ट्रेंडिंग:

>> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
प्रमुख समाचार

प्रदेश राजधानीको नाकाः सडक बन्यो, भन्सार खुलेन

सडकको अभावका कारण ओझेलमा परेको कोइलबास सडकको विकाससँगै फेरि उठ्ने प्रयास भएपनि एकतर्फी भन्सारले सुस्ताएको छ । सुस्ताएको कोइलबासलाई चहलपहल ल्याउन दाङका संघीय तथा प्रदेश सांसदहरू बारम्बार प्रयास गरे तर सफल हुन सकेन । भन्सार नखुल्दा पलाएको आशा निरासामा बदलिएको स्थानीयबासीहरू बताउँछन् ।
१९ माघ २०७९, बिहीबार
१९ माघ २०७९, बिहीबार

लमही,  माघ । बर्षौंदेखि खण्डहर बनेको लमही कोइलाबास सडक स्तरवृद्धी सहित फोरलेन मापदण्ड बमोजिम हुलाकी राजमार्गको रूपमा निर्माण सम्पन्न भएको लामो समयसम्म पनि भारतले भन्सार सुचारु नगरिदिँदा कोइलाबास फेरी ओझेलमा परेको छ ।
सडकको अभावका कारण ओझेलमा परेको कोइलबास सडकको विकाससँगै फेरी उठ्ने प्रयास भइ पनि एकतर्फी भन्सारले सुस्ताएको छ । सुस्ताएको कोइलबासलाई चहलपहल ल्याउन दाङका संघीय तथा प्रदेश सांसदहरू बारम्वार प्रयास गरे तर सफल हुन नसक्दा पलाएको आशा निरासा भएको स्थानियवासीहरू बताउँछन । प्रदेश सांसद इन्द्रजित थारुले भन्सार सुचारु गराउन भारतीय पक्षसँग आग्रह गरेको बताए । उनले आफूले भन्सारलाई चलायमान बनाउन पहल गरिदिन प्रधानमन्त्री, अर्थमन्त्रीसँग समेत कुरा राखेको बताउँदै चाँडैने समस्या समाधन हुने बताए ।
सडक बनेको लामो समयपछि पनि भारतिय सरकारले भन्सार संचालन नगरेका कारण कोइलावास सुनसान वनेको गढवा गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष खालिम सिद्धिकाले बताउँछन । उनले दुवै पक्षको भन्सार सुचारु भए मात्र चहलपहल बढ्ने बताए । भन्सार सञ्चालनको लागि सकारात्मक पक्ष हो । यसभन्दा पहिले सामान आयात निर्यातको लागि कपिलवस्तुको भन्सार जानुपर्ने बाध्यता रहँदै आएको थियो ।
कोइलाबास नाकालाई आर्थिक गतिविधिसँग जोड्दै चल्ती नाकाको रूपमा विकास गर्नको लागि भन्सार कार्यालयको स्तरवृद्धि गरी सेवा सुबिधा थप्न आवश्यक रहेको देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेश्वर खनाल बताउँछन् । भन्सारमा हस्तलिखित हाते रसिदबाट राजश्व रसिद काट्ने गरेकोमा यसै आर्थिक वर्षदेखि अहिले अनलाइनबाटै बिल काट्ने प्रविधि शुरु भएको छ । कोइलाबास भन्सार कार्यालयका प्रमुख वसन्त रजौरेले अनलाइन बिलिङ शुरु गरेको जानकारी दिए । रजौरेका अनुसार अनलाइन बिलिङ शुरु गरे पनि इन्टरनेटको समस्या छ ।
अहिले बिस्तारै कोइलाबास भन्सारबाट पनि राजश्व संकलनमा वृद्धि हुने थालेको छ । अस्थायी पैठारी, भारतीय नागरिक नेपाल प्रवेश गर्दा सवारी चलाउने अनुमति कर लगायतको शीर्षकबाट आर्थिक वर्ष २०७८÷७९ मा १४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ४२ लाख राजस्व सङ्कलन भएको छ ।सडक…
राप्ती अञ्चलको मुख्यद्वार मानिने लमही देखि ३३ किलोमिटरको दुरीमा रहेको दाङको सबैभन्दा नजिक दुरीमा पर्ने नेपाल भारत सिमामा पर्ने कोइलावास तिन दशक वर्ष अघाडी नेपालकै दोस्रो ठूलो नाकाको रूपमा परिचित थियो । सडक निर्माण अभावसँगै दाङ जिल्लाबाट सम्बन्ध टुटे पनि त्यहाँका व्यपारीहरू दाङका अन्य वजार लमही, घोराही, तुल्सीपुर विस्थापित भएको कोइलवासका पुराना वासिन्दा तथा वरिष्ठ पत्रकार राधेश्याम गुप्ता बताउँछन । पत्रकार गुप्ता भन्छन म त्यहाँको गाउँपञ्चायतमा वडा सदस्य भएर काम गर्दा २०४५ सालमा दैनिक ४२ लाख सम्म भन्सारमा राजस्व संकलन भएछ को मलाइ जाकारी छ । तर बिस्तारै सुस्ताउदै अहिले ठप्प भएको अवश्था हो । दुवैतर्फ भन्सार सुचारु भएमा मात्र कोइलाबासमा चहलपहल हुन्छ त्यसका लागि नोपल सरकारले पहल थालेको छ उनले भने । उनी भन्छन–नुनदेखि सुन सम्म गाउँ गाउँमा पुगेको छ अब बस्ने बजार आवागमन, मालसामान ओसार पसारले पनि कोइलवास थप चहलपहल हुने वताए ।
राणाकालिन समयमा नेपालकै दोश्रो स्थानमा चम्किएको कोइलाबास पूर्व–पश्चिम राजमार्ग बनेसँगै खण्डहरमा परिणत भएको थियो । राप्ती अञ्चलका करिब सबैजसो जिल्ला र छिमेकी जिल्लाहरूको नून थलो रहेको कोइलाबास मालसामान निकासी पैठारीको केन्द्र पनि थियो । कोइलाबास जाँदा बाऊ बाजेहरले घिउ, टिमुर, खुँदो, अदुवाको सुठो र अदुवा बोकेर लैजाने र बिक्री गरेर नून, मट्टितेल,कपडा, तथा आवश्यक सरसामानहरू लिएर आउने प्रचलन थियो । स–साना गल्ली सहितको ब्यस्त बजार कोइलाबासमा त्यत्तिबेला संगै गएका साथीहरू आपसमा हात समाएर नहिडेमा घरमै फर्केपछि भेट हुन्थ्यो भन्ने बुढापाकाहरूको वास्तविक भनाई अहिले कथन जस्तै मानिन्छ । जताततै खण्डहर बन्दै गएको बस्ती अझै भरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?