© २०२३
कपिलवस्तु, माघ = कपिलवस्तुको तौलिहवा भैरहवा सडकखण्डको कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनिहवामा तिव्र गतिमा चल्ने सवारीको स्पिड मापन गर्न ट्राफिक प्रहरीले लिडार गनको प्रयोग गरेको छ । सो मार्गमा चल्ने सवारी साधनले तोकिएको स्पिड अनुसार सवारी साधान चलाएको वा नचलाएको मापन गर्नका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले लिडार गनको प्रयोग गरेको हो । सडकको किनारमा राखिएको गनले सडकमा गुड्ने सवारी साधनको स्पिड मापन गर्ने गर्दछ । ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यका साथ पुर्व पश्चिम राजमार्ग र हुलाकी सडकका बिभिन्न खण्डमा गनको प्रयाग गरि स्पिड मापन गर्ने ट्राफिक प्रहरी कार्यालयको योजना छ ।
सो गनको प्रयोग गर्नका लागी एक जना जनशक्ति र बढि स्पिडमा चल्ने सवारीलाई रोकेरे कारवाही गर्नका लागी आवश्यकता अनुसारको जनशक्ति चाहिने हुन्छ । तोकिएको स्पिडमा सवारी चलाउन तथा दुर्घटना न्युनिकरणमा सघाउ पुर्याउने उद्धेश्यका साथ बिभिन्न सडकखण्डमा लिडारगनको प्रयोग गरि स्पिड मापन गर्ने कार्य अगाडी बढाएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख ट्राफिक प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बिद्यालय र कलेजमा सचेतना कार्यक्रम, चन्द्रौटा कृष्णनगर औधोगिक कोरिडोरमा यात्रा गर्ने कामदार र श्रमिकको साईकलमा स्टिकर टास्ने, नम्बर प्लेट खुईलिएका सवारी साधनमा तत्कालै पेन्ट गरि नम्बर राख्ने, सार्वजनिक बिदामा चल्ने सवारी साधानलाई आवश्यक कारवाही गर्ने र मादक पदार्थ सेवन गरि सवारी साधान चलाउनेलाई कारवाही तथा सचेतना कक्षा सञ्चालन गर्दै आएको निरिक्षक तिमिल्सिनाले स्पष्ट पारे ।