© २०२३
बुटवल,२० पुस । दाङमा प्रहरीले केही दिन अगाडि घोराहीवाट एक जनालाई बन्दुकको गोलिसहित पक्राउ ग¥यो । साना–साना कुरामा पत्रकार सम्मेलन वा प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिने जिल्ला प्रहरी कार्यालय उक्त घटनामा मौन बस्यो । सञ्चारमात्तयमलाई सुचना पनि दिएन । गोलिसहित पक्राउ परेका ब्यक्तिको पहिचान प्रहरीले आफै गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि राजन गौतमले घटनाबारे जानकारी नै नभएको बताउंछन् । जिल्ला प्रहरी कार्यालय दाङका एक जना प्रहरी अधिकारीले भने गोलिसहीत एक जना पक्राउ परेको र घटना मिलाउन ठुलै दवाव आइरहेको बताउंछन् । उनका अनुसार आर्थिक चलखेल गरेर प्रहरीले मुद्धा आफै कमजोर बनाएर लैजान्छ कि भन्ने चौतर्फी आंशका उब्जिएको छ । प्रहरी स्रोतका अनुसार डिएसपि गौतमले मुद्धा कमजोर बनाएर धरौटिमा छुट्ने गरि मिसिल तयार पारिरहेका छन् ।
गोलिसहित प्रहरीले घोराहीको फुर्सेखालीबाट पक्राउ गरेको प्रहरी अधिकारीले बताए । दाङका प्रहरी प्रमुख एसपि बिरबहादुर ओलिले सुरुमा घटना बारे आफुलाई थाहा नभएको बताए । उनले पाँच सात दिन पहिले कारागारमा एक जनाको झोला चेक गर्दा गोलि भेटिएको भने बताए । पाँच सात दिन अगाडिको घटनाको बिबरण अहिले किन चाहिएको भन्दै उनले उल्टै प्रतिप्रश्न गरे । प्रहरीले बन्दुकको गोलिसहित पक्राउ परेको घटना सार्बजनिक नगर्नुले प्रहरीमाथि प्रश्न चिन्ह खडा भएको छ । साना साना कुरामा आफै प्रचार गर्ने दाङ प्रहरीले यति ठुलो गम्भीर घटना बाहिर ल्याउन नखोज्नुले आफैमा बिरोधाभास देखिएको छ । यसतर्फ गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको पनि ध्यान जानुपर्ने स्थानीयहरुको माग छ ।