ट्रेंडिंग:

>> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा

बिना भन्सार खसीबोका तस्करी

२३ आश्विन २०७५, मंगलवार
२३ आश्विन २०७५, मंगलवार

बाँके जिल्लाको जमुनाह नाकामा खसीको तस्करी हुन थालेको छ । दशैं तिहारको बेलामा सबैभन्दा बढि खपत हुने खसी तस्करहरूले बिना भन्सार नेपालगन्ज भित्र्याउने गरेको पाइएको हो ।
बिना भन्सार भित्र्याईएको नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर–९ बाँके गाउँबाट वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले १६ खसी बोका नियन्त्रणमा लिइएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले खसीसँगै अण्डा ५६ क्यारेट समेत नियन्त्रणमा लिइएको जानकारी दिए । यस्तै कोरियनपुरबाट अवैधरूपमा भारतबाट साइकलमा नेपाल ल्याउँदै गरेको अवस्थामा ९४ वटा ब्रोइलर र ३ वटा साइकल नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको खसी सहितलाई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन नेपालगञ्जमा बुझाइएको इन्चार्ज प्रहरी निरिक्षक डाँगीले बताए । चाडपर्वका समयमा बिना भन्सारका खसीबोका भित्रिन सक्ने भन्दै प्रहरीले निगरानी बढाएको छ ।
दशैं र तिहार जस्ता चाडपर्वका समयमा खसीका लागि भारतमै निर्भर बन्नुपर्ने अवस्था रहेको छ ।
नेपालगन्जमा मात्र नभई देशैभरी भारतमा पालिएका खसीको मासु धेरै प्रयोग हुने गरेको पाइएको छ । सबैका लागि नभई नहुने यही खसीको मासुका लागि भने भारतमै निर्भर हुनुपर्ने अवस्था रहेको नेपालगन्ज मासु व्यवसायी संघका अध्यक्ष भरत महत्तोले जानकारी दिए । नेपालगन्जका सामान्यतया नेपालगन्जमा खसी, कुखुरा, रांगा, बंगुरको मासु धेरै रुचाएको पाईन्छ । यस बाहेक हाँस लगायतको मासु पनि रुचाएको पाईन्छ । बाँकी अन्य कुरा छिटफुट मात्र हो । नेपालगन्जमा कुखुरा स्थानीय नै ल्याइन्छ । ‘खसी भने भारतकै भर पर्नुपर्ने अवस्था छ । त्यहाँबाट खसी नआउने हो भने अभाव सिर्जना हुन्छ भन्दा फरक पर्दैन ।’ महत्तोले भने,—‘दशैं र तिहार जस्ता पर्वमा दोब्बरले मासुको खपत हुने भएकाले भारतबाट खसी आयातको मात्रा पनि त्यसरी नै बढ्ने गरेको छ ।’ नेपालगन्जमा आउने त्यस्ता खसी देशका बिभिन्न भागमा सप्लाई पनि हुन्छ । ‘मैले यसपाली च्यांग्रा पनि ल्याउने की भन्ने सोचिरहेको छु । हेरौं के हुन्छ ?’— महत्तोले भने ।
मासुको बिक्री बितरणमा नेपालगन्ज मासु व्यवसायी संघले अत्यन्त होसियारी अपनाएको दाबी
गरेको छ । सरसफाई र गुणस्तरमा हरेक व्यवसायीले ध्यान दिएको पाईएको महत्तोले बताए । बाणिज्य कार्यालय नेपालगन्जका निमित्त प्रमुख कृष्ण पौडेलले पहिलाको भन्दा अहिले धेरै सुधार आएको बताए । उनले अझ सुधार गर्न बाँकी रहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?