© २०२३
सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । सूचना भन्नाले राज्यले गर्ने कामहरूको कानुनले सार्वजनिक गर्न मिल्ने सबै सूचना जनताले चाहेको खण्डमा पाउनु पर्छ र यसमा नागरिकहरूको सूचना पाउने हक सुरक्षित हुन्छ । राज्यका कामहरूको सूचना सबैले खोज्दैनन् । जरुरी पनि हुँदैन । तर, मिडियाहरूले खोजी गर्छन् । किनभने त्यसमा कति राम्रा काम भएका छन्, कति बीचमा अल्झेका छन्, जनता र देशको हित अनुकूल छन् कि छैनन् भनेर अध्ययन गरी सार्बजनिक गर्नुपर्ने हुन्छ । जब मिडियाबाट सार्वजनिक हुन्छ तब आम जनताले पनि त्यसबारे जानकारी पाउन सक्छन् । त्यसैले सूचनाको हक सबैभन्दा बढी मिडियासँग जोडिन्छ भने त्यसरी नै सरोकारवालासँग पनि जोडिएको हुन्छ । अहिलेको युगमा सूचना मानिसलाई अत्यावश्यक भइसकेको छ । मानिसले हरेक कुरामा जानकारी राख्न खोज्छ । तर, राज्यपक्षले आफ्ना गल्ती ढाकछोप गर्नको लागि सूचना लुकाउन चाहन्छ । कैयौँ सूचनाहरू लुकाइएका छन् । सार्वजनिक गरियो भने आफ्नो कमजोरी उदांग हुन्छ भनेर सरोकारवालाले सूचना लुकाउँछन् । यो भ्रष्टाचारी प्रबृत्ति हो । लोकतन्त्रमा जनताले सबै कुरा जानकारी पाउनु अधिकारको विषय हो ।
यस्तै आजै नागरिक सुरक्षा दिवस पनि हो । नागरिकलाई राज्यले कस्तो सुरक्षा प्रदान गरेको छ भन्ने कुराले यो दिवससँग सरोकार राख्छ । राज्यले नागरिकको सुरक्षा गर्नकै लागि तीन तहको प्रहरी संगठन बनाएको छ । नागरिक प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी गरी तीन अलग अलग संरचना बनाइएको छ । सशस्त्र प्रहरीले विशेष प्रकारका हिंसात्मक घटनाहरूलाई नियन्त्रण गर्छ भने ट्राफिक प्रहरीले सवारी सुरक्षा ब्यवस्थापन गर्छ । नागरिक प्रहरीले नागरिकको सुरक्षा गर्ने बढी जिम्मेवारी पाएको छ । तर, नेपालमा हुन्छ के भने जो मानिस ठूला निकायमा, पदमा आशिन हुन्छन् उनीहरूले सुरक्षा पाउँछन् । सर्बसाधारण मानिसलाई प्रहरीको कुनै सुरक्षा प्राप्त हुँदैन । यो अर्थमा भन्न सकिन्छ कि यहाँ नागरिकहरू सुरक्षा विहीन छन् । कञ्चनपुरमा भएको वलात्कार पछिको हत्या घटनालाई ताजा उदाहरणको रूपमा लिन सकिन्छ । उमेर नै नपुगेकी नाबालकमाथि यौन शोषण हुन्छ, घटना बाहिर नजाओस् भनेर बलात्कारपछि हत्या गरेर फालिन्छ । तर, अपराध गर्ने मानिस पक्राउ पर्दैन । प्रहरीले अपराधी खोज्ने काम गरेको छ कि कानमा तेलहालेर सुतेको छ बताइँदैन । नागरिकको सुरक्षा यहाँ कसरी भइरहेछ यो घटनाले गवाही दिइरहेको छ । नागरिकको सुरक्षा ब्यवस्थाका बिषयमा कुरा निकै उठ्छ । तर, सुरक्षा दिने काम फगत भाषणबाजीमामात्र भएको हुन्छ । यसलाई सुधार्नु आवश्यक छ ।
आजै रेविज दिवस पनि परेको छ । रेविज खासगरी मांसाहारी जनाबरले मानिस वा अर्को जनाबरलाई टोकेमा, बहुला कुकुरले टोकेमा समयमा उपाचार नपाएमा लाग्ने घातक रोग हो । समयमा ध्यान दिएर एण्टिरेविज सुई लगाएमा यो रोग लाग्दैन । निको हुन्छ । तर, सुई लगाउन ढिला भयो र आलटाल गरियो भने मानिसको उपचार सम्भव हुँदैन । खासगरी गल्लीमा हिँड्ने कुकुरहरूमध्ये रेविजको मात्रा बढी भएको अवस्थामा बहुलाउँछन् । ¥याल छाड्छन् । बहुलाएको कुकुरसँग अर्को कुकुर छोइयो र ¥याल चाट्न पुग्यो भने त्यसलाई पनि रेबिज संक्रमण हुन्छ । रेबिज भएको कुकरलाई तत्काल मार्न सकिएन भने सबै भुस्याहा कुकुर रेबिज संक्रमति हुन जान्छन् र तिनले गल्लीमा खेलिरहेका बालबालिका, पैदल हिँडेका मानिसलाई टोक्न पुग्छन् । त्यसबाट मानिसमा रेविज सर्न पुग्छ । कुकुरको निगरानी गर्दै र सुई लगाउँदै जानुपर्छ । यो कुरा अहिले पनि कतिपय मानिसमा जानकारीको अभाव हुन सक्छ कि रेविजको सुई सरकारी अस्पतालहरूले निःशुल्क दिने गरेको हुन्छ । यो कुरा सबैले समयमै ध्यान दिने, कुकुर पालकहरूले आफ्नो घरको कुकुरलाई पशु विशेषज्ञको राय लिई नियमित रूपमा एण्टिरेबिज सुई दिइरहने, घरमा पालिएका कुकुरलाई घाँटीमा पट्टी लगाउने र गल्लीका भुस्याहा कुकुरसँग अलग राख्न गर्नु जरुरी हुन्छ ।