ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

यसरी नाचियो बुटवलमा सरायँ नाच (फोटो फिचर)

७ कार्तिक २०७५, बुधबार
७ कार्तिक २०७५, बुधबार

पश्चिम नेपालको गुल्मी, अर्घाखाँची जिल्लामा लोकप्रिय रहेको सरायँ नाच रुपन्देहीको बुटवलमा पनि नाँचिएको छ । खागरी , गुल्मी, पाल्पा, अर्घाखाँची , प्युठान र स्याङ्जाबाट बसाईसराई गरी आएका विभिन्न व्याक्तिहरुको सहभागीतामा बुटवल–१२ देवीनगरमा सरायँ नाच नाचिएको छ । नवदुर्गा मन्दिर समितिको अगुवाईमा आयोजना गरिएको सरायँ नाचमा सयौंको संख्यामा वृद्ध वृद्धा, महिला,युवाहरुको सहभागीता रहेको थियो ।
नवदुर्गा मन्दिर समितिका अध्यक्ष अर्जुन कुँवरले विगत लामो समय देखि पहाडी जिल्लाहरुमा नाच्दै आइएको नाँच लाई सहरमा पनि निरन्तरता दिनको लागि सरायँ नाच नाचिएको जानकारी दिए । उनका अनुसार वि.स. २०६७ साल देखि निरन्तर रुपमा दशैंको पुर्णीमाको दिन यस्तो सराजय नाँच नाच्दै आइएको छ । उनी भन्छन्–‘पहाडमा रहेको सस्कृतीलाई जोगाउनको लागि यहाँ हामीले सरायँ नाच प्रर्दशन गरिएको हो । ’

हातमा खुडा, तरबार लगायतका विभिन्न हजियारहा सु सुज्वजित युवा, पाका, महिला तथा वृद्ध वृद्धाहरुले वाख्खै, वाख्खैको तालमा सराय नाँच नाचेका थिए । विगत २०६७ साल देखि देवीनगरमा पुर्णीमाको दिन सराय नाँच प्रर्दशन गर्दैै आएका अगुवा कुल बहादुर जिसीका गुल्मीको पिपलधाराका स्थानिय अगुवाहरुले त्यहाँ प्रर्दशन गरिदै आएको भगवती मन्दिरबाट खुडा, तरबार लगायतका देवी भवतीको प्रतिष्ठा ल्याएर यहाँ सरायँको सुरुवात गरिएको थियो । यस्तै गुल्मी जन्मघर भई हाल बुटवलमा बस्दै आएका अगुवा कुल बहादुर केसीका अनुसार सामुहिक एकता, आपसी भाईचारा कायम गर्र्दै सस्कृतीको जर्गेनाको लागि यस्तो प्रकृतिको सरायँ नाँच प्रर्दशन गरिदै आएको हो । विगत ८ बर्ष देखि देवीनगरमा निरन्तर रुपमा पुर्णीमाका दिन सरायँ नाच नाचिदै आएको मा यसलाई अझ परिस्कृत रुपमा आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने उनको भनाई रहेको छ ।

हतियार प्रदर्शन गर्दे नाचिने भएकोले युद्धसँग पनि जोडिएको छ । तर पछिल्लो समयमा सार्वजनिक स्थानमा हतियार प्रर्दशनमा रोक लगाइएको कारण कृत्रिम काठको खुँडा तथा खुकुरी बनाएर सरायँ नाच नाचिएको नवदुर्गा मन्दिर समितिका अध्यक्ष अर्जुन कुँवरको भनाई रहेको छ । दशैको टिकाकै दिनदेखि पहाडी जिल्लाका शक्तिपीठ तथा कोटहरुमा सराय नाच नाच्ने गरिन्छ । सरायँ नाच गुल्मी र अर्घाखाँचीमा बढी प्रचलित छ । तीमध्ये अधिकांश कोटहरुमा पूर्णिमाका दिन सराय नाच भइरहेको छ । अर्घाखाँचीको अर्घा, ढाकावाङ्ग , धारापानी, गोखुङ्गा, सिमेदेउराली, सन्धिखर्क, खाँची, नुवाकोट, यस्तै गुल्मीको ईस्मा, दरबार, धुर्कोट, नयाँ गाउँमा पनि यो नाच नाच्ने गरिन्छ ।
बुटवलको देवीनगर, कपिलवस्तु, पाल्पा, प्युठानका विभिन्न दुर्गा मन्दिर तथा शक्ति पीठहरुमा तरबार खुँडा र हतियार लिएर पञ्चेबाजाको तालमा नाचिने नाचमा देवीको प्रतिक आलमलाई समेत लिएर नाचिन्छ ।
सराय नाच मैलिक नाच हो । बाइसेचौबिसे राज्यकालमा कर्णलीमा खस राजाहरुले युद्ध जितेपछि देवीको पुजाआजा गर्दे अन्र्तमा हतियारसहित उत्सव मनाएर आत्मीयता साट्ने शान्तिको कामना गर्ने गरेको इतिहास रहेको बताईन्छ ।
खासगरी हतियारहरु हातमा लिएर वाख्यै वाख्यै गर्दै नाचिने भएकोले यसलाई खड्ग जात्रा पनि भनिएको हो । सरायको अर्थ चुचरो आर्थात् डाँडा माथिको समथर भाग भन्ने बुझिन्छ । चुचुरो आर्थत् डाँडामाथि कोतमा शक्ति पिठका मन्दिर हुने र ऐतिहासिक हातहतियार भण्डार पनि कोतको मन्दिरमा हुने हुँदा नजिकै रहेको सरायमा विजयउत्सवको नाच खेलिने परम्परा रहेकाले यस नाचलाई सराय नाच भन्ने गरिएको बुढापाकाहरु बताउँछन् ।
तरबार खुँडा र हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुसी हुने विश्वास छ । देवीले महिसासुर र शुम्भको बध गरेको दिन विजया दशमीको दिनदेखि नाचिने यो नाच खुसीयालीमा नाच्न थालिएको पनि बताईन्छ ।
हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न सराय नाच नाच्ने गरिन्छ । बडा दशैको अवसरमा पहाडी जिल्लामा हुने प्रचलित सराय नाच शहरमा समेत हुन थालेको छ । पहाडी जिल्लाबाट बसाईसरी तराई झरेकाहरुले संस्कृतिको जगेर्नाका लागि शहरमा समेत सराय नाच नाच्ने गरेका छन् । बुटवलका जीतगढीमा चार वर्षअघिदेखि शुरु भएको सरायँ नाचलाई यो वर्ष पनि निरन्तरता दिइएको थियो ।

यो पनि पढ्नुहोस् ।

आज दशैंको अन्तिम दिन, महालक्ष्मीको पूजा आराधना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?