© २०२३
शर्मिला विश्वकर्मा
काठमाण्डौं
अटिजम केयर नेपाल समाजको आयोजना तथा माइराइटको सहयोगमा विभिन्न सञ्चारकर्मीहरु विचमा अटिजम विषयक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । उक्त छलफलको क्रममा अटिजम केयर नेपाल समाजकी परियोजना प्रवन्धक लक्ष्मी कार्कीले संस्थाले अटिजम अपाङ्गता भएका बालबालिकाहरुका लागि सञ्चालन गरेका क्रियाकलापहरुको विषयमा जानकारी गरादै अवलोकन पनि गराउनु भएको थियो ।
सो कार्यक्रममा अटिजम केयर समाज नेपालकी सचिव निलम गौतलमले सबैलाई स्वागत गर्दै अटिजम अपाङ्गता भएका व्यक्तिहरुको चुनौतीको विषयमा समाजमा जनचेतना जगाउनको लागि सञ्चारकर्मीहरुको ठुलो भूमिका रहेको बताउनु भयो ।
त्यसै गरी अटिजम केयर नेपाल समाजका प्रशासकिय प्रमुख सुरेन्द« बज्राचार्यले अटिजम अपाङ्गतको विषयमा सही सूचना दिन जरुरी रहेको बताउनु भयो । उक्त अन्तरक्रिया कार्यक्रममा अटिजम केयर नेपाल समाजकी अध्यक्ष सुनिता मलेकु अमात्यले अटिजम रोग नभएर मस्तिष्कको अवस्था भएको बताउदै यसका लक्षण, अटिजम अपाङ्गता भएका व्यक्तिहरुको चुनौतीको विषयमा प्रष्ट पार्नु भएको थियो । साथै उहाँले अटिजम अपाङ्गता भएका व्यक्तिहरुको लागि संस्थाले विभिन्न सेवा सुविधाहरु उपलब्ध गराउदै आएको पनि जानकारी दिनु भएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी