© २०२३
राष्ट्रिय महŒवको योजनाको रूपमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको पहिलो चरण करिब अन्तिम चरणमा पुगेको छ । बुटवल–१० रामनगरमा रहेको ‘बुटवल मण्डप’ भित्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणाधीन अवस्थामा रहेको छ । २०७१ साल माघ १५ गते निर्माण कम्पनी रविना समानन्तर चन्द्रसुर्य जे.वि कम्पनीले बुटवल सभा हलको ठेक्का सम्झौता गरी काम भइरहेको पहिलो फेज अन्तर्गतको काम अबको करिब ४ महिनामा सम्पन्न हुने र दोस्रो चरणको कार्य सुभारम्भ हुने बुटवल सभाहल निर्माण एकाई कार्यालय बुटवलका प्रमुख सिखर लामाले जानकारी दिए ।
उनका अनुसार साढे २३ करोडको लागतमा पहिलो फेजको काम अहिले भइरहेको छ । पहिलो चरणमा एउटा ११ सय १४ जना अटाउने मुख्य सम्मेलन हल, त्यसैगरी ५०/५० र १/१ सय अटाउने अन्य ४ वटा हल गरी जम्मा ५ वटा विभिन्न प्रयोजनका हल निर्माण हुनेछ ।
कुल ११.०२५ हेक्टर अर्थात (११०२५० स्वकार मिटर) क्षेत्रफलमा रहेको स्थानमा कुल ५७.७६ प्रतिशत आर्थत ६७,५७७.५० मिटर स्क्वार क्षेत्रफलमा निर्माण कार्य हुने छ । सबै निर्माण प्रक्रिया पुरा गर्नको लागि करिव ३ अरव रूपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना ईकाई कार्यालयका अनुसार यस भन्दा पहिला भवन निर्माण विभाग अन्तर्गतको डिभिजन कार्यालय बुटवलले आफ्नो मातहतमा कार्य गर्दै आएकोमा आर्थिक बर्ष २०७४÷०७५ मा बुटवल सभाहल निर्माण एकाई कार्यालयको मातहतमा आएको हो । वि.सं. २०७१ मंसिर २८ गते सभाहल निर्माणको कार्य सुरु गरिएको थियो । अहिले ६ सय ८० सिटको सभाहल निर्माण कार्य जारी रहेको छ । जसमा ५० सिटको मिटिङ्ग हल, भिभिआईपी कक्षलगायतका विभिन्न पूर्वाधारहरू को निर्माण हुने छन् ।
तल्लो फोलरमा ६ सय ८० र बालकोनीमा कुल ४ सय ३४ गरी कुल १ हजार १ सय १४ सिटको सभाहल निर्माणाधीन अवस्थमा रहेको हो ।
त्यस्तै दोस्रो फेजमा चन्द्रमा आकारको निर्माण प्रक्रिया सुरु भएको छ । ८० करोडको लागतमा निर्माण हुने चन्द्रमा फेजको निर्माण ठेक्का आशिस निर्माण सेवाले पाएको छ । त्यसपछि तेस्रो फेजमा बुटवल प्रर्दशनी केन्द्र निर्माण हुने छ । हाल सम्मेलन केन्द्र, र प्रर्दशनी स्थालको एकै पटक वातावरणीय प्रभाव मुल्यांकनको कार्य जारी रहेको छ । जसको लागि लुम्बिनी ईन्भारमेन्टल सर्भिसेज प्रा.लिले बातावरण मुल्याङ्कनको प्रभाव पहिचान गरी त्यसको मुल्याङकनका आधारमा ईआईएको प्रारम्भिक प्रतिबेदन तयार गरेको हो । जसलाई अवको जेठ महिना सम्म मा सबै प्रक्रिया पुरा गरी मन्त्रालयमा पेस गरिने छ । जसमा कुल ५ सय २५ वटा रुख कटान गर्नुपर्ने अवस्था रहेको छ । लुम्बिनी ईन्भारमेन्टल सर्भिसेज प्रा.लि का प्रबन्ध निर्देक(एमडि) तेज कुमार श्रेष्ठका अनुसार यस भन्दा पहिला काटिएका १ सय २५ र आवको भौतिक संरचना निर्माणको लागि कुल ५ सय २५ गरी कुल ६ सय २५ वटा रुख कटान गर्नुपर्ने अवस्था रहेको छ ।
परामर्स दाता लुम्बिनी ईन्भारमेन्टल सर्भिसेज प्रा.लि का प्रोजेक्ट डाईरेक्टर अनिश पराजुलीका अनुसार अनुसार दोस्रो चरणको कार्य सम्पन्न गर्नको लागि ८० करोड र पहिलो चरणको ३२ करोड गरी १ अरव १२ करोडको लागतमा सभाहल निर्माण हुने छ । यस्तै छुट्टै प्रर्दशनी केन्द्रको लगि थप ६.४ हेक्टर क्षेत्रफल मा ३ वटा जोन निर्माण गरिने भएको हो । यसमा चिल्डेन्स पार्क, पार्किङ्ग, प्रर्दशनी केन्द्र लगायतका रहेका छन् । बीचमा ८ मिटरको बाटोमा निर्माण हुने छ । भिआईपीको लागि छुट्टै द्वार निर्माण हुने भएको छ भने पार्किङ्गमा ५ सय वटा कार पार्किङ्ग गर्न सकिने र थप ६ सय साना मोटरसाईकल पार्किङ्ग गर्न सकिने पार्किङ्गको व्यवस्था गरिने छ ।
लुम्बिनी ईन्भारमेन्टल सर्भिसेज प्रा.लिले अहिले स्थानिय सरोकारवाला निकाय संग छलफल गरेको छ । पहिला नै गर्नुपर्ने प्रारम्भीक वातावरण मुल्यांकन (ईआईए) मन्त्रिपरिषद् बाट पछि गरेर प्रक्रियामा जाने गरी स्वकृत भएर तत्कालिन अवस्थमा १ सय २५ वटा रुख कटान गरिएको थियो । अहिले ति रुख र पछि अव काटिने रुख गरी कुल ६ सय ५० रुख कटान हुने छन् । जसको लागि एक रुख कटान बराबर १० वटा बिरुवा रोप्नको लागि कराहीया सामुदायिक वन र रामनगर सामुदायि वनमा सम्झौता भैसकेको जनाइएको छ । यसको अलवा निर्माण स्थलमा सौन्दर्यकरणका विभिन्न विरुवाहरू समेत रोपनी छ ।
प्रत्येक बर्ष विभिन्न मेला महोत्सव आयोजना हुँदा करिव १ करोड रूपैयाँ खर्च भैरहेको पाइएको छ र सोही अनुसार अस्थायी संरचनामा लाखौ रूपैयाँ खर्च भैरहेको अवस्था स्थायी संरचना निर्माण भएपछि यस क्षेत्रमा मेला महोत्सव, सभा समारोह गर्नेहरूको लागि सहज हुने छ । यद्यपी यसको लागि अझै केही बर्ष भेन पक्कै लाग्ने छ ।