ट्रेंडिंग:

>> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा

चौरासीफाँट अन्नको भण्डार

११ कार्तिक २०७५, आईतवार
११ कार्तिक २०७५, आईतवार

चौरासी फाँट गुल्मी जिल्लाकै सबैभन्दा ठूलो फाँटको रूपमा चिरपरिचित छ । वरदेखि परसम्म हेर्दा पनि आँखाले ठम्माउन मुस्किल पर्ने यो फाँट निकै लोभ लाग्दो देखिन्छ । अझ सुन जस्तै रंगमा खेतमा लहलह झुल्दै गरेको धानले साँच्चिकै जो कसैको पनि मन एकछिन बहलाई दिन्छ । हेरुँ हेरुँ लाग्ने यो फाँट कृषि उत्पादनको हिसाबले मात्र नभएर साँच्चिकै प्राकृतिक दृष्टिकोणले पनि निकै मनमोहक र अति सुन्दर देखिन्छ ।
ईस्मा गाउँपालिका–६ अन्तर्गत चौरासी क्षेत्रमा अवस्थित चौरासी फाँट जिल्लामा कृषि योग्य फाँट हो । यो फाँटमा वर्षेनी ३ सय मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने गर्दछ । धान खेतीका अतिरिक्त यहाँका किसानहरूले बषन्ते कमै र गहुँगरि वर्षमा तीनै बाली उत्पादन गर्दछन् । अन्य बालीको तुलनामा यहाँका किसानहरूले सबैभन्दा बढी धानवाली लगाउँदै आएका छन् । यहाँका किसानहरूले रामधान, खुमलटार, हंसराज, वास्मती लगायतका धानबाली लगाउने गर्दछन् । यस फाँटबाट उत्पादन हुने धान, कमै र गहुँ खेतीले गुल्मी जिल्लाको एक तिहाई जनसंख्यालाई खाद्यान्न पुराउन सकिने कृषिज्ञान केन्द्र गुल्मीका प्रमुख चक्रपाणी पन्थीले बताउँछन् ।
उर्भर तथा खेतीयोग्य जमिनलाई सिंचित गरि बढी भन्दा बढी कृषि उपजहरूको उत्पादन गरि किसानहरूलाई सहयोग पुराउने उद्देश्यले ईस्मा गाउँपालिकाले पनि कृषि क्षेत्रमा आवश्यक बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले बताए । उनले चौरासीफाँट ईस्मा गाउँपालीकाको मात्र नभई जिल्लाकै एउटा नमूना र ठूलो फाँट भएको भन्दै यसलाई बाँझो नराख्नका लागि पालीकाले आगामी दिनमा थप कृषि लक्षित कार्यक्रमहरू संचालन गर्ने सोंच राखेको बताए ।
चौरासीमा मकै जोन कार्यक्रम
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, मकै जोन गुल्मीले जिल्लाको इश्मा गाउँपालिका अन्तर्गत अमरपुरको चौरासीमा पोष्ट हार्भेष्ट सेन्टर अर्थात् बीउ प्रशोधन तथा भण्डार गृह निर्माण गरिदिएको छ । उक्त फाँटमा किसानहरूले बर्षेनी मकै उत्पादन गरि मकैको विज वृद्धि गर्दै आइरहेका छन् ।
परियोजनाको ३३ लाख अनुदान र स्थानीय दिपज्योति बहुउद्देश्यीय कृषक समूहको ६ लाख जनश्रमदान गरि ३९ लाख लागतमा विउ प्रशोधन तथा भण्डार गृह निर्माणगरि कृषक समूहलाई हस्तान्तरण गरिसकेको मकै जोन परियोजना प्रमुख कुल प्रसाद दवाडीले बताए । हस्तान्तरण गरिएको विऊ भण्डारण तथा प्रशोधनबाट परियोजनाले गुल्मी जिल्लामा गुणस्तरीय रूपमा विऊ प्रशोधन गरि बाहिरी जिल्लाहरूमा निर्यात गर्ने बताइएको छ । अमरपुरको चौरासिमा १६ हेक्टर जमिनमा अहिले किसानहरूले मकै खेती गर्दै आइरहेका छन् ।
‘सिंचाईको समस्या’
९९ हेक्टर क्षेत्रफलमा फैलिएको यो फाँटको मुख्य समस्या भनेको सिंचाईको पर्याप्त मात्रमा सुबिधा नहुनु हो । ठूलो फाँट र थोरै पानी अनि त्यसैमा पनि उपलब्ध भएको पानीको उचित व्यवस्थापन हुन नसक्दा यस भेगका किसानहरूले आसातित र मनग्य फाईदा लिन सकेका छैनन् । यसै फाँटको वरिपरि सिस्तुङ्ग, खर्बाङ्ग र जाब्लुङ्ग लगायतका फाँटहरू पनि छन् । उक्तफाँटमा सिंचाईका लागि कुलो मर्मत गर्न नसकेका कारण यस भेगका किसानहरूले समयमा खेती लगाउन सकेका छैनन् । पानीको पालो पर्खदा खेती लगाउने ढिलाइ भएका कारण उनीहरूले सिंचाईको पर्याप्त सुबिधाको लागि स्थानीयतहदेखि प्रदेश सरकार र संघीय सरकारसँग अपेक्षा गरेका छन् ।

चौरासी फाँटको सिंचाईका लागि हाल विद्यमान रहेका चारवटा कुलोहरू मर्मत गर्न सकेमा मात्र यस क्षेत्रका किसानहरूको मुख्य समस्या समाधान हुने स्थानीय कृषक कृष्ण घिमिरे बताउँछन् । लाखौं रकम उक्त कुलोहरू मर्मत गर्न लाग्ने भएका कारण यहाँका किसानहरूले यस क्षेत्रमा आउने जनप्रतिनिधिहरूलाई पटक पटक आफ्ना समस्याहरूको बारेमा बताएको पनि उनले सुनाए । नेताहरूले आश्वासन दिए पनि हालसम्म कतैबाट पनि कसैले बजेटको व्यवस्थापन नगरिदिएको प्रति त्यस क्षेत्रका किसानहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%