ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

प्रदेशका ५ का बिषादी परीक्षण प्रगोगशाला ठप्प

१३ कार्तिक २०७५, मंगलवार
१३ कार्तिक २०७५, मंगलवार

सरकारको लापरबाहीका कारण फलफूल र तरकारीमा हुने बिषादीको मात्रा परीक्षण रोकिएको छ । बुटवल कृषि उपज तथा थोक बजार केन्द्र र नेपालगञ्जको रानी तलाउ सब्जी मण्डीमा स्थापना गरिएको बिषादी अबशेष द्रुत विश्लेषण इकाइमा बिषादी परीक्षण हुन छाडेको छ । इकाइमा कर्मचारीको व्यवस्थापन हुन नसक्दा परीक्षण रोकिएको हो । इकाइलाई प्रदेश अन्तर्गत कसरी राख्ने भन्ने बिषयमा टुङ्गो नलाग्दा भएका कर्मचारी पनि सरुवा माग्दै अर्को कार्यालयमा गइरहेका छन् भने इकाइमा नयाँ कर्मचारीको व्यवस्था हुन सकेको छैन ।
बुटवलको इकाइमा रहेका तीन कर्मचारीमध्ये दुई कर्मचारी बिदा र काज सरुवा भएपछि फलफूल र तरकारीको बिषादी परीक्षण ठप्प भएको छ । नेपालगञ्जमा पनि एक जना कर्मचारी सरुवा भएपछि परीक्षण हुन सकेको छैन । बुटवलमा गत आश्विन र नेपालगञ्जमा जेष्ठ महिनादेखि बिषादी परीक्षणको काम नभएको ती इकाइ कार्यालयहरूले जनाएका छन् ।
चार जनाको दरबन्दी रहेको बुटवल इकाइमा करारमा रहेका एक जनाको म्याद आषाढ मसान्तमा सकिएपछि आउन छाडेका छन् भने अर्का एक जना प्राविधिक सरुवा भई हिँडेका छन् । आश्विन २० गतेदेखि फलफूल र तरकारीको बिषादीको मात्रा परीक्षणको काम रोकिएको इकाइका प्राविधिक तथा बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले बताए । ‘एक जना कर्मचारी म्याद थपिएन, एक जना सरुवा भई जानु भो,’ खत्रीले भने–‘कर्मचारी नहँुदा परीक्षणको काम रोकिएको छ ।’ नेपालगञ्ज इकाइका बाली संरक्षण अधिकृत सकिल अहमले जेष्ठ महिनासम्म करारमा रहेका कर्मचारीको सहयोगमा परीक्षण भएपनि सेवा सुबिधा उपलब्ध गराउन नसक्दा ती कर्मचारीले छाडेसँगै काम पनि रोकिएको बताए ।
ती दुई बिषादी अबशेष द्रुत विश्लेषण इकाइमा उपकरण जडान कार्य, प्रयोगशाला स्थापनाका साथै कर्मचारीसमेत व्यवस्थापन गरि विगत एक बर्षदेखि बिषादीको मात्रा परीक्षण हुँदै आएको थियो । नेपाल सरकार कृषि मन्त्रालयले केन्द्रीय कार्यक्रम अनुसार तरकारी तथा फलफूलमा राखिने विषादीको मापन गर्न सबै प्रदेशमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला निर्माण गरेको थियो ।
कृषि मन्त्रालय, बाली संरक्षण निर्देशनालय र व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को संयुक्त लगानीमा विषादी परीक्षण केन्द्र निर्माण भएको हो । केन्द्रीय कार्यक्रम अनुसार सातैवटा प्रदेशमा परीक्षण केन्द्र निर्माण गरिएको छ । कुन कुन तरकारी तथा फलफूलमा के कती मात्रामा विषादीको दर देखियो भने खान नहुने या हुने भन्ने आधारमा इकाइले परीक्षण गर्ने गर्दछ । बढी बिषादी देखिएमा फलफूल, तरकारी नष्ट गर्ने र व्यापारी तथा किसानलाई निर्देशन दिँदै आएको छ । बुटवल इकाइका बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले चालु आर्थिक बर्षमा चार नमुनामा खान अयोग्य हुने गरी बिषादी भेटिएको जानकारी दिए । उनका अनुसार लौकाका दुई नमुना, भाण्टा र भेडे खुर्सानीको एक एक नमूनामा बिषादीको बढी मात्रा भेटिएको हो ।
केन्द्रिय कृषि प्रयोगशालाका बरिष्ठ बाली संरक्षण अधिकृत राजीवराज भण्डारीले उक्त इकाई प्रदेश अन्तर्गत कसरी राख्ने भन्ने बिषयमा छलफल भइरहेको बताए । प्रयोगशालालाई कसरी व्यवस्थित गर्ने भनी कर्मचारी दरबन्दी र बजेट समेत प्रस्ताब गरिएको उनको भनाइ छ । इकाइलाई प्रदेश या केन्द्र अन्तर्गत राख्ने भन्ने बिषयमा टुङ्गो छिट्टै लाग्ने र त्यसपछि यसको काममा प्रभावकारिता आउने भण्डारीले बताए ।
तस्वीरमाः बिषादी अबशेष द्रुत विश्लेषण इकाइ बुटवलका बाली संरक्षण अधिकृत रामबहादुर खत्री प्रयोगशाला देखाउँदै । तस्वीरः बुटवल टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?