ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

लैंगिक हिंसा  परामर्शकी पर्याय

१८ आश्विन २०७५, बिहीबार
१८ आश्विन २०७५, बिहीबार

राधा पौडेल

पेशाले स्टाफ नर्स हुन् । राप्ति उपक्षेत्रिय अस्पतालको लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीमा परामर्शदाताको रूपमा कार्यरत छिन् । तेस्रो संविधान दिवसका अवसरमा उनै सिनियर स्टाफ नर्स पौडेललाई नेपाल सरकारले जनसेवा श्री पदक चौथो श्रेणीबाट विभूषित गर्ने निर्णय गरेको छ ।
२०६९ साल फागुन महिनादेखि उनले उक्त केन्द्रमा सयांै जनालाई लैंगिक हिंसामा परेकाहरूलाई कानुनी परामर्स दिएकी छिन् । ओसीएमसीमा सरदर दैनिक ४/५ वटा लैंगिक हिंसामा परेका महिलाहरू आउने गरेको पौडेल बताउँछिन् । त्यस्ता पीडित महिलाहरूलाई परामर्स दिँदैमा उनको दिन बित्ने गरेको छ । यो पाँच छ वर्षको अवधिमा उनले धेरै किसिमका हिंसा पीडितहरूलाई अस्पतालमा भेटिन् र न्यायका लागि सम्वन्धीत ठाउँसम्म पु¥याउने काम गरीन् । ओसीएमसीमा बस्दा उनलाई थाहा भयो आफन्तबाट महिलाहरू वढि पीडित छन् । उनी भन्छिन् आफन्तबाट महिलाहरू बलात्कृत भएका छन्, श्रीमानबाट श्रीमतीहरू मरणासन्न हुने गरी कुटाई खाएका छन्, सासुले वुहारीलाई कुटेर बेहाल बनाएका छन् । “बाहिर तथा अन्य वार्डमा बस्दा यस्तो केही थाहा हँुदैनथ्यो तर यो केन्द्रमा आएदेखि बल्ल थाहा पाएँ हाम्रो समाज कतातिर जाँदै छ” पौडेलले भनिन् । सामान्य कुरामा पनि श्रीमानले श्रीमती कुटेर उपचारका लागि आउने गरेको पौडेल बताउँछिन् ।
राधा पौडेल २०५९ साल असोजमा स्टाफ नर्समा स्थायी नियुक्ती लिएर सेती अञ्चल अस्पताल पुगीन् । त्यहाँ उनी करीव दुई महिना मात्र बसीन् । सोही वर्ष मंसीरमा उनको मध्यपश्चिम क्षेत्रिय आयुर्वेद चिकित्सालय बिजौरीमा सरुवा भयो । २०६० साल चैत्रसम्म आयुर्वेद अस्पतालका बिरामीहरूको सेवा गरेकी पौडेलको २०६१ साल बैशाखमा तत्कालीन महेन्द्र अस्पताल दाङमा सरुवा भयो । स्टाफ नर्समा स्थायी भए लगत्तै पौडेलको कान्तीपुरकर्मी पत्रकार शुदर्शन रीजालसँग विबाह भयो । विहान दुवैजना काममा संगै निस्कने र साँझ दुवैजना मिलेर घरको काम गर्ने गरेको पौडेल बताउँछिन् । मनोपरामर्सकर्ता भएकोले उनको काम पनि त्यति सजिलो भने पक्कै थिएन । ओसीएमसीमा कामगर्दा आत्मसन्तुष्टि हुने गरेको उनले बताइन् । “धेरै जना दिदीबहिनीहरूको सेवा गर्न पाएकी छु, दुःखमा परेकालाई उद्धार गरी आयआर्जन गर्ने संघ संस्थासम्म पु¥याएकी छु” पौडेलले भनिन् ।
ओसीएमसीमा काम गर्दा सुरुका केही दिन त उनलाई असहज पनि लाग्यो । हिंसामा परेका महिला तथा बालवालीकालाई उद्धार गर्दै जाँदा हाम्रो समाजमा महिला हिंसाको अवस्थाको वारेमा बुझ्ने अवसर प्राप्त भयो उनलाई । “हाम्रो समाजमा तपाई हामिले कल्पना गरेभन्दा फरक रहेछ जुनकुरा मैले ओसीएमसीमा कामगर्दा थाहा पाएँ” पौडेलले भनिन् । एउटा अवोध वालीका आफ्नै बाबुवाट बलात्कृत हुन्छे, एउटी महिला बोक्सीको आरोपमा मरणासन्न हुनेगरी कुटिन्छे, कसैले त यातना सहन नसकी आत्महत्या सम्म गरेकाछन्, दाजुभाईवाट दिदिबहिनीहरू सुरक्षित छैनन् भने हाम्रो समाज कता जादैछ ? उनले प्रतिप्रश्न गर्छिन् । ओसीएमसीमा आएका त्यस्ता घटनाका पीडितलाई कानुनी उपचारदेखी लिएर पुनस्र्थापनाको काम समेत गर्दै आएकी छिन् उनी ।
स्वर्गिय बुबा तपराज उपाध्याय तथा स्वर्गिय आमा कृष्णादेबी उपाध्यायको कोखवाट २०३६ सालमा प्युठान जिल्ला रस्पुरकोटको चौरपानीमा राधा पौडेलको जन्म भएको थियो । कक्षा ७ सम्मको अध्ययन उनले आदर्श निम्न माध्यामिक विद्यालय चौरपानीमा गरेकी थिईन् । जनता माध्यामिक विद्यालय बिजुली प्युठानवाट उनले एसएलसी उत्तीर्ण गरीन् । उनलाई स्टाफ नर्स वनेर विरामीहरूको सेवा गर्ने भावना पैदा भयो । त्यसैले उनी स्टाफ नर्सको अध्ययनका लागि नेपालगञ्ज पुगिन् । विरानो ठाँउमा पनि उनी सजिलै संग घुलमिल भई नेपालगञ्ज नर्सिङ क्याम्पसवाट स्टाफनर्स उत्र्तिण गरीन् । २०५६ सालमा उनी दाङ फर्किइन् । उनले दाङकै सिएमए क्याम्पस तथा अनमी क्याम्पसमा अध्यापन समेत गरेकी थिईन् । सोही समयमा उनले परीवार नियोजन संघ दाङ शाखामा स्थायी नियुक्ति लिएर स्टाफ नर्सको जागिर समेत गरेकी थिईन् । एकेडेमिक तर्फ उनले राप्ति शिक्षा क्याम्पसवाट स्वास्थ्य विषयमा बिएड तथा त्रिभुवन विश्वबिद्यालय कृतिपुरवाट स्वास्थ्य बिषयमै स्नातकोत्तर गरेकी छिन् ।
उनको कामको मूल्याङकन गर्दै जिल्ला नर्सीङ संघ दाङ, महिला तथा बालबालीका कार्यालय दाङले पनि महिला तथा वालवालीकाको क्षेत्रमा महŒवपूर्ण काम गरेको भन्दै उनलाई सम्मान तथा पुरस्कृत समेत गरेको छ । उनी भन्छिन् –ईमान्दारीताका साथ काम गरेपछि सवैले मूल्यांकन गर्दारहेछन् । स्टाफ नर्सको काम भनेको बिरामीको सेवा गर्ने भएकोले राम्रो काम गरेपछि कामको मूल्यांकन हुने उनको भनाई छ । “ओसीएमसीमा काम गर्दा पीडित भएका महिलाहरूको उद्धार गरेकै कारण उनीहरूको आर्शिवाद लाग्यो होला र त सरकारले मलाई सम्मान गर्न लागेको होला” राधाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?