ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

टर्कीपालक दाजुभाइलाई बजारको चिन्ता

१५ कार्तिक २०७५, बिहीबार
१५ कार्तिक २०७५, बिहीबार

गाउँघरमा बोइलर र कोइलर जातको कुखरापालन गर्ने होडबाजी नै छ । बोइलर फर्म संचालन नभएको गाउँ प्रायः भेटाउनै मुश्किल पर्छ । एउटै गाउँमा दर्जनबढी कुखराफर्म संचालन भएको समेत देखिन्छन् । देखासिकीले गर्दा बोइलर कुखुरा पाल्नेहरू गाउँमा दिनानुदिन बढ्दै गएको पाइएको छ । तर, यही भिडमा जिल्लाका जिसी दाजुभाईले टर्की भित्र्याएर जिल्लामा नौलो व्यवसायको थालनी गरेका छन् । उनीहरूले पालेको टर्की जिल्लाकै पहिलो हो । झिमरुक गाउँपालिका–७ तुषारा करिमारेका ३० वर्षिय अर्जुन जिसी र उनका २७ वर्षिय भाई भुपेन्द्र जिसीले थालेको व्यवसाय हेरेर सवै दंग पर्ने गरेका छन् । चितवन, काठमाण्डौँ लगाएत शहरमा पालिने टर्की जिल्लाको एउटा गाउँमा शुरु गरिएपछि धेरैले नयाँ व्यवसायको थालनी भएको प्रतिक्रिया दिएका छन् ।
बोइलर र लोकल कुखराको मासुभन्दा टर्कीको मासु स्वादिष्ट हुने भएपछि धेरैले रुचाउने गरेको जिसी दाजुभाईको अनुभव छ । चितवन र काठमाण्डौँबाट चल्ला खरिद गरी आफ्नै गाउँमा फर्म थालनी गरेको संचालक अर्जुन जिसीले जानकारी बताए । ‘जिल्लामा धेरैले बोइलर कुखुरा पालेका छन्’,उनले भने,‘यो जातको पंक्षी कसैले पालेका थिएनन् । गाउँमा धेरैले नयाँ भएको प्रतिक्रिया दिन्छन् ।’ वर्षदिन पालेपछि एउटै टर्की करिव १५ किलोभन्दा बढीको हुने उनले जानकारी गराए । तीनलाख रूपैयाँ लगानी गरेर फर्म थालेको उनले बताए । जिसीले शुरुमा एकसय वटा चल्ला राखेर फर्मको शुरुवात गरेका हुन् ।
पहिलो चरणमा राखिएका टर्की करिव सकिन थालेका छन् । जिल्लामा बजारको ग्यारेण्टी हुनसके यसैलाई थप बृहत संख्यामा चल्ला राखेर फर्म अघि बढाउने सोँचमा जिसी दाजुभाई छन् । ‘नियमित ग्राहक पाउने समस्या देखिन्छ’,जिसीले भने,‘गाउँमा धेरैले बोइलर नै खान्छन् । शहरमा पु¥याउन सडकको समस्या छ ।’ ज्यूदो प्रति किलो ६ सय ५० र काटेको ८ सय ५० रूपैयाँमा विक्री गर्दै आइरहेको जिसीले जानकारी गराए । गाउँमा विक्री गर्दा प्रतिकिलो ५० रूपैयाँ कम मूल्यमा दिने गर्छन् । एउटै टर्की खरिद गर्दा धेरै मूल्य पर्ने भएकाले एकै जनाले मात्र खरिद गर्ने ग्राहक थोरै संख्यामा हुने उनको अनुभव छ । स्थानीय सरकारले व्यवसायिक रूपमा लागेका किसानहरूको उत्पादनलाई बजारीकरणमा सहयोग गर्न उनले आग्रह समेत गरे । ढाँड–गोव्दी–तुषारा सडकदेखि उनको करिव डेढ किलोमिटर छेउँमा फर्म संचालनमा छ । सडक असुविधाले सामान ढुवानी गर्न गाह्रो भइरहेको उनले गुनासो गरे ।
बर्खाको समयमा ढाँडस्थित झिमरुक खोलामा पक्कीपुल नहुँदा मासु बजारसम्म पु¥याउनै मुश्किल हुने गरेको जिसीको दुःखेसो छ । ‘सवै मासु गाउँमा खपत हुँदैन्’,उनले भने,‘खोलो बढ्दा स्थानीय बजारमा पनि पु¥याउने स्थिती हुदैन् ।’ हाल उनले स्थानीय ढाँड, मच्छि बजारसहित बाग्दुला, विजुवार, खलंगा र भिंगृमा व्यक्तिगत सम्पर्कका आधारमा मासु विक्री गर्दै आएका छन् । टर्कीको चितवनमा नेपालकै ठूलो फर्म संचालनमा छ । त्यही फर्ममा पुगेर सिकेको ज्ञानलाई जिसीले गाउँमा उपयोग गरेका हुन् । अन्य मासुको तुलनामा थोरै रकम महंगो पर्ने भएपनि धेरै संख्यामा पाल्नसके मूल्यमा समायोजन गर्न सकिने उनको अनुभव छ । तर, बजारको ग्योरण्टी हुन नसक्दा उनलाई फर्ममा थप लगानी गर्नतर्फ दोधार भइरहेको छ । यत्तिकै संख्यामा फर्म संचालन गरी बजारको अवस्था बुझ्ने उनले सुनाए । जिसीका अनुसार टर्की ब्रोस्टेड जातको पंक्षी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?