्द्र खत्री, बासुदेव तिवारी लगायतको सक्रियतामा सहयोग संकलन भएको हो । वडा अध्यक्ष सुनारले सहयोगका लागि बिभिन्न तह र तप्काका सबैसँग अनुरोध समेत गरेका छन् । शर्माले खजुरामा रहेको सामुदायिक विद्यालय ज्ञानोदय माविबाट माध्यमिक शिक्षा पुरा गरेकी हुन् । शर्माका अनुसार परीक्षा शुल्क र खाना बस्नको खर्च विद्यार्थी आफैले ब्यहोर्नुपर्दछ । ‘सबैको साथ र सहयोगले हौसला मिलेको छ,’ शर्माले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?