ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

एकै घरका चार जनामा सिकलसेल एनिमिया

७ आश्विन २०७५, आईतवार
७ आश्विन २०७५, आईतवार

घोराही उपमहानगरपालिका १७ की २४ वर्षीया कमला चौधरी सहित उनका दुई छोरी र एक छोरालाई सिकलसेल एनिमिया रोग देखिएको छ । सुरुमा रोगको पहिचान नभएकोमा गत चैत महिनामा उनमा सिकलसेल एनिमियाको जिवाणु भेटिएको राप्ति उपक्षेत्रिय अस्पतालले जानकारी दियो । सुरुमा जण्डीसको शंका गरेका डाक्टरले शरीरमा रगतको कमी भएको भन्दै चार पटकसम्म रगत चढाउन लगाएको कमलाका श्रीमान छेदु चौधरीले बताए । “रगत चढाएर आएको २÷३ महिनामै कमलाको शरीरमा फेरी रगत कम हुन्थ्यो र चढाउनु पथ्र्यो” छेदुले भने ।
छेदुका अनुसार रगत चढाएपछि कमला फेरी पहिला जस्तै काम गर्न सक्ने हुन्थीन् । राप्ति उपक्षेत्रिय अस्पतालले चैत महिनामा कमलामा सिकलसेल एनिमिया भएको पुष्टि भएपछि उनका छोराछोरीको पनि जगत जाँच गर्न लगाए । जगत जाँच गर्दा कमलाका तीनवटै सन्तानमा सिकलसेल एनिमियाको जिवाणु भेटियो । रोगको पहिचान भएपछि डाक्टरको सल्लाह अनुसार निःशुल्क उपचारको प्रकृया पुरागरी कमला र उनका छोराछोरीको अहिले निःशुल्क उपचार भैरहेको छ । सुरुमा शरीरका जोर्नी तथा हातखुट्टा दुख्ने लक्षण देखीएको कमलाले जानकारी दिईन् । छोराछोरीमा पनि उस्तै लक्षण देखीएको थियो । जेठी छोरी संझना (९ वर्ष ), कान्छी छोरी माधवा (७ वर्ष ) र छोरा गोविन्द (५ वर्ष ) सहित कमलाले पनि अहिले नियमित औषधि सेवन गरीरहेकाछन् । दैनिक एक क्याप्सुल औषधिले उनीहरूको रोगलाई साम्य पारेको छ ।
छेदु र कमलाको सम्पत्तीको नाममा घोराही १७ को ऐलानी जमिनमा सानो घर छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनीहरू दुवै जनाले स्कुलको अनुहार सम्म देख्न पाएनन् । निरक्षर भएका कारण उनीहरूको दिनचर्या भने मजदुरी गरेरै वित्ने गरेको छ । उनीहरू दुवै जना घर बनाउने ठाँउमा लेवरका लागि जाने गर्छन् । मजदुरीवाट आएको ज्यालाले साँझ विहानको छाक टार्ने देखी लिएर ३ वटा बच्चाको विद्यालयको फिस समेत तिर्दै आएको कमला बताउछिन् । ज्यालादारी काम गर्दागर्दै कमलाका श्रीमान छेदुको हात भाँचियो । बितेको दुई महिनादेखी उनी काममा जान पाएका छैनन् । अहिले उनै सिकलसेल एनिमियाकी बिरामी कमला मजदुरी गर्न जाने गर्दछिन् । दैनिक ज्यालादारीमा उनले शुख्खा चार सय ५० रूपैयाँ पाउँछिन् । त्यही ज्यालाले उनको घर चलेको छ ।
दाङमा सिकलसेल एनीमियाका विरामीहरू बढिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । मानव रगतमा पाइने रातो रक्तकणिकाको स्वरूप विकृत भएपछि सिकलसेल एनिमिया रोग लाग्ने गर्दछ । नेपालमा विशेष गरेर थारु समुदायमा देखापरेको यो रोग दाङमा भने एकजना गैह्र थारु समुदायका मानीसमा समेत देखापरेको जिल्ला जनश्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार गत भदौ महिना सम्म निशुल्क उपचारको सिफारीस एक सय ५७ जनाले लगेका छन् । नेपाल सरकारले सिकलसेल रोगको उपचारका लागि एक लाखसम्मको रकम सुविधा उपलब्ध गराउदै आएको छ । जसका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट दाङ जिल्लाको हकमा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार सेवा लिन सकिने व्यवस्था गरेको छ । यो रोग मलेरिया प्रजातिको प्लाज्मोडियम प्यालिस्परेम प्रजातिको जिवाणुका कारण लाग्ने गर्दछ । यो रोग कस्तो कडा हुन्छ भने, रोगीलाई संक्रमित लामखुट्टेले टोके पनि औलो हुँदैन । दाङ जिल्लामा यो रोगबाट कुनै रोगीको मृत्यु भएको तथ्याङ्क भने जिल्ला जनस्वास्थ्य कार्यालय संग छैन । विश्व स्वास्थ्य संगठन डब्लूएचओको आँकलन अनुसार विश्वभरिमा करिब पाँच प्रतिशत व्यक्तिले सिकलसेल रोगको जिवाणु बोकेका छन् । बर्सेनि तीन लाख बालबालिकाको जन्म हेमोग्लोबिनको मात्रा कम भई जन्मने गर्छन् । सिकलसेल एनिमिया रोग भएका बुवा आमाबाट जन्मिएका २५ प्रतिशत सन्तानहरूमा यो रोग लाग्ने सम्भावना हुने गर्दछ । जिल्लामा झण्डै एक सय पचास बढिको उपचार भइरहेको राप्ती उपक्षेत्रीय अस्पतालले जनाएको छ । सिकलशेल एनिमिया विशेषगरी वंशागुणत रूपमा मात्र देखापर्ने रोग हो, तर अहिले अन्य समुदायमा पनि यो रोग देखापर्न थालेको राप्ति अञ्चल अस्पताल तुलसीपुरका कन्सल्टेण्ट फिजिसियन डाक्टर मिनचन्द्र अधिकारी बताउछँन् । “यो रोग अहिले थारु समुदायका युवा युवतीले अन्य समुदायका युवा युवतीसँग बिहे गर्ने भएकाले गैर थारु समुदायमा पनि देखापरेको छ” डाक्टर अधिकारीले भने । यो रोग लागेपछि बिरामीको शरीरमा रहेका हँसिया आकारका रक्तकणिकाहरू छिटोछिटो नष्ट हुने डा. अधिकारीको भनाई छ । यो रोग लागेका बिरामीको शरीरमा सधैं रगतको अभाव भइरहन्छ । सिकलसेल एनिमियाको रोकथाम मात्र गर्न सकिने डा.अधिकारीले बताए । यो समस्याले ग्रस्त मानिसमा रगतको कमी हुने हुँदा उनीहरू कमजोर भएर बारम्बार विभिन्न रोगको संक्रमणमा पर्ने गर्दछन् । बाल्यकालमै यो रोगको पहिचान भएको र रक्तमासी प्रत्यारोपण नगरिएपनि विज्ञसँग उपचार गराउँदा भविष्यमा हुने थप जटिलताबाट जोगिन सकिने डा.अधिकारीको भनाई छ ।
अहिले थारु समुदायमा धेरै देखीएको सिकलसेल एनीमिया रोगको उपचार दाङमा राप्ति उपक्षेत्रिय अस्पतालमा मात्र हुने गरेको छ । सिकलसेल रोगलाई छिट्टै उपचार गर्न ग्रामिण महिला उत्थान केन्द्र दाङले सचेतनाका कामहरू गरीरहेको संस्थाकी अध्यक्ष आशमानी चौधरीले जानकारी दिईन् । त्यसैगरी संस्थाले सवै सरकारी अस्पतालहरूमा सिकलसेल एनिमियाको उपचार निःशुल्क रूपमा गराउनुपर्ने भन्दै पैरवी समेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?