© २०२३
तीनदिनदेखि अनसन बसेका विद्यार्थी रोशन बस्नेतको अवस्था गम्भिर भएपछि आईसियुमा भर्ना गरिएको छ । उनको स्थानिय देउती नर्शिङ् अस्पतालमा उपचार भईरहेको छ । बुधबार देखी तिनजना विद्यार्थी आवरण अनसनमा बसेपनी विश्वविद्यालयले वेवास्ता गर्दै आएको छ । विद्यार्थी रोशन बस्नेत, मिलन विसी र रत्न शर्मा विश्वविद्यालय केन्द्रिय क्याम्पसको मुलगेटमा आवरण अनसन बस्दै आएका छन् । विद्यार्थीहरुको मागलाई तोड्न विश्व विद्यालयले प्रहरी र शसत्र परिचालन गरी तोड्ने प्रयास गरेको छ ।
विभिन्न सात बुंदे माग राख्दै विद्यार्थीहरुले असार ५ गतेदेखी आन्दोलन गरिरहेका छन् । ईन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाईनुपर्ने, हाईड्रोपावर ईन्जिनियरिङ्गको पुर्ण पाठ्यक्रम बनाईनुपर्ने,गोल्डेन चान्स परिक्षाको व्यवस्था मिलाईनुपर्ने, प्रयोगात्मक कक्षा पुर्णरुपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गनुपर्ने, लाईव्रेरीमा पुस्तक उपलब्ध गराईनुपर्ने र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने लगाएतका माग राख्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
विद्यार्थीले गरेका विभिन्न आन्दोलनका चरणहरुमा विश्वविद्यालयले प्रहरीको बलमा यसअघि पनी हस्तक्षेप गर्दै आएको थियो । यस्तै अनसन बसेका विद्यार्थीको जिवन रक्षाको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले संयुक्त प्रेश विज्ञप्ति समेत निकालेका छन् । अखिल क्रान्तीकारी विद्यार्थी संघ, अनेरास्ववियु सुर्खेत, नेपाल विद्यार्थी संघ केन्द्रिय समिति र अखील क्रान्तिकारी छैटौले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरी असनसनमा बसेका विद्यार्थीहरुको जिवनरक्षाको लागी जोडदार माग गरेका हुन् ।
विश्वविद्यालयले विद्यार्थीहरुको माग पुरा नगर्दा सम्म निरन्तर रुपमा आन्दोलनमा साथ दिने अखिल क्रान्तीकारी सुर्खेतका संयोजक जगतराज ढकालले बताएका छन् । उनी भन्छन् ‘ यो कस्तो विश्वविद्यालय हो जहां सेलेभसको लागी अनसन बस्नुपर्ने र लाईव्रेरीको लागी अनसन बस्नुपर्ने, पुर्वतयारी बिनानै ईन्जिनियरिङ्ग संकाय सञ्चालन गरी विश्वविद्यालयले विद्यार्थीहरुको भविष्य अन्धकार बनाएको छ ।
विद्यार्थीका यी जायज माग पुरा नहुदासम्म संगठनले आन्दोलनमा गर्ने उनले बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपती उपेन्द्र कोईराला र रजिष्टार महेन्द्र मल्लको वेवास्ताका कारण विद्यार्थीको यो हालत भएको आन्दोलीत विद्यार्थीहरुको आरोप छ ।