ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

 विद्यार्थीमा ‘मास हिस्टेरिया’

२२ असार २०७५, शुक्रबार
२२ असार २०७५, शुक्रबार

उत्तरीपूर्वी प्यूठानमा एकै विद्यालयमा ४७ जना विद्यार्थीहरुमा ‘मास हिस्टेरिया’ भएको पाइएको छ । गौमुखी गाउँपालिका–७ स्थित अमृत जीवन माध्यमिक विदालयमा असार ५ गतेदेखि विद्यार्थीहरुमा दैनिक यस्तो समस्या देखिएको विद्यालयले जनाएको छ । घरमा ठिकै भएपनि विद्यालय आएपछि विद्यार्थीहरुमा रुने, कराउने, काप्ने, हल्लिने, पेट दुख्ने, छटपटिने, मुटु दुख्ने जस्ता समस्या हुने गरेको छ ।
दुई हप्ता वितिसक्दा समेत सुधार नभएपछि विद्यालयलाई हम्मेहम्मे परेको छ । पढ्न आएका विद्यार्थी रुन थालेपछि नियमित पठनपाठन प्रभावित भएको प्रधानाध्यापक रामचन्द्र गिरीले बताएका छन् । ‘सुधार होला भन्दैमा यतिका दिन वितिसक्यो’,गिरीले भने,‘जे गरेपनि समस्या समाधान हुन सकेन् ।’ स्थानीय स्वास्थ्यकर्मीहरुले चेकजाँच गरेपनि विद्यार्थीहरुमा रुवावासी हुन नछाडेको उनले गुनासो गरे ।
पहिलो घण्टीदेखि विद्यार्थीहरु रुन थाल्ने गरेका छन् । शुरुमा सातजनालाई यस्तो समस्या देखिएको र क्रमश धेरैमा सरेको गिरीले जानकारी गराए । विद्यार्थीहरुमा यसअघि कुनै रोगको संक्रमण नरहेको अभिभावकहरुले बताएका छन् । करिव दुई÷तीन घण्टा दैनिक विद्यार्थीहरुको कक्षाकोठामा रुवावासी चल्ने गरेको छ । शिक्षकहरुलाई सम्झाउ गाह्रो भइरहेको बताएका छन् ।

कक्षा २ देखि सातका प्रायः छात्राहरुलाई उक्त समस्या देखा परेको प्रधानाध्यापक गिरीले बताए । ‘विद्यार्थीहरु कक्षाकोठामा रुन थालेको १६ दिन भयो’,गिरीले भने,‘अभिभावकको सल्लाहमा भुतप्रेतको आशंकाले पुँजाआजा पनि ग¥यौँ समस्या समाधान भएन ।’ ३७ जना छात्रा र दश जना छात्रहरुमा समस्या देखिएको उनले जनाए । ‘तीन कक्षामा पढाउदै गरेकी शिक्षिका पार्वता जिसीले एक्कासी छात्रा विमला विक रुन थालेदेखि विद्यालयमा यस्तो समस्या झन बढ्दै गएको अनुभव सुनाइन ।

विद्यार्थीलाई सम्हाल्न नसकेपछि अभिभावकहरुलाई विद्यालयले दिनहुँ बोलाउने गरेको छ । अभिभावकहरुले दैनिक दुइ÷तीन घण्टा छोराछोरीहरुलाई विद्यालयमा गएर सम्झाउने गरेका छन् । हप्तौदिनदेखि पठनपाठन प्रभावित भएको छ । विहान साढे दश बजेदेखि झण्डै २ बजेसम्म विद्यार्थीहरुमा उक्त समस्या हुने गरेको छ । धेरैजसो बालवालिकाहरु ६ देखि १६ वर्ष उमेर समूहका छन् । ‘मुटु दुख्ने, आङ काप्ने, भुत आयो, नाँइ जादिन, मलाई किन लतारेको’ जस्ता भनाई बालवालिकाहरुले रुँदै भन्ने गरेका छन् । दिनप्रतिदिन विद्यार्थीमा समस्या बढ्दै जान थालेपछि विद्यालय प्रशासनलाई हम्मेहम्मे परेको छ । गतवर्ष समेत यस्तै समस्या देखिएको शिक्षिका विष्णा रोकाले जानकारी गराइन । १६ दिनदेखि ६ कक्षामा पढ्दै गरेका छोरा सञ्जु सुनार विद्यालयमा रुन थालेपछि पीडा थपिदै गएको आमा हुमा सुनारले गुनासो गरिन् । ‘घरमा केही हुँदैन्’,उनले भनिन्,‘विद्यालय पुग्यो की रुनथाल्छ ।’

प्रमुख जिल्ला अधिकारी डा.कृष्ण बहादुर घिमिरे सहितको स्वास्थ्य टोली विहिवार विद्यालयमा पुगेको छ । विद्यार्थीहरुमा मनोवैज्ञानिक समस्या देखिएको घटनास्थलमा पुगेका प्रजिअले प्रतिक्रिया दिए । विद्यार्थीलाई विशेषज्ञ सेवा दिनुपर्ने अवस्था देखिएको उनले बताए । मनोचिकित्सक सहितको विशेषज्ञ टोली ल्याउने विषयमा गृह मन्त्रालयमा जानकारी गराइसकेको घिमिरेले जानकारी दिए । विद्यार्थीहरुको अवस्था चेकजाँच गरेपछि प्यूठान अस्पतालकी डा. सोफिया थापाले ‘मास हिस्टरिया’ले गर्दा विद्यार्थीहरुमा यस्तो समस्या देखिएको जानकारी दिइन । विद्यालयले शुक्रवादेखि एक हप्तासम्म विद्यालय वन्द गर्ने निर्णय गरेको छ । शुरुमा पाँच दिनसम्म विद्यालय वन्द गरेपनि समाधान नभएपछि पूनः वन्द गर्नुपरेको विद्यालयले जनाएको छ ।

फोटो ः रुवावासीपछि छोराछोरीलाई सम्हाल्दै अभिभावक । तस्विर ः केशर रोका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?