ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

किन उठ्दैन अदालतको जरिवाना ?

१३ आश्विन २०७५, शनिबार
१३ आश्विन २०७५, शनिबार

साविक लुम्बिनी अञ्चलका ६ वटा जिल्लामा कार्यक्षेत्र रहेको उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा हालसम्म करोडांै रूपैयाँ जरिवाना बापत उठ्न बाँकी रहेको देखिएको छ । अदालतबाट काम सम्पन्न भएका विभिन्न मुद्दाको फस्र्यौट र फैसलाबाट तोकिएको जरिवानाको ठूलो रकम उठ्न नसकेको हो । अदालत स्थापना पश्चातको फैसलाबापतको रकम जम्मा हँुदै जाँदा करिब पौने अरब रकम पुगेको छ । उच्च अदालत तुलसीपुर बुटवल ईजालसका मुख्य न्यायाधीश कुमार प्रसाद पोखरेलका अनुसार हालसम्म कुल ५८ करोड, ८६ लाख २१ हजार ८७ रूपैयाँ ७४ पैसा रकम उठ्न बाँकी रहेको छ । मातहत जिल्ला अदालतको २०७५ भदौ मसान्त सम्म जरिवानाको रकम हो यो ।
कुल लागत ७९ करोड, ८७ लाख ८८ हजार ९ सय ५४ रूपैयाँ ७४ पैसा रकम रहेकोमा हालसम्म जम्मा १ करोड १६ लाख ७ हजार ८ सय ६७ रूपैयाँ मात्रै जरिवाना बापतको रकम उठेको छ । ६ वटा जिल्लाहरूमा सबैभन्दा बढि रूपन्देही जिल्लामा जरिवाना बापतको रकम उठ्न बाँकी छ । उच्च अदालत तुलसीपुर बुटवल ईजलासका उप–रजिष्टार नेत्र प्रसाद भुषालका अनुसार विगतका कयौं बर्ष देखिको रकम अहिले आएर गणना गरिँदा बढि देखिएको हो । अदालत बुटवलमा स्थापना भएदेखि नै हालसम्मको कतिपय अदालतको जरिवाना तिर्ने व्यक्ति नै नभएको (मृत्यु भएको) कारण पनि रकम बिस्तारै थपिँदै गएर अहिलेको रकम देखिएको उनको भनाइ रहेको छ । उनी भन्छन्–‘जरिवाना तिर्ने व्यक्ति नै संसारमा नभएको कारण उसले कहाँबाट तिर्नु, बक्यौता रकम जम्मा भएर अहिलेको ठूलो रकम देखिएको हो ।’
यस्तै कर्मचारीहरूको अभावको कारण पनि कतिपय काम समयमा नै सम्पन्न गर्न नसकेको कारण समस्या उत्पन्न भएको मुख्य न्यायाधीश कुमार प्रसाद पोखेरको भनाइ रहेको छ ।
रूपन्देही जिल्लाबाट कुल १७ करोड, ८३ लाख ५८ हजार ८ सय ३८ रूपैयाँ ६८ पैसा रकम जरिवाना बापत उठ्न बाँकी छ । यस्तै गुल्मी जिल्लाबाट कुल १७ करोड, ६५ लाख ३२ हजार ९ सय ५७ रूपैयाँ ९० पैसा जरिवाना बापत रकम उठन बाँकी छ भने कपिलवस्तु जिल्ला अदालत बाट कुल ४ करोड ५५ लाख ४२ हजार २ सय ९ रूपैयाँ १८ पैसा रकम उठ्न बाँकी रहेको छ ।
यस्तै नवलपरासी जिल्लाबाट ११ करोड, ५५ लाख ७० हजार ७ सय २१ रूपैयाँ ४९ पैसा रकम जरिवानको अझै बाँकी रहेको छ । उच्च अदालत तुलसीपुर बुटवल ईजसालका अदालतको तथ्यांक अनुसार पाल्पा जिल्ला अदालबात कुल ६ करोड, ७३ लाख ३ हजार १ सय ७० रूपैयाँ ३१ पैसा, र अर्घाखाँची जिल्लाबाट कुल ५३ लाख १३ हजार १ सय ९० रूपैयाँ १८ पैसा रकम जरिवानाबापतको उठन बाँकी रहेको छ ।
उच्च अदालत तुलसीपुर बुटवल ईजलासका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार मानव संशाधनको अभाव, बजेट तथा स्रोत साधनको अभाव र भौतिक साधन र स्रोतको अभावको कारण अदालतले तिब्ररूपमा काम गर्न सकिरहेको छैन । उनी भन्छन्–‘ सेवाग्राहीका लागि सुविधा दिन सकिएको छैन भने पुस्तकालयको व्यवस्थापन, फैसला लेखनमा शीघ्रता, म्याद तामेलीमा जनशक्ति प्रशिक्षण र सूचना प्रविधिसँग मुद्दा प्रवाहलाई आवद्ध गर्ने कार्य भएमा पक्कै पनि अदालतले समयमा नै कार्य सम्पादन गर्न सक्ने छ । ’
मुद्दा फस्र्र्याैटमा रूपन्देही अगाडी
गत आर्थिक बर्ष देखि यहि भदौ मसान्त सम्मको अदालतको मुद्दा संख्या फस्र्यौटमा रूपन्देही अगाडी देखिएको छ । रूपन्देहीमा कुल २५ सय ९२ वटा मुद्दा रहेकोमा कुल ३ सय ३८ वटा मुद्दा फछ्र्याैट भएका छन्  भने अझै २२५४ वटा मुद्दा बाँकी रहेका छन् । २०७५ भदौ महिनाको मसान्त सम्ममा कपिलवस्तु जिल्लामा १३ सय ९५ दर्ता भएकोमा १ सय ९७ वटा फछ्र्याैट र ११ सय ९८ फछ्र्याैट हुन बाँकी छन् । नवलपरासीमा कुल १२ सय ३१ रहेकोमा १ सय ७१ फस्र्यौट र १ हजार ६० अझै बाँकी रहेका छन् । यस्तै पाल्पा जिल्लामा कुल २ सय ७ मुद्दा रहेकोमा ५८ वटा दर्ता १ सय ४९ बाँकी, गुल्मीमा कुल १ सय ८२ रहेकोमा ४८ फछ्र्याैट १ सय ३४ बाँकी रहेका छन् । यस्तै अर्घाखाँची जिल्लामा कुल ११८ वटा मुद्दा लागत रहेकोमा कुल ३०वटा फस्र्यौट र ८८ बाँकी रहेका छन् । अदालतको तथ्यांक अनुसार भदौ मसान्त सम्ममा कुल ५ हजार ७ सय २५ मुद्दा लागत रहेकोमा ८ सय ४२ वटा मुद्दा फछ्र्याैट भएका छन् भने ४ हजार ८ सय ८३ मुद्दा अझै फछ्र्याैट हुन बाँकी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?