© २०२३
विश्व बैंकको सहयोगमा व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) द्वारा बुटवलमा निर्माण भैरहेको ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’ को तरकारी तथा फलफूल थोकबजार निर्माण योजनामा सरकारी सम्पत्तीको चरम दुरूपयोग भएको पाइएको छ ।
हाल सञ्चालनमा रहेको बुटवल कृषि उपज तथा थोक बजार केन्द्रको माथिल्लो तलामा ट्रष्ट हालेर सटर निर्माणको कार्य अहिले जारी रहेको छ ।
निर्माणको जिम्मा पाएको गौरी पर्वती कन्टक्र्सन प्रालिले काठमाडौंले सटर निर्माणको जिम्मा पाएको थियो । समयमा नै निर्माण सम्पन्न गगरिदँदा अहिले अर्धनिर्माण अवस्थामा रहेका छन् ।
तर निर्माण पुरा नै नगरी कम्पनी अहिले सम्पर्क विहिन भएको छ । विभिन्न सटहरू अहिले अर्थ निर्माण अवस्थामा रहेका छन् । अहिले निर्माणाधिन अवस्थामा रहेका सटरहरूमा ‘तास खेल्ने अखडा’ बनाएका छन ।
निर्माण अलपत्र बनाइएको सटरका भित्री भागमा बसेर सटर असापासका विभिन्न व्याक्तिहरूले दिनभर तास खेल्ने स्थानको रूपमा परिणात हुदै गएको प्रति व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । रातको समयमा समेत सोही स्थानमा वाहिरका व्याक्तिहरू आएर बस्ने भएको कारण ‘धर्मशालाा जस्तै बनेको’ एक व्यवासायीले बताए ।
५ करोड ४२ लाख रूपैयाँ लागतमा विश्व बैंकको आर्थिक सहयोगमा निर्माण गरिएको भनिएको उपजकेन्द्रको माथिल्लो तला थप्ने कार्यमा जम्मा १४ वटा मात्रै सटरहरू व्यवसाय गर्नको लागि भेटनरी पसल तथा अन्य हल्का सामानहरू राख्न मिल्ने व्यवसायीहरू बताउछन् ।
मल्टी÷ईन्गार÷एस्.सि(जेभि) काठमाण्डौ परामर्स दाता रहेको उक्त सटरको निर्माण गौरी पार्वती निर्माण सेवा काठमाडौं नै रहेको थिए । सन् २०१६÷०८÷१७ गते सम्झौता भएकोमा निर्माण अवधी जम्मा १० महिनाको थियो । १० महिनाको निर्माण अवधी भएकोमा निर्माण पक्षले २ बर्ष पुरा हुँदा समेत निर्माण सम्पन्न गरेको छैन । म्याद सकि सक्दा समेत निर्माण अलपत्र छाडेर निर्माण कम्पनी नै हिँडेको स्थानिय व्यवसायीहरू बताउँछन् ।
तल्लो तलामा अहिले व्यवसायिक प्रयोजनमा प्रयोग भैरहेको सटरकोको माथिल्लो तला थपेर व्यवसायीहरूलाई भाडामा दिने गरी योजना बनाइएको भएपनि व्यवहारिक रूपमा प्रयोग हुन नसक्ने व्यवसायीहरूले बताएका छन् ।
माथिल्लो तलामा ढुवानीको लागि समेत अफ्ठारो पर्ने भएको कारण त्यहाँ पसल सञ्चालन गर्नको लागि थप समस्या हुन लुम्बिनी फलफूल तथा थोक व्यवसायी समितिका अध्यक्ष केशव कुँवर बताउँछन् । उनी भन्छन्–‘खास के प्रयोजनको लागि बनाइएको हो, व्यवसायिक संघ संस्थालाई कुनै पनि सो खोज नै छैन, कहिले बन्ने हो, कहिले हस्तान्तरण गर्ने हो यस विषयमा पनि कुनै पनि जानकारी छैन ।’
माथिल्लो तला बढि गर्मी हुने स्थान भएको कारणले पनि फलफूल तथा तरकारीको व्यवसाय सञ्चालन गर्नको लागि व्यहारिक रूपमा उचित नभएको लुम्बिनी फलफुल तथा थोक व्यवसायी समितिका अध्यक्ष केशव कुँवरको भनाइ रहेको छ ।
बुटवल कृषि उपज थोक बजार केन्द्रका बजार व्यवस्थापक अब्दुल कयौमु मुसवान्ले प्याक्टको आयोजानको विषयमा बजारसँग कुनै पनि सम्झौता, जानकारी आदानप्रदान नभएको बताउछन् । आफ्नै जग्गामा केन्द्रीय आयोजना प्याक्टले बनाउँदै गरेको सटरको विषयमा आफूहरूलाई नै जानकारी नहुनु आफैमा रहस्यको विषयमा भएको कैयमुुको भनाई रहेको छ । ‘कस्को मातहतमा जाने हो, कस्ले कुन प्रयोजनको लागि सञ्चालन गर्ने हो, भन्ने विषयमा जानकारी छैन ।’– उनले भने ।
बुटवल उपमानगरपालिका कृषि विकास महाशाखा प्रमुख भिमनाथ शर्माले केन्द्रले छिटो निर्णय नगर्दा कृषि उपज झनै अस्तव्यस्त हुँदै गएको बताउँछन् । उनले आफूहरूले छिटो भन्दा छिटो हस्तान्तरण गर्नको लागि पटक पटक माग गरे पनि प्याक्टले कुनै पनि सुनुवाई नगरेको र अहिले निर्माण अलपत्र हुँदा समेत चाँसो नदेखाएको उनको भनाई रहेको छ ।
उनी भन्छन्–‘अहिले झनै अस्तव्यस्त भएकोछ, कस्ले हेर्ने हो भन्ने विषयमा पत्र समेत नआउँदा झनै अवस्था विजोग छ । ’
यता, व्यवसायी कृषि तथा व्यापार आयोजना (प्याक्ट) काठमाडौंका बरिष्ठ योजना अधिकृत (उपसचिव) दिनेश सापकोटाले छिटो निर्माण कार्य सक्नको लागि निर्माण कम्पनीलाई दबाब दिइएको र केही स साना कामहरू रहेकोमा छिट्टै नै निर्माण सम्पन्न हुने बताए ।
उनले अनुकुलताको विषयमा पहिला नै छलफल गरेर ल्याइएको कारण सञ्चालनको लागि कुनै पनि कठिनाई नभएको उनको भनाइ रहेको छ । उनले भने–‘साना मसिना केही कामहरू रहेका होलान्, निर्माण पुरा भएपछि नगरपालिका, सञ्चालक समितिलाई हामी हस्तान्तरण गर्छौंै ।’