ट्रेंडिंग:

>> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा

रूपन्देहीमा मल अभाव

१६ कार्तिक २०७५, शुक्रबार
१६ कार्तिक २०७५, शुक्रबार

तराईको दोस्रो प्रमुख बालीको रूपमा रहेको गहुँ खेतीको समयमा मलको अभाव हुँदा कृषकहरू आक्रोशित भएका छन् । मलकै लागि रूपन्देहीको धकधई, मर्चवार, सुर्यपुरा लगायतका क्षेत्रमा कृषकहरू लामो लाईन बसे पनि मल पाएका छैनन् । उनीहरूले कृषि सामाग्री कम्पनीले फर्जी सहकारी संस्थाहरूको सहयोगमा मलको कालोबजारी बढाएको समेत आरोप लगाएका छन ।
अहिले गाउँमा मल नपाईए पनि शहरी क्षेत्रमा तोकिएको मूल्य भन्दा बढी मूल्य लिई मलको कालोबजारी गरि रहेको कृषकहरूको भनाई छ । गहुँ मात्र हैन अहिले आलु, तोरी लगायत बिभिन्न दलहन लगाउने समय हो कृषि सामग्री कम्पनीले कम्तिमा तत्कालको लागी दलहन लगाउन भए पनि मल उपलब्ध गराउन मर्चवारका कृषकहरूले माग गरेका छन । अन्न भण्डार मानिने रूपन्देहीको दक्षिण क्षेत्र मर्चवारमा खेतीको लागी मल समेत नपाउदा किसानहरू आक्रोशित भएका छन ।
मलको समस्या समाधानको लागी मर्चवारका ४ वटै गाउँपालिका अध्यक्ष सहित बिभिन्न सहकारीका प्रतिनिधिहरू कृषि सामग्री कम्पनीमा डेलिगेशन गएका थिए ।
सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)को अगुवाईमा मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँ, कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादव, मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरी, मर्चवारका अगुवा जगन्नाथ कुर्मि, अशोक कुमार तिवारीको समूह किसानहरूको समस्यालाई लिएर कृषि सामग्री कम्पनीमा डेलिगेशन गएका हुन ।
अन्य क्षेत्रको तुलनामा मर्चवारमा कृषि योग्य जग्गा बढी भए पनि मर्चवारले अन्य ठाउ भन्दा कम मल पाएको गुनासो कृषकहरूको थियो । कम्पनीले बितरण गर्ने मल अन्य स्थानको तुलनामा मर्चवारमा बढी पठाउनु पर्ने उनीहरूको तर्क थियो । तुलनात्मक रूपमा मर्चवारमा सहकारीको संख्या कम छ । “कुनै कुनै वडामा त सहकारी नै छैन, त्यहाका किसानले मल नै नपाउने ?” सम्मरीमाई–६ का कृषक अशोक कुमार तिवारीले भने । “शहरी क्षेत्रमा खेती योग्य जग्गा छैन तर सहकारी बढी छ त्यहा कम मलको भए पुग्ने ठाउमा कम्पनीले त्यही बढी मल दिन्छ,” तिवारीले भने ।
सातामा ६० बोरा मलले मर्चवारका कृषकलाई केही नहुने भएकोले यसलाई वार्ताबाट बढाईएको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) ले बताए । उनले तत्कालको लागी मर्चवारका प्रत्येक सहकारीलाई ९० बोराका दरले मल उपलब्ध गराउन कम्पनी तयार भएको बताए । यस पछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा सर्वपक्षिय बैठक बसी समानुपातिक रूपमा मल बितरणको ब्यवस्था मिलाउन पहल गरिने शुक्लाले बताए ।
यता कृषि सामग्री कम्पनी लिमिटेडका क्षेत्रिय प्रबन्धक राजेन्द्र कुमार कार्कीले कम्पनीमा नै मलको अभाव रहेको बताए । उनले यो सिजनको लागि १७ हजार ५ सय टन मात्र डिएपी मल आएको बताए । क्षेत्रिय कार्यालयको कार्यक्षेत्र ठूलो भएको हँुदा यसलाई सबै जिल्लामा बाँडनु पर्ने भएकोले माग जति दिन नसकेको उनको भनाई छ । सहकारीको तथ्यांक आफूहरुसँग नभएकोले नियमानुसार आउने सहकारीलाई मल उपलब्ध गराएको बताए ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?