© २०२३
बुटवल,३ पुस । कर्मचारीलाई वित्तीय साक्षरता अन्तर्गत डिजिटल बैकिङ शिक्षा प्रदान गरेको छ । बैंकको बुटवल कालिकानगरस्थित कर्पोरेट शाखा कार्यालयमा बुटवल उपमहानगरपालिका बुटवल वडा नं ११ को शहरी स्वस्थ्य केन्द्रका महिला स्वास्थ्य स्वयंविकाहरु र कार्यालयका कर्मचारीहरु गरी ३५ जना भन्दा बढीलाई वित्तीय साक्षरता प्रदान गरिएको हो ।
कार्यक्रममा बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले महिलाहरुलाई आर्थिक गतिविधि र बैंकिङ कारोबारमा सहभागी गराउंदै महिला सशक्तिकरणका लागि स्वास्थ्य स्वयम्सेविकाहरुलाई वित्तिय साक्षरता प्रदान गरेको बताइन् । नेपालको कुल जनसंख्याको ५० प्रतिशत भन्दा बढी हिस्सा महिलाको भएपनि उनीहरुमा वित्तीय साक्षरता दर धेरै कम भएकाले बैंकले महिलालाई प्राथमिकता दिएको थापाले बताइन् ।
शाइन रेसुङ्गाले महिलाहरुलाई सहुलियत ब्याज दरमा विभिन्न कर्जा र वचत गर्ने बानीको विकासका लागि नारी वचत खाता सञ्चालनमा ल्याएको प्रमुख सञ्चालन अधिकृत थापाले जानकारी गराइन् । उनले महिलाहरु उद्यम–व्यवसाय र उत्पादनसंग जोडिन पनि वित्तीय साक्षरता जरुरी हुने उनले स्पष्ट पारिन् । बैंकले वित्तीय साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको थापाले बताइन् ।
बैंंकका डिजिटल बैंकिङ अफिसर नारायण न्यौपानेले डिजिटल बैकिङ कारोबार गर्दा सेवाग्राहीले घर वा कार्यालयमै बसेर सुरक्षित र छिटो छरितो सेवा लिन सकिने जस्ता फाइदाहरु र डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कता लगायतका विषयमा सहभागीलाई जानकारी गराएका थिए । । उक्त कार्यक्रमको संयोजन कर्पोरेट ब्रान्च म्यानेजर अञ्जली केसीले गरेकी थिइन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी