ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना
फ्रन्टपेज

कृषिको जमिनमा नगरको ‘बलमिच्याई’

आफ्नो जग्गामा भौतिक संरचना निर्माण गरेको विषयमा आफुहरुले जिल्ला प्रशासन कार्यालय रोल्पा र कृषि मन्त्रालयमा जानकारी गराएको कृषि ज्ञान केन्द्र रोल्पाले जनाएको छ । रोल्पा नगरपालिकाले कृषि ज्ञान केन्द्र रोल्पाको हकभोग भएको जग्गामा भौतिक संरचना निर्माण गरि मासिक भाडा समेत असुल्ने गरेको छ ।
२७ पुष २०७९, बुधबार
२७ पुष २०७९, बुधबार

रोल्पा  पुष- रोल्पा नगरपालिकाले अर्काको सम्पत्तीमा वलमिच्याई गरि कव्जा गरेको छ । जिल्लाका कृषि ज्ञान केन्द्रको जग्गा तथा भेटनरी अस्पताल तथा पशु विज्ञ सेवाकेन्द्र र कर्मचारी मिलन केन्द्रको भवन जवरजस्ती कव्जा गरेर स्थानीय सरकारको नाममा उसले बलमिच्याई गरेको हो ।
रोल्पा नगरपालिकाले कृषि ज्ञान केन्द्र रोल्पाको हकभोग भएको जग्गामा भौतिक संरचना निर्माण गरि मासिक भाडा समेत असुल्ने गरेको छ । उसले २०७५ सालमा उक्त संरचना निर्माण गरि त्यस यता मासिक रुपमा भाडा असुल्दै आएको हो ।
रोल्पा नगरपालिकाले रोल्पा सदरमुकाम लिवाङमा रहेका विभिन्न यातायात प्रालिहरुको टिकट काउन्टर प्रयोजनका लागी ती संरचना भाडामा दिएको छ । ६ कोठा रहेको उक्त संरचनावाट नगरपालिकाले प्रतिकोठा मासिक रु २ हजारका दरले भाडा उठाउदै आएको छ । नगरपालिकाले वनाएको सो संरचनामा हिमताल यातायात प्रा.लि, रोल्पा यातायात प्रालि, जलजला हिमाल यातायात प्रालि र पाण्डेश्वरी यातायात प्रालिले टिकट वुकिङ काउण्टर संचालन गर्दै आएका छन ।
आफ्नो जग्गामा भौतिक संरचना निर्माण गरेको विषयमा आफुहरुले जिल्ला प्रशासन कार्यालय रोल्पा र कृषि मन्त्रालयमा जानकारी गराएको कृषि ज्ञान केन्द्र रोल्पाले जनाएको छ । यस पूर्वका कार्यालय प्रमुखले आफ्नो जग्गामा जानकारी नै नदिएर संरचना वनाएको वारे संवन्धित निकायमा जानकारी गराएको कृषि ज्ञान केन्द्र रोल्पाका वरिष्ट कृषि विकास अधिकृत अरविन्द्रमणी त्रिपाठीले वताए । आफु केही महिना अघि मात्रै कार्यालय प्रमुख भएर रोल्पा आएको वताउदै संरचना निर्माण गर्दा नगरपालिकाले कृषि ज्ञान केन्द्र रोल्पा संग समन्वय गरेको कुनै डकुमेन्ट देखिदैन त्रिपाठीले भने ।
नगरपालिकाले कृषि ज्ञान केन्द्रकै हकभोगको अर्को जग्गामा समेत थप संरचना वनाएको छ । उसले मिलिजुली हाटवजारको नाममा उक्त संरचना निर्माण गरेको हो । नगरपालिका र लुम्विनी प्रदेश सरकारको लाखौ खर्चर निर्माण गरिएको उक्त संरचना प्रयोगमा समेत छैन ।
स्थानीय किसानले उत्पादन गरेको तरकारी, फलफुल र अन्य कृषि उत्पादन किसानले नै हाटबजार स्थल ल्याई बिक्री गर्न सहज होस् भन्ने उदेश्यले नगरपालिकाले सो संरचना निर्माण गरेको थियो । स्थानीय व्यापारी र कृषकहरुले हाटबजार स्थल अपाएक परेको भन्दै जान मानेनन भने नगरपालिकाले पनि हाट बजार स्थलको प्रोत्साहन गर्ने कुनै कोसिस गरेन । अहिले किसानले साँघुरो सडक छेउछेऊमा राखेर आफुले उत्पादन गरेका वस्तु विक्रि गर्दै आएका छन् । जसका कारण सवारी आवतजावतमा समस्या हुँदै आएको छ । दुई वर्ष अघि निर्माण भएको उक्त हाटबजार स्थल प्रयोगमा नआउँदा वर्षौ पुरानो जस्तो भएको छ ।
केही समय हाटवजारको रुपमा प्रयोग भएपनि लामो समय देखी वेवारिसे वनेको स्थानीय व्यापारी दयाराम डाँगको भनाई छ । सुनछहरी हाटवजारको नाममा सदरमुकाम लिवाङमै अर्को हाटवजारको आफ्नै जग्गा र भवन हुदा हुदै ठूलो धनरासी खर्चिएर अर्को संरचना वनाउन जरुरी थिएन डाँगीले भने । अर्कै कार्यालयको हकभोग भएको जग्गामा नगरपालिकाले जवरजस्ती उक्त संरचना वनाउनु वलमिच्याई हो डाँगीले भने ।
सो हाटवजार वेवारिसे वने संगै नगरपालिकाले लाज छोप्न कर्मचारी मिलन केन्द्रको कार्यालय रहेको भवनमा मिलिजुली हाट वजारको वस्तु विक्री स्थलको साईनवोर्ड झुण्ड्याएको छ । नगरपालिकाले कर्मचारी मिलन केन्द्रको भवन समेत हस्तक्षेप गरेको उक्त साईनवोर्ड झुण्ड्याएको हो । २०५३ सालमा स्थापना भएको रोल्पा कर्मचारी मिलन केन्द्रले सोही समय देखी उक्त भवनमा कार्यालय संचालन गर्दै आएको थियो । नगरपालिकाले कर्मचारी मिलन केन्द्रको पिढीलाई हाट वजारको वस्तु विक्री स्थल वनाएको छ ।
त्यसो त रोल्पा नगरपालिकाले भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र रोल्पाका २ वटा भवन र एउटा तालिम हल समेत हस्तक्षेप गरि प्रयोग गर्दै आएको छ । भेटनरी अस्पतालको उक्त भवनमा हाल दुई वटा कार्यालय संचालनमा छन । एउटै भवनमा दुई वटा कार्यालयको साईनवोर्ड झुण्याइएको छ ।
नव निर्मित प्रशासनिक भवनको ७ कोठा रोल्पा नगरपालिकाले र ५ कोठा भेटनरी अस्पताल तथा पशुसेवा केन्द्रले प्रयोग गर्दै आएका छन । भेटनरी अस्पतालको डेस्पेन्सरी भवनमा समेत नगरपालिकाले विभिन्न फाँट राखेको छ । पहिलो तला भेटनरी अस्पतालले डिस्पेनसरीको रुपमा प्रयोग गर्दै आएको छ भने दोश्रो तला नगरपालिकाले प्रयोग गर्दै आएको छ । भेटनरी अस्पतालले निर्माण गरेको तालिम हलमा समेत रोल्पा नगरपालिकाले कार्यालय संचालन गर्दै आएको भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रका एक कर्मचारीले वताए । आफुहरुलाई दैनिक कामकाज गर्न निकै कनिठाई भईरहेको ती कर्मचारीको भनाई छ । भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रका लागी भनेर वनेको भवनमा २ वटा कार्यालय संचालन गर्नु पर्दा कस्तो सेवा प्रवाह भैरहेको होला ती कर्मचारीले प्रश्न गरे ।
यस विषयमा दुवै कार्यालयका कर्मचारी र कर्मचारी मिलन केन्द्रका पदाधिकारीहरु खुलेर वोल्न नचाहे पनि स्थानीय भने स्थानीय सरकारको नाममा नगरपालिकाको व्यवहार प्रति सन्तुष्ट छैनन । उनीहरु नगरपालिको यस्तो यस्तो रवैयालाई उसको दम्भको रुपमा वुझेका छन । हरेक कार्यालयको आ आफ्नै महत्व र सीमा हुन्छ, स्थानीय सरकार भनेर अरुको हकभोगको जग्गा तथा भवनमा जवरजस्ती गर्नु उचित होईन स्थानीयवासी तीलचन्द्र आचार्यले भने । आफ्नो जग्गालाई वेवारिसे वनाएर अरुको जग्गा तथा भवनमा हस्तक्षेत्र गर्ने नगरपालिकाको कार्यलाई कदापी राम्रो भन्न सकिदैन आचार्यले थपे ।
राज्य पुनरसंरचनाको क्रममा पशुसेवा कार्यालय समेत स्थानीय तहको मातहतमा रहने भन्ने भएपछि रोल्पा नगरपालिकाले आफ्नो कार्यालय भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भवनमा लगेको हो, पछि उक्त कार्यालय प्रदेश सरकारको मातहतमा भएसंगै नगरपालिका कार्यालय सार्ने तयारी भईरहेको रोल्पा नगरपालिकाका प्रवक्ता प्रकाश डाँगीको भनाई छ । नगरपालिकाको कार्यालय सार्ने प्रकृया अघि वढिसकेको छ प्रवक्ता डाँगीले भने । लिवाङमा रहेका विभिन्न यातायात व्यवसायी समितिहरु अस्तव्यस्त रहेकाले तीनलाई व्यवस्थापन गर्न कृषि ज्ञान केन्द्रको जग्गामा टिकट काउण्टर स्थापना गरिएको हो प्रवक्ता डाँगीले भने । कृषकहरुले उत्पादन गरेका उपजहरु विक्री वितरणका लागी कृषि ज्ञान केन्द्रले प्रयोगमा नल्याएको जग्गामा मिलिजुली हाट वजार स्थापना गरिएको हो प्रवक्ता डाँगीले भने । कृषककै हित र कल्याणका लागी उक्त हाटवजार स्थापना गरिएको प्रवक्ता डाँगीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?