© २०२३
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–१० भावपुर (साबिक पटना) का ५१ बर्षिय कपिलदव कोहार अहिले माटाका भाडा बनाउन व्यस्त छन् । गाउँमै एक्लो कोहार समुदायका उनलाई अहिले दशैं र तिहारका कारण बिक्री बढने भएपछि माटोको भाडा बनाउने व्यस्तता बढेको हो । बर्षमा आधार आधा समय पुख्र्याैली पेशा र कृषि पेशाले परिवार धानेका उनलाई आगामी पुस्ताले पुख्र्याैली सिप नसिकेकोमा गुनासो छ । १० बर्षको उमेरमा आफना बाबु बिते पछि अरूले माटोको भाडा बनाउँदा सिकेका उनले कृषि कर्म र माटोको भाडा बनाएर ६ जनाको परिवार पाल्दै आएका छन् । “बुवा सानैमा बित्नु भयो । सानैबाट जिम्मेबार बन्नु पर्दा माटोको भाडा बनाउने सिप सिकँे ।” कपिल भन्छन । चक्का घुमाएर माटोलाई बनावट दिने काम सोचे जस्तो सजिलो नभएको उनको अनुभव छ । जंगल छेउमा बर्षौ देखी बसोबास गर्दै आएका उनले जुन पायो त्यही माटोले भाडा नबन्ने बताए । माटाको भाडा बनाउन आफुले नजिकैको रेहार जमिनको कालो र पहेलो रंगको लसिलो चाम्रो माटो ल्याउने गरेका छन ।
कपिललाई पुख्र्याैली पेशाको चिन्ता हुदै गर्दा उनका १२ कक्षा पढदै गरेका साईला छोरा धर्मराज भने पुर्खेउली पेशा चित्त बुझ्दो नभएको बताउछन । “एक दुई पटक चक्का चलाएर माटोमा हात के राखेको थियो । माटो त यत्रतत्र उछिट्टियो । त्यस पछि माटोको भाडा बनाउन मनै गएन,” उनले भने ।
पुख्र्याैली पेशा भन्दा अरू नै बैकल्पिक पेशा आफूलाई चित्त बुझने गरेको उनले बताए । यता छोराहरूले पुख्र्याैली पेशा अँगाल्न नखोजे पनि कुनै दिन संस्कृती र कला संरक्षणका लागी आफ्नो सिपलाई सबैले खोजी गर्ने कपिलको तर्क छ । आफुले बनाएका माटाका भाडा प्रायः चाडपर्वका बेला बढि बिक्री हुने गरेको उनले बताए । माटोबाट भुडकी, पाला, घैटो, गमला, हण्डी र मटका लगायतका सामाग्री बनाउने गरेको उनले जनाए । पुराना र मौलिक कला संरक्षणमा सरकार र हालको युवा पुस्ताको चासो नजानु दुखद भएको उनको गुनासो छ ।
पहिले माटोका भाडा बनाउन प्रयाप्त गुइँठा, दाउरा र भुस पाइने भए पनि अहिले पशुपालनमा कमि आए पछि गुईठा र भुस पाउन समस्या पर्ने गरेको उनले सुनाए । “लगनका बेला त तयार भएका माटाका भाडा घरबाटै बिक्री हुन्छ । अरू बेला नजिकको कपिलवस्तुको गजेहडा, पिपरा र बैरिया तथा रूपन्देहीको गरगरे, चौपारी र भैसाहीको बजार सम्म पुग्ने गरेको छु,” उनले भने । à