ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

भेरी अस्पतालमा इनडोर ब्लक

१० कार्तिक २०७५, शनिबार
१० कार्तिक २०७५, शनिबार

भेरी अञ्चल अस्पताल नेपालगन्जमा विरामीहरूका लागि इन्डोर ब्लक निर्माण हुने भएको छ । सहरी विकास मन्त्री राईको पहलमा स्वास्थ्य मन्त्रालयलाई इन्डोर ब्लक निर्माणका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो ।
यो आर्थिक बर्षमा बजेट विनियोजन नभएता पनि सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईको विशेष पहलमा जिम्मेवारी सम्हालेसँगै इन्डोर ब्लक निर्माणका लागि निरन्तर पहलकदमी लिँदै आएका थिए । मन्त्री राईले संसदीय चुनावमा भेरी अञ्चल अस्पताललाई ५ सय शैयाको सुबिधासम्पन्न अस्पताल बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
स्वास्थ्य मन्त्रालयले असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमति माग गरेको थियो ।
सोही बमोजिम कार्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयबाट इन्डोर ब्लक निर्माण कार्य अघि बढाउन अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो । २८ परिवार क्षमताको आवास गृह बनाउने सन्दर्भमा भने अर्थ मन्त्रालयले तत्काललाई श्रोत अपर्याप्त रहेको भन्दै सहमति प्रदान गर्न नसकिएको जनाएको छ ।
सहरी विकास मन्त्री राईको पहलमा यसअघि भेरी अञ्चल अस्पतालमा क्याथ ल्याब (मुटु रोग सम्बन्धी) निर्माणार्थ अर्थ मन्त्रालयले डेढ करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । सहरी विकास मन्त्रीको जिम्मेवारी पाए लगत्तै राईले भेरी अञ्चल अस्पतालको स्तरबृद्धिका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
संघीय समाजवादी फोरम नेपालबाट सरकारमा सहभागि मन्त्री राईले आफ्नै पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरिरहेको स्वास्थ्य मन्त्रालयमार्फत भेरी अञ्चल अस्पतालको
स्तरोन्नतीका लागि अग्रसरता देखाएका छन् । इन्डोर ब्लक निर्माणमा अर्थ मन्त्रालयले सहमति जनाएको सन्दर्भमा प्रतिक्रिया दिँदै सहरी विकास मन्त्री राईले भेरी अञ्चल अस्पतालको स्तरबृद्धिका लागि आफू निरन्तर प्रयत्नरत रहेको बताए । मन्त्री राईले भने, ‘भेरी अञ्चल अस्पतालको स्तरबृद्धि गर्दै ५ सय शैयाको बनाउन पहल भईरहेको छ । चाँडै नै भेरी अञ्चल अस्पताललाई अत्याधुनिक सुविधायुक्त बनाउन मेरो पहल जारी रहने छ ।’
भेरी अञ्चल अस्पतालमा स्वास्थ्यकर्मीहरूका लागि आवासीय भवन र बिरामीहरूका लागि ईन्डोर भवन बनाउन १२ बर्षअघि देखि पहल भईरहेको भएपनि सार्थक हुन सकेको थिएन । भेरी अञ्चल अस्पतालमा हाल १ सय ५० शैया रहेको मेडिकल सुपेरिटेन्डेन्ट रूपानन्द अधिकारीले
जानकारी दिए । विरामीको चाप अनुसार इन्डोर ब्लकको आवश्यकता टड्कारो देखिएको अस्पतालका डक्टरहरूको भनाई छ । मेडिकल सुपेरिटेन्डेन्ट अधिकारीले हाल चिकित्सकहरूको आवास रहेको १, २ र ३ नम्बर व्लकमा विरामीहरूका लागि ईन्डोर ब्लक बनाउने योजना रहेको जानकारी दिए ।à

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?