ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

बुटवलका ४० हजार घरमा डिजिटल नम्बरिङ्ग

८ आश्विन २०७५, सोमबार
८ आश्विन २०७५, सोमबार

बुटवल उप–महानगरपालिकाले नगरभित्र रहेका घरमा डिजिटल प्रणाली लागू गर्ने योजना अनुरूप कार्य अगाडि बढाएको छ । जस अनुसार इलेक्ट्रोनिक्स विल्डीङ्ग पिरमिट सिस्टम (ईबिपिएस) विद्युतिय घरनक्शा पास प्रविधि लागू गरेको हो । जस अनुसार गत बैशाख महिनादेखि हालसम्म करिब ५ सय १३ घर नक्शाको ईबिपिएस प्रणालीमा जडान गरेको छ । बुटवल उप महानगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मीका अनुसार वडा सरकारको अवधारणालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न वडा कार्यालयहरूबाटै घर नक्शाका प्रमाणपत्रहरू वितरण गर्ने अभियान समेत सञ्चालन गरिएको छ । विगतका दिनहरूमा घर नक्सा प्राप्त गर्नको लागि नगरपालिका आउनुको विकल्प थिएन । नगरपालिकाले स्थानीयस्तरमा नै सेवा प्रवाह गर्ने उद्देश्यकासाथ वडा स्तरबाट नै घरको नक्सा प्रदान गर्ने योजना अगाडि बढाएको प्रवक्ता रेग्मी बताउँछन् ।
उनका अनुसार हालसम्म बुटवल उपमहानगरपालिकाका वडा ११, १२ र १३ मा १०५ वटा घरमा नक्सा वितरण गरिएको छ । जुन वडा बाट नै वितरण गरिएको हो । यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर १४ देखि १९ सम्म २ सय २० वटा घर नक्शा प्रमाणपत्र वितरण गरिएको छ । यस्तै बुटवल उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा १ हजार ५६ नक्शा दर्ता गरेको छ भने ९ सय ३४ नक्शालाई प्लिन्थ लेभलको ईजाजत पत्र प्रदान गरेको छ ।
यस्तै ६ सय ६४ लाई सुपरस्टक्चर लेभल ईजाजत पत्र प्रदान गरेको जनाएको छ । यस्तै चालु आर्थिक बर्षमा नै २ हजार २ सय ५२ नक्शा सम्पन्न प्रमाण पत्र जारी गर्नुका साथै ६० घरको नामसारी र ४ सय ३१ घरको मूल्याङ्कन गर्ने काम सम्पन्न गरेको छ । यस्तै नगरपालिकाले बुटवल वडा १४ देखि १९ सम्मका वडाहरूमा विगतमा बनेका घरहरूको अभिलेखीकरण गर्दै घर नक्शा पास पक्रिया अगाडी बढाइएको हो ।

नक्शा पास भएका तथा प्रकृयामा रहेका पुराना नक्शाका फाइलहरूलाई विद्युतिय प्रणालीबाट व्यवस्थापन गर्ने कामको शुरुवात भएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी बताउँछन् ।
विभिन्न कारणवश घर नक्शा पास नभएका घरहरूको लागि स्थानिय सरकार सञ्चालन ऐन २०७४ र भवन निर्माण सम्बन्धी मापदण्ड २०७४ मा भएको व्यवस्था अनुरूप नक्शा शाखाबाट घर नक्शा पास गर्न आउने सूचना समेत नगरपालिकाले जारी गरेको थियो ।
३५ दिने सूचना जारी गर्दा दर्ता हुन आएका करिब २ हजार ६ सय निवेदनहरू स“ग सम्बन्धीत फाईलहरूलाई निकास दिन कार्यतालिका सहित कार्यटोली खटाईएको साथै प्रारम्भिक फिल्ड प्रतिवेदन अनुसार नक्शा अभिलेखीकरण र पास गर्न मिल्ने देखिएका करिब १ सय ५० फाइल नियमित प्रकृयामा आईसकेको जानएको छ ।
नगर प्रमुख सुवेदीका अनुसार ५ वर्षे आवधिक तथा १५ वर्षे दिर्घकालिन विकास गुरुयोजना निर्माणको निम्ति विज्ञ समूह, विषयगत विज्ञ उपसमूह, निर्देशक समिति र सल्लाहकार समिति गठन गरेर वडावासीहरू र विभिन्न सरोकारवाला निकायहरूसँग सुझाव संकलन गर्ने र विभिन्न विषयगत समितिहरूमा छलफल गर्ने काम सम्पन्न गर्दै तेस्रो नगरसभाबाट बुटवल उपमहानगरपालिकाको एकीकृत विकास गुरुयोजना पारित गरेको छ । जसबाट अब, नगर विकासका कार्यक्रमहरू अगाडि बढाइने छ ।
जिएसआई बेस डिजिटल म्याट्रिक सिस्टम घर नक्सा मूल्यांकन प्रणालीबाट बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका करिब ४०,००० भन्दा बढी घरहरूको डिजिटल प्रविधिमा आधारित घर नम्बरिङ्ग काम समेत नगरपालिकाले सम्पन्न गरेको छ । नगर प्रमुख विशराज सुवेदी भन्छन्–‘बुटवलको मुहार फेर्ने गरी कार्य अगाडी बढाएका छौ, काम गर्दा केही ढिलाई भए पनि यसमा सुधार गरी नयाँ ढंगले मुर्त रूप दिने हाम्रो योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?