© २०२३
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर १ (साबिक तिर्तिखी गाबिस) लाई शत प्रतिशत भर्ना तथा बालविवाह मुक्त वडा घोषणा गरिएको छ । तोकिएका सुचकहरू पुरा भए सगै पुर्ण भर्ना र बालविवाह मुक्त घोषणा गरिएको आयोजकले जनाए । यशोधरा गाँउपालिका, लुम्बिनी एकिकृत बिकास संस्था र सेभ द चिल्ड्रेनको सहयोगमा सचेतना अभियान पश्चात वडालाई सो घोषणा गरिएको हो ।
अभियान सफल पार्नकै लागी गाँउपालिकाले वडामा बिशेष अभियान चलाएको गाँउपालिका प्रमुख गृजेश कुमार पाण्डेयले बताए । १ सय २९ बालिका र १ सय ८४ बालक गरि कुल ३ सय १३ बालबालिकालाई अभियान अन्र्तगत बिद्यालय भर्ना गरि ५ देखि १२ बर्ष उमेर समुहका १ हजार ६८ बालबालिका बिद्यालय जान थाले पछि वडालाई शत प्रतिशत भर्ना वडा घोषणा गर्न थालिएको पाण्डेयले तथ्याङ्क प्रस्तुत गरे । बि.सं. २०७१ मा ५७ प्रतिशत बालबिवाह २०७३ मा ५० प्रतिशत रहेकोमा २०७४ मा भने ५ प्रतिशतमा झरेको उनले जनाए । चालु आर्थिक बर्षमा वडामा बालविवाह नभएको दाबी गर्दै बालबिवाह न्यूनीकरणमा समुदाय सचेत भएसँगै वडालाई बालविवाह मुक्त घोषणा गर्न थालिएको उनले जनाए ।
“घोषणा पश्चातका सचेतना र अन्य कार्यक्रमका लागी गाउँपालिका संवेदनशील रहने छ । अन्य वडामा समेत अभियानलाई निरन्तरता दिने छौ ।” प्रमुख पाण्डेयले भने । बालविवाह मुक्त र शत प्रतिशत भर्ना घोषणा गरिएको वडामा थप सचेतना प्रवाह गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता थियो । आफूहरूले चलाएको अभियानले मुर्त रूपमा लिएकोमा खुसी प्रकट गर्दै वडा अध्यक्ष शिवपुजन पासीले वडालाई शत प्रतिशत भर्ना तथा बालविवाह मुक्त वडा भएको तथ्य प्रस्तुत गर्दै घोषणा गरे । घोषणा सभालाई सम्बोधन गर्दै वडा अध्यक्ष पासीले सबैको सहयोग र सहकार्यमा अभियान सफल भएको बताए । सो अवसरमा कार्यक्रममा सहभागी र स्थानीयले शत प्रतिशत भर्ना तथा बालविवाह मुक्त वडा घोषणाको ब्यानरमा लिखित प्रतिबद्धता जनाएका थिए । बालबालिकाको शिक्षामा लगानी गर्न सके देशको बिकासलाई सहयोग पुग्ने प्रतिनिधीसभाका सांसद अतहर कमालले बताए । उनले बालबालिका लाई शिक्षाको अधिकार प्रदान गर्नुका साथै बालबिवाहका जोखिमबारे समयमै सचेत गराएर बालविवाह न्यूनीकरणमा भूमिका खेल्न सकिने बताए ।
कपिलवस्तु जिल्लामा बालविवाहको क्रम अझै पनि रहेकाले कार्ययोजना सहित अगाडी बढनु पर्नेमा जिल्ला समन्वय समिती उपप्रमुख तारावती चौधरीले जोड दिईन । बिद्यालय भर्ना भएका बालबालिकालाई बिद्यालयमा टिकाई राख्नका लागी सबै पक्षले सरोकार राख्नु पर्ने उनको सुझाव थियो । २० बर्ष मुनीको बिवाहलाई कानुनले नै बर्जित गरेको जनाउदै कानुन कार्यान्वयन सगै सचेतना प्रवाह गरि बालविवाह रोक्न भुमिका खेल्नु पर्ने सहायक प्रजिअ रामेश्वर अर्यालले सुझाव दिए ।
स्थानिय तहले बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयमा आउने बातावरण बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिदै नमुना कार्यलाई अन्य वडाले समेत सिको गरेर अगाडी बढनु पर्ने उनको सुझाव थियो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख बाबुराम भट्टराई, सेभ द चिल्ड्रेनका प्रतिनिधी, समाजसेवी लगायतले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सो वडाले शत प्रतिशत भर्ना र बालविवाह मुक्त वडा घोषणा गर्नु उदाहरणीय रहेको बताउँदै अन्य वडाले समेत सो अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए । à