© २०२३
नेपाल च्याउ उत्पादक सानमा महासंघका केन्द्रीय अध्यक्ष प्रेमनारायण अधिकारीले हाल भारतबाट अवैधरूपमा आयात भैरहेको च्याउ रोकिनुपर्ने बताएका छन् । उनले भारतबाट आयात गरिएको च्याउ सिमा क्षेत्रमा छाटो समयमा नै क्वारेन्टाईन गरी नेपालमा जिल्लाहरूमा धमाधाम विक्री हुदै आएकोमा यसलाई रोकी नेपाली च्याउ उत्पादक किसानहरूबाट उत्पादन गरिएको च्याउको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने बताए । च्याउ उत्पादनक किसान संघ रूपन्देहीको प्रथम अधिवेसन तथा भेलालाई सम्बोधन गर्न बुटवलका आएका अधिकारीले रिपोर्टस क्लव ५ नम्बर प्रदेश कार्यालयमा आयोजना गरिएको कार्यक्रममलाई सम्बोधन गर्दैै च्याउ जस्तो घण्टौ लागेर परिक्षण गरेर मात्रै नेपालमा भित्र्याउने माग गरे । ढुसिजन्य बस्तु आयात गर्दा क्वारेन्टाईनमा ल्यावपरिक्षण गर्नुको सट्टा ५ देखि १० मिनेट भित्रमा नै च्याउ क्वारेन्टाइन गरी नेपाल भित्रिएको भन्दै यसको विरोध समेत गरे ।
कार्यक्रममा बोल्दै च्याउ उत्पादक किसान संघ रूपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य गंगाधर शर्माले च्याउको नीति नबन्दा छिटो समयमा नै नष्ट हुने च्याउको भण्डार तथा बजारीकरणमा ठोस कदम सरकराले अगाडि बढाउन नसकेको बताए । उनले छिटो भन्दा छिटो च्याउ नीति बनाएर च्याउ क्षेत्रको विकासको लागि प्रदेश, स्थानिय र केन्द्रीय सरकार लाग्नुपर्नेमा जोड दिए ।
च्याउ उत्पादक किसान संघ रूपन्देहीमा शर्मा
रूपन्देहीमा रहेका च्याउ उत्पादक किसानहरूको भेलाबाट च्याउ उत्पादक किसान संघ रूपन्देही गठन गरिएको छ । जसको अध्यक्षमा स्पीन्जर च्याउ फर्म कञ्चन रूपन्देहीका अध्यक्ष गंगाधर शर्मा चयन भएका छन् । केन्द्रीय अध्यक्ष प्रेमनारायण अधिकारी, केन्द्रीय कोषाध्यक्ष विकास रिमाल लगायतका पदाधिकारीहरूको रोहवरमा भएको भेलाबाट उपाध्यक्षमा कृष्णराज पोखरेल, सचिवमा रिसव पोखरेल, सह सचिवमा बसन्त छन्त्याल र कोषाध्यक्षमा राजन शर्मा पौडेल चयन भएका छन् । यस्तै सदस्यहरूमा जीवलाल न्यौपाने, शोभा सर्मा, कृष्ण श्रेष्ठ, बाबुराम पौडेल, श्रवण बराई, ओम प्रसाद थारु, दिपा भट्राई, कृष्ण आले र सन्तोष थापा रहेका छन् ।