ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
फ्रन्टपेज

रोल्पाको विद्रोही गाउँमा ‘स्याउ युद्ध’

विरुवा रोपेको २ वर्ष पछि २०५२ साल फाल्गुन १ गते राती माओवादी सशस्त्र युद्धको सुरु भएको दिन रातको समयमा उनीको वगैचामा लगाएका ९४५ स्याउको वोट सवै फडानी भयो । माओवादी युद्ध सुरु भएसंगै अधिकांश थवाङी भूमिगत भए ।
२५ पुष २०७९, सोमबार
२५ पुष २०७९, सोमबार

रोल्पा पुष- दुई दीदि र तीन दाजु जन्मिए पछि २००८ साल जेठमा जन्मिए धनपुरा र जानपुरा । आमाको पेट पुछुवा भने भाई सत्य प्रसाद भए । उमेरले ७१ पारगरेका उनीहरु साविकको थवाङ गाविस हाल थवाङ गाउँपालिका वडा नं. २ रोल्पामा जन्मिएका हुन । जुम्ल्याहा दिदी वहिनी धनपुरा वुढा र जानपुरा वुढाको अनुहार मात्र दुरुस्त हैन पोशाक समेत उस्तै । दुई दिदी वहिनी वीचको भेउ छुट्याउन धेरैलाई हम्मे हम्मे पर्छ ।

माहिली दिदी रामपुरीसंगै साहिली धनपुरा र कान्छी जानपुराले विवाह समेत गरेनन । तीन वहिनी संगै वस्थे । रामपुरीको भने केही वर्ष अघि निधन भैसकेको छ । धनपुरा र जानपुराको जीवन कहाँनी कम्ता संघर्षपूर्ण छैन । विद्रोही गाउँ थवाङमा जन्मेका उनीहरु सधै जसो थवाङको प्रतिपक्ष जस्तै भए । २०१३ सालमै थवाङमा कम्युनिष्ट पार्टीको संगठन वनिसकेको थियो । राजनीतिमा उतिसारो चासो नराखे पनि माहिलो दाजु रामकुमार वुढा र मुखिया वर्मन वुढा (२०४८ सालको सांसद) वीच भएको राजनैतिक दाउपेच र संघर्षले उनीहरुलाई दुई ढुंगा वीचको तरुल वनायो । रामकुमार गाउँका जैसी थिए । उनले गाउँमा दिनवार हेर्ने काम गर्थे । शुभकार्य गर्नु परे रामकुमार कहाँ आउथे गाउँले । वर्मन भने गाउँको तालुकदार । जग्गाको तिरोभरो उनकै नियन्त्रणमा थियो । २०३६ सालको जनमत संग्रहका वेला रामकुमार निर्दलको पक्षमा उभिए । वर्मन भने वहुदलवादी वने । उनीहरुको संघर्षको सुरुआत यहीवाट भयो । वर्मन समूहले पंचायतकालिन कैयौं चूनाव वहिष्कार गर्दा रामकुमार समूह भने सहभागि हुन खोज्थे । मुख्य दुई प्रवृत्तीले २०३८ सालमा थवाङमा शैन्य अपरेशन समेत निम्त्यायो ।

रामकुमार वर्मन संघर्षले थवाङ दुई चिरा भयो । वर्मनलाई समर्थन गर्ने समूह ठूलो थियो । वर्मनले जे भन्यो गाउँमा त्यही चल्थ्यो । रामकुमार भने रक्षात्मक थिए । उनको पक्षमा खुलेर वोल्ने समूह सानो थियो । २०४६ सालको राजनैतिक परिवर्तन पछि राजनैतिक कित्तावन्दी झनै व्यापक वन्यो । नाताले काका पर्थे रामकुमार भने वर्मन भतिज । यिनै काका भतिजको संघर्ष नै थवाङ विद्रोहको जरो थियो ।

विवादको जड स्याउ खेती
रामकुमार भारतको सिम्ला आउने जाने गर्थे । उनले २०३५ सालतिर सिम्लावाट १ हजार ३०० स्याउका विरुवा ल्याए । सवै विरुवा आफ्नो वारीमा लगाए । मकै, गहुँ ,जौ हुने वारीमा स्याउ लगाए पछि दाजु रामकुमारलाई आमाले गाली गरेको अझै सम्झना छ धनपुरालाई । पछि स्याउ फलेपछि भने वुवा आमा खुसी हुनु भयो धनपुराले भनिन । पछि फेरी फुन्टिवाङमा वुवा आमाले ३५० नयाँ विरुवा थप्नु भयो । वुवा आमाको स्याउ वगैचामा मात्रै एउटा रुखवाट १३÷१४ भारी स्याउ पल्न थाल्यो । स्याउ कहाँ वेच्ने भन्ने समस्या हुदा दाजु रामकुमारले भरिया वनाएर दाङ,रुकुम, सल्यान सम्म लैजान्थे । स्याउ वेचेको पैसा भन्दा भरिया खर्च धेरै आउन थाले पछि सस्तो मूल्यमा घरवाटै वेच्ने निर्णयमा पुगे । घरवाटै स्याउ वेच्दा भने वर्षमा ३५÷४० हजार आमदानी हुन थाल्यो ।

स्याउवाट राम्रो आमदानी हुने देखेपछि रामपुरी,धनपुरा र जानपुरा तीन वहिनी मिलेर ९४५ स्याउको विरुवा रोप्ने निर्णय गरे । उनीहरु आफैले हकभोग गर्दै आएपनि सो जग्गाको तिरो भने थिएन । मुखिया वर्मन वुढालाई अनुरोध गरेसंगै तिरो वापत वर्मन वुढालाई १० हजार र तिरो कागज लेखेवापत धरमवहादुर रोकालाई ५ हजार गरि १५ हजार दिए । जग्गाको तिरो पाएपछि स्याउको विरुवा रोप्न ९४५ खाडल पनि खने । तर वन फडानी गरेको भन्दै गाउँलले उनीहरु विरुद्ध वन कार्यालयमा उजुरी गरे । वन कार्यालयका कर्मचारी मुद्धाको स्थलगत अनुगमन गर्न थवाङ पुगे । कागज गरेर लिवाङ फर्के संगै धनपुरा र जानपुरा पनि जिल्ला वन कार्यालय लिवाङ आउनु पर्ने भयो । जिल्ला वन कार्यालय रोल्पाले उनीहरुलाई ६ लाख ५० हजार जरिवाना तोक्यो । उनीहरु त्यही मुद्धा पुनरावेदन गर्न नेपालगंज हुदै काठमाण्डौ पुगे । पछि सर्वोच्च अदालतवाट मुद्धा जितेसंगै घर फर्किए । मुद्धा जितेपछि जिल्ला वन कार्यालय रोल्पाले तोकेको ६ लाख ५० हजार जरिवाना समेत तिर्न नपर्ने भयो । थवाङ फर्किएका उनीहरुले स्याउ रोप्न थाले, तर स्थानीयहरुले अवरोध गरेपछि प्रहरीको सुरक्षामा खाडल खनेको २ वर्ष पछि २०५० सालमा ९५० वोट स्याउका विरुवा रोपे । २०५१ सालमा नापी गयो । नापीले जग्गा नापजाँच गर्यो । ३५० वोट भएको वगैचा एउटा कित्ता र ९४५ विरुवा भएको अर्को कित्ता हुने गरि नापी भयो ।

विरुवा रोपेको २ वर्ष पछि २०५२ साल फाल्गुन १ गते राती माओवादी सशस्त्र युद्धको सुरु भएको दिन रातको समयमा उनीको वगैचामा लगाएका ९४५ स्याउको वोट सवै फडानी भएछ । सो कुरा उनीहरुले अर्को दिन मात्र थाहा पाए । माओवादी युद्ध सुरु भएसंगै अधिकांश थवाङी भूमिगत भए । धनपुरा र जानपुरालाई प्रहरीले सुरक्षा दिन नसक्ने आफ्नो सुरक्षा गर्न भनेपछि २०५३ साल कार्तिकमा घर छोडेर सुरक्षाका लागि सदरमुकाम लिवाङ आए । शरिरमा भएको एकजोर कपडा मात्रै थियो उनीहरुसंग । उनीहरु लिवाङ आएपछि थवाङको घर, जग्गा समेत माओवादीले कव्जा गरे । खालि हात लिवाङ आएका उनीहरुलाई कहाँ वस्ने के खाने निकै चिन्ता हुन थाल्यो । केही समय माहिली दिदी रामपुरीले थवाङवाट खर्च पठाईदिन्थिन त्यसैले पालिन्थे उनीहरु । पछि माओवादीले खर्च पठाउन समेत रोके । त्यसपछि होटल गरेर वस्ने निर्णय गरे । होटेल खोल्ने उनीहरुको योजनालाई दिदी रामपुरीले साथ दिईनन । त्यसपछि भेडाको उन खरिद गरेर कम्मल वनाउन थाले । यो काम उनीहरुले २l ३ वर्ष जती गरे । काम्लो वनाउन थालेपछि जीविका चलाउन सहज भयो ।
घर फर्कन चाहान्थे तर अनुमती पाएनन
पछि गाउँ फर्केर माओवादीहरु संग मिलेर वस्ने खवर पठाए । तर माओवादीको स्थानीय सत्ताले स्वीकृती नदिएपछि उनीहरु काठमाण्डौ जाने निर्णयमा पुगे । रोल्पा वसेर भांगो र अल्लोको धागो संकलन गर्ने र त्यसलाई काठमाण्डौ लगेर विक्री गर्ने निर्णय गरे । त्यसका लागी दिदी रामपुरीलाई पनि थवाङवाट लिवाङ वोलाए । रामपुरी र जानपुरा काठमाण्डौ जाने र धनपुराले लिवाङमा वसेर अल्लो,भांगोको धागो संकलन गर्ने सल्लाह भयो । सोही वमोजिम रामपुरी र जानपुरा काठमाण्डौ गए । धनपुराले भने लिवाङमै वसेर अल्लो,भांगोको धागो संकलन गर्न थालिन । यो काम उनीहरुले १५ वर्षसम्म गरे । काठमाण्डौमा उनीहरुको धागोको गोदाम थियो ।
पछि उनीहरु फेरि रोल्पा फर्किए । रोल्पा फर्किए पछि सदरमुकाम लिवाङ लिवाङमा घडेरी किने र २ वटा पक्की घर वनाए । अहिले सदरमुकाम लिवाङमा वसेर अल्लो र भांगाको धागो संकलन र विक्री वितरण गर्छन । उनीहरुको गंगा जमुना अल्लो धागो उद्योग पनि छ । त्यसमा धेरै दीदि वहिनीले रोजगारी पनि पाएका छन ।
शान्ति प्रकृया पछि आफ्नो जन्म घर थवाङ पनि पुगे । घर सम्पत्ती सवै कव्जा भएपनि उनीहरुले क्षतीपूर्ती पाएनन । धेरैले नक्कली कागज वनाएर क्षतीपूर्ती लिए हामी वास्तविक घरजग्गा क्षती हुनेलाई क्षतीपूर्ती दिएनन धनपुराले भनिन । एक पटक घर फर्कन भन्दै ७÷७ हजार रुपैयाँ वुझ्ने वाहेक राज्यवाट कुनै पैसा लिएका छैनौ धनपुराले भनिन । भोट हालेको कारण जीन्दगी भर दुःख पाउनु प¥यो उनले भनिन । अहिले भने सवैसंग राम्रो सम्वन्ध छ, आउजाउ चलिरहन्छ धनपुराले भनिन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?