ट्रेंडिंग:

>> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

छाउगोठ सुरक्षीत छैनन् महिला

२५ असार २०७५, सोमबार
२५ असार २०७५, सोमबार

सुर्खेत कर्णाली प्रदेशमा यस्ता धेरै कुप्रथा छन् जसका कारण संधै महिलाहरु पिडित भईरहन्छन् । त्यसमा पनी कर्णाली प्रदेशमा जडागाडेको छाउपडि प्रथाले त महिलाहरुको पटक–पटक ज्यान लिएको घटना नौलो होईन । कर्णाली प्रदेशका १० जिल्ला मध्ये राजधानी सुर्खेतलाई केहि सुगम मानीन्छ । शिक्षा, स्वास्थ्य, यातायात, लगाएतका केहि विकासे कार्यक्रममा फड्को मारेको छ सुर्खेतले । विकासे कार्यक्रम र भौतिक संरचनामा केहि फड्को मारेपनी कुप्रथा भने सुर्खेत जिल्लाबाट जान सकेको छैन । अझैपनी सुर्खेतमा छाउगोठ जिवितै रहेको पाईएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालीका संग जोडिएको बराहताल गांउपालीका ६ मा गत असार १७ गते राती महिनावारी भएको बेला छाउगोठमा सुत्न गएकी एक १५ वर्षीय बालीका बलात्कृत भएकी छन् । बराहताल गांउपालीका ६ की ती बालीका सोहि वडाको अर्को गांउमा उपचारको लागी गएकी थिइन् । उपचार गरी फर्केने क्रममा रातपरेपछि निर्मला शर्माको घरमा बास बसिन् । महिनावारी भएकोले दुवै निर्मला शर्मा र पिडित बालीका छाउगोठमा सुतेका थिए । मध्यरातमा सुतीरहेको बेलामा निर्मलालाई बाहिर बोलाई स्थानिय जनक शर्मा, चेतन गीरी र पदम गीरीले पालैपालो बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख उमाप्रसाद चर्तुवेदिले जानकारी दिएका छन् ।
उनले भने ‘ छाउगोठमा संगै सुतेकी निर्मलालाई बाहिर बोलाएर ति बालीकालाई पालैपालो बलात्कार गरेको पिडिलले बताएकी छन् । तिन जना दोषी जनक शर्मा, चेतन गीरी र पदम गीरी सहित निर्मला शर्मालाई पनी हिरासतमा राखी घटनाको अनुसन्धान भईरहेको छ ।’ मंगलबार मात्रै दोषीहरु पक्राउ परेका छन् । पिडितको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको चर्तुवेदिले जानकारी दिएका छन् ।
सुर्खेत जिल्लाका केहि गाविसहरु २०७१ सालमानै छाउपडि मुक्त गाविस घोषणा भईसकेका छन् तर व्यवहारत मानशिकताबाट अझै छाउगोठ हट्न सकेको छैन विरेन्द्रनगर नगरपालीका भित्रै पनी छाउगोठ रहेको विरेन्द्रनगर १ की अस्मीता वि.क बताउंछिन् । उनी भन्छिन् ‘ प्राय सबैको ध्यान गांउतिर मात्रै जान्छ तर वीरेन्द्रनगर नगरपालीका भित्रै पनी छाउगोठ रहेको छ । ’
। कानुन व्यवसायी गिता कोईराला भन्छिन् ‘ सुर्खेतका धेरै ठांउमा छाउगोठ अझै जिवितै छ । महिनावारी भएकोबेलामा अभिभावकले पनी छोरी कहां छ भन्ने कुराको समेत वास्ता गर्दैनन् । ’ उनी थप्छिन् ‘ यस्ता घटना घटाउनेलाई कडा भन्दा कडा कार्रवाहि गर्नुपर्दछ । र सरकारले पनी यस्ता कुप्रथालाई पालेर राख्नुहुंदैन ।’
अझैपनी महिला र पुरुषको अनैतिक सम्बन्धमा पनी महिला नै दोषी हुनुपर्ने, बोक्सीको आरोपमा कालो मोशो दलीनु पर्ने र महिनावारी भएको बेलामा छाउगोठमा अस्मिता कहिले सम्म कर्णालीका महिलाले लुटाउनुपर्ने हो ? यसमा कर्णाली सरकारले ध्यान दिनुपर्ने बेला आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%